श्रावण २२ -
दोस्रो विश्वयुद्धको दौरान सन् १९४५ अप्रिल १२ मा अमेरिकी राष्ट्रपति फ्र्यांकलिन रुसवेल्टको निधन भयो । त्यसपछि त्यो पद सम्हाल्न पुगे ह्यारी ट्रयुम्यान । ट्रयुम्यानले सायदै सोचेका थिए, ‘विश्व परिवर्तन गर्ने’ एउटा क्रुर निर्णय उनले लिनुपर्छ ।
ट्रयुम्यानले राष्टपतिको सपथ लिएको केहीबेरमै उनलाई युद्ध मन्त्री हेन्री स्टिम्सनले छेउमा लगेर एउटा रहस्मयी खबर सुनाए । ‘ऊ मलाई जारी विशाल परियोजनाबारे जानकारी दिन चाहन्थ्यो । लगभग अपत्यारिलो विध्वंशात्मक शक्ति भएको विष्फोटकको विकास भैरहेको परियोजना थियो त्यो,’ उनले आफ्नो संस्मरणमा लेखेका छन् । त्यसको केही दिनपछि स्टिम्सनले म्यानहट्टन परियोजनाबारे थप जानकारी दिए, ‘चार महिनाभित्रै हामी मानव इतिहासकै सबैभन्दा डरलाग्दो हतियार बनाइसक्नेछौं ।’
त्यसैवर्षको नोभेम्बरबाट जापानमाथि आक्रमण थाल्ने गठबन्धन योजना पनि रहेको आशंका गरिन्छ । तर भनिन्छ, ट्रयुम्यान चाहिँ जापानी भूमिमा आक्रमणको जोखिम उठाउन चाहँदैनथे । तर इतिहासकारका अनुसार त्यस्तो दिन आउन सक्थ्यो । किनकि, गठबन्धनले जापानलाई विना शर्त आत्मसमर्पण गर्न भनेको थियो भने जापानीहरू उत्तिकै जब्बर भएर लडिरहेका थिए ।
सन् १९४५ जुलाई १६ मा ट्रयुम्यान जर्मनीको पट्स्ड्याममा सम्मेलनमा थिए, चर्चिल र स्टालिनका साथ । ट्रयुम्यानलाई कोड भाषमा टेलिग्राम आयो, ‘आज विहान सञ्चालनमा आयो ।...संतोषजनक देखिन्छ ।’ त्यसपछि आएको ‘टेक्स्ट’ले पुष्टि गर्यो, ‘आणविक बमले काम गर्नेछ ।’ अर्को दिन पनि सम्मेलन जारी थियो । ट्रयुम्यानले स्टालिनलाई यत्तिकै गफैगफमा भने– अमेरिकासँग अब ‘असाधारण विध्वंशात्मक हतियार’ छ । जवाफमा स्टालिनले यसको ‘असल प्रयोग’ जापानविरुद्ध गरिनुपर्ने बताए, सहजै । यत्रो ठूलो खुलासाले पनि स्टालिनलाई बेचैन नबनाएकोमा अमेरिकी अधिकारीहरु चकित बने । किन भन्ने कुरा भने उनीहरुले पछि मात्र थाहा पाए– सोभियत गुप्तचरहरुले स्टालिनलाई अमेरिकी कामबारे पहिल्यै थाहा दिइसकेका रहेछन् । (सोभियत युनियनले पछि सन् १९४९ मा मात्र आणविक बम परिक्षण गऱ्यो ।)
राष्टपति बनेको चार महिनामै ट्रयुम्यानले हिरोसिमा र नागासाकीमा बम खसाल्ने निर्णय लिए । यसप्रति उनले कहिल्यै माफी मागेनन् । जापानलाई तत्काल आत्मसर्पण गराएर भविष्यमा अझ धेरैको ज्यान जानबाट जोगाइएको उनको तर्क थियो । ‘यो डरलाग्दो निर्णय हो, तर मैले लिए,’ उनले आफ्नी बहिनी म्यारीलाई लेखेका छन्, ‘अमेरिकाका साढे दुृई लाख केटा (जापानसग युद्धमा तैनाथ) लाई बचाउन यसो गरें ।’
हजारौं मानिसलाई एउटै चिहान बनाउने बमको प्रयोग ट्रयुम्यानले यस्तो बेला गरेका थिए, जतिबेला उनी चारैतिर चुनौतीले घेरिएका थिए । जर्मनीसंग टुंंगिएको युद्धलाई व्यवस्थित गर्नुथियो । संयुक्त राष्टसंघ स्थापनामा सघाउनु थियो । र, युद्धोतर विश्वको भाग्यबारे छलफल गर्न बेलायती प्रधानमन्त्री विन्स्टन चर्चिल र सोभियत नेता जोसेफ स्टालिनसँग वार्ता गर्नु थियो ।
...........
विश्व इतिहासकै ठूलो युद्ध सकिदै थियो । जर्मनीले आत्मसमर्पण गरेपछि युरोपमा हर्षोत्सवहरु मनाउन थालिसकिएको थियो । तर विश्वको अर्को छेऊ प्रशान्त महासागरमा जापान भने अझै अमेरिका, बेलायत र उनीहरुको गठबन्धनसँग लडिरहेको थियो । अमेरिका युद्ध टुंग्याउने तयारी गर्यो, त्यतिबेलासम्म बनेको सबैभन्दा ठूलो हतियार प्रयोग गरेर ।
सन् १९४५ अगष्ट ६ । बिहान सबा ८ बजे । इनोला गे नामक अमेरिकी बम बर्षक प्लेनले जापानी सहर हिरोसिमामा बम खसाल्यो । पृथ्वीमा त्यसअघि कहिल्यै नभएको, अझ भनुँ नदेखिएको विनाश भयो । विष्फोटको प्रत्यक्ष कारणबाटै ८० हजारले ज्यान गुमाए । ३५ हजार घाइते भए । तैपनि जापान झुकेन । मतलब, आत्मसमर्पण गरेन । त्यसको तीन दिनपछि अमेरिकीहरूले जापानको अर्को सहर नागासाकीमा दोस्रो आणविक बम खसाले । त्यहाँ पनि प्रत्यक्ष रुपमा ४० हजारभन्दा बढीले ज्यान गुमाए ।
त्यसको ६ दिनपछि अर्थात अगष्ट १५ मा अन्तत: जापानले हार स्विकाऱ्यो । र, दोस्रो विश्वयुद्ध अन्त्य भयो ।
हिरोसिमामा बम बिष्फोट भएपछि सहरमा आगोको मुस्लो उठ्यो । अनि विशाल बादल आकाशमा च्याउ आकार लिएर छायो । बमका विकिरणको मारमा साढे दुई किलोमिटर क्षेत्रका भवनहरु परेका थिए । जमिनको तापक्रम नै ४ हजार डिग्री सेन्टिग्रेट पुगेको थियो । मानिस, जीवजन्तु र वनस्पती त जल्ने नै भए, धातु पनि पग्लिएको थियो ।
बम खसालिनुअघि हिरोसिमामा ९० हजार घर थिए । विष्फोटपछि २८ हजार मात्र बाँकी रहे । मर्ने त मेरे गए तर बाँचेकालाई समेत शारीरिक रुपमै पनि विष्फोटको पिडाले छोडेन । किनकि यो सामान्य बम थिएन । आणविक विकिरणका कारण उनीहरु गम्भिर बिरामी भए । त्यही कारणले वर्षौ पछिसम्म मानिसहरुले ज्यान गुमाइरहे । तथ्यांकहरूमा एकरुपता नभएपनि हिरोसिमामा कुल १ लाख ४० हजार र नागासाकीमा ८० हजारले ज्यान गुमाएको बताइन्छ ।
.......
यसरी इतिहासमा एउटा निश्चित मिति पारेर उही घटना र उही कथा दोहोर्याइरहनुको केही अर्थ छ ? निश्चय नै छ, किनकि, ट्रयुम्यानको उक्त निर्णययताका सात शताब्दीसम्म विश्व आणविक हतियारको चिन्तामा छ । कति इतिहासले के तर्क पनि गरेका छन् भने बम नखसालिएको भए पनि जापानले अरु कुनै तरिकाले आत्मसमर्पण गर्ने थियो, व्यर्थै ट्रयुम्यानले धेरैको ज्यान लिए । ‘विश्वका धेरै भागमा यसलाई क्रुर अत्याचारका रुपमा लिइन्छ,’ हिरोसिमा र नागासाकीमा भएको बमबारीका आलोचक गार अल्पेरोविट्जले भने, ‘टु्म्यानको निर्णय अनावश्यक थियो ।’
युद्धमा आणविक बमको प्रयोग भएको पहिलो घटना थियो यो । यो बम बनाउने बैज्ञानिकहरुलाई उनीहरुको सफलतामा जति गर्व थियो, त्यति नै उनीहरु त्रस्त पनि थिए । यो यति शक्तिशाली थियो कि, आफ्नै सहर ध्वस्त पार्न पनि काफी थियो । हिरोसिमा र नागासाकीमा जुन विनाश भयो, त्यो ज्यादै डरलाग्दो थियो । त्यसैले मानिसहरुले यो बम फेरि प्रयोग नहोस् भन्ने चाहे । अहिले पनि केही राष्ट्रसँग आणविक बम छ । संसारभर आणविक बमको संख्या २४ हजार नाघेको अनुमान छ । तीमध्ये ५५ प्रतिशत त रुसकै छ । अमेरिकाका ४० प्रतिशत छ । यस अलाबा विश्वमा युरोनियमको सञ्चय १६ सय टन पुगिसकेको छ, जुन ६० हजार बम बनाउन प्रयाप्त हुन्छ । अझ डरलाग्दो त के छ भने हिरोसिमामा खसालिएको बम किलोटनमा नापिन्थ्यो, अचेलका बम मेगाटनमा नापिन्छन् ।
अधिकारवादीहरुले विश्वलाई आणविकक मुक्त बनाउनुपर्ने आवाज उठाइरहेका छन् । तर कतिपयले के तर्क पनि गर्छन भने यस्तो हतियार राख्नाले ती देशलाई सुरक्षित राख्छ, भलै तिनीहरुले यसको प्रयोग नगरुन ।
............
अध्येताहरूको भनाइ छ, प्रश्न ट्रयुम्यानले आणविक हतियार प्रयोगको निर्णय कसरी गरे भन्ने होइन, किन गरे भन्ने हो ।
एउटा सिद्धान्त भन्छ– अमेरिका सोभियत युनियन अतिक्रमणमा सहभागी हुनुभन्दा पहिल्यै जापान युृद्धबाट बाहिरियोस् भन्ने चाहन्थ्यो । अमेरिका प्रशान्त क्षेत्रमा सोभिय प्रभाव पर्न दिन चाहदैन्थ्यो । युद्धमा अमेरिका र रुस सँगै थिए । तर दुबैले एक अर्कालाई पुर्ण विश्वास गर्दैनथे । अरु सिद्धान्तहरु भन्छन– बम खसालिनुमा त्यत्रो विघ्न यो या त्यो कारण थिएन । सिर्फ जापान विरुद्ध बदला लिने सामान्य अभिलाशाका कारण बम खसालिएको थियो । यस परियोजना निर्माणमा रुसबेल्टले २ अर्ब डलर युद्ध बजेट लगाएका थिए । तर यसमा अलिकति प्रष्ट भैसकेको छैन, वास्तवमा उनी यो बम जापानविरुद्ध प्रयोग गर्न चाहन्थे कि जर्मनीविरुद्ध ?
ट्रयुम्यानका जीवनीका लेखक अलोन्जो ह्याम्बीका अनुसार राष्टपतिले जतिसक्दो छिटो युद्ध जितेर यसलाई टुंग्याउन भनेका थिए । खासगरी आक्रमणमा अमेरिकीहरु मारिने सम्भावनालाई ध्यान दिएर उनले यस्तो आदेश दिएका थिए । किनकि, ओकिनावा टापुमा गरिएको आक्रमण ८२ दिनमा टुंगिएको थियो, जसमा साढे १२ हजारभन्दा बढी अमेरिकी मारिएका थिए । अनुमान यो थियो कि, जापानको मुख्यभुमीमै आक्रमण गर्नुपर्दा अढाई लाख वा अझ ५ लाखसम्मै अमेरिकीको ज्यान जान सक्थ्यो । तर्क यस्तो पनि छ– वास्तवमा युद्ध हिरोसिमा काण्डले होइन, मन्सुरिया आक्रमणबाटै टुंगिसकेको थियो । हिरोसिमामा बम खसालेर अमेरिका खालि आफ्नो भविष्यको दुश्मन भनेर चिनिइसकिएको सोभियत युनियनलाई अमेरिकी ‘फायर पावर’ देखाउन चाहन्थ्यो ।
.....
हिरोसिमामा बस खसालिएको दिन ट्रयुम्यान युरोप यात्राबाट पानी जहाजमा फर्कदै थिए । उनले लन्च खाादै गर्दा खबर आयो, ‘परिणाम स्पष्ट आयो, सबै हिसाबले सफल ।’ त्यसै साता राष्ट्रका नाममा सम्बोधन गर्दै ट्रयुुम्यानले ‘आणविक बमको दुखान्त महत्व’ महशुस गरेको बताए । उनले नागासाकी आक्रमणमा महिला र बालबालिकाको डरलाग्दो मृत्युबारे पनि बोले । तर जीवनमै उनले आफ्नो आधारभुत निर्णयबारै कहिल्यै टिप्पणी गरेनन्, कम्तिमा सार्वजनिक रुपमा । आफ्नो बहिनीलाई पठाएको चिठीमा ट्रयुम्यानले इतिहासले उनको व्यक्तिगत नैतिकताबारे कस्तो मुल्यांकन गर्ला भनेर आफू कहिल्यै चिन्तित नभएको बताएका छन् ।
बमबारी र दोस्रो विश्वयुद्ध टुंगिएयता संसार शान्तिका लागि ऐतिहासिक संघर्षमा छ । सन् १९५० मा ५० करोड मानिसले हस्ताक्षर गरेर आणविक बम परीक्षण अन्त्य माग गर्दै स्टकहोम अपिल जारी गरेका थिए । विश्वयुद्धयता पनि लडाईहरू भैरहेकै छन् । नाटो गठन भयो । अमेरिकाले कोरिया र भियतनाम युद्ध गर्यो । विभिन्न सन्धी/सम्झौताले युद्ध रोकेनन् । फेरि हामी मानव समुदायको सामूहिक सम्झना शक्ति अति कमजोर छ, युद्ध घातक थियो, छ र हुनेछ भन्ने कुरा बिर्सिरहन्छौ । अनि इतिहासमा अरू दुखान्त कथाहरू थपिइरहन्छन् । चाहे ९/११ को घटना होस् या इराकमाथिको आक्रमण नै ।
यसरी मानवमाथिका घातक आक्रमण जारी रहनुमा त्यही हिरोसिमाको क्रुर लिगेसीको हात रहेको ठान्नेहरू पनि छन् । अमेरिकाकै चर्चित अध्येता नोम चम्स्कीका शब्दमा हिरोसिमा काण्ड पनि एउटा ठूलो स्केलको आतंकवाद नै हो । उनले आफ्नो पुस्तक ‘अन वेस्ट्रन टेरोरिजम्: फ्रम हिरोसिमा टु ड्रोन वारफेयर’ मा लेखेका छन्, ‘...विश्वमा आतंकवादको मुख्य स्रोत पश्चिमा शक्तिहरू, खासगरी अमेरिका र उसका तत्कालिन मित्रराष्ट्रहरू हुन् ।’
www. ekantipur

No comments:
Post a Comment