Friday, August 1, 2014

'जब गोली चल्छ, देवदूतहरू सैन्य कमान्डर बन्छन्'



श्रावण -
नोवल पुरस्कार विजेता कोलम्बियाली उपन्यासकार गावि्रयल गार्सिया मार्खेज ठूला लेखक थिए गत वर्ष निधन भएका उनले 'हन्र्डेड इयर्स अफ सोलिच्युड', 'लभ इन टाइम अफ कोलेरा' जस्ता चर्चित पुस्तक उनले लेखेका थिए अकिरा कुरोसावा त्यत्तिकै ठूला फिल्ममेकर थिए 'रोशोमन' 'सेभेन सामुराई'जस्ता फिल्म बनाएका उनलाई ओस्करले विशेष सम्मान दिएको थियो १९९० मा कुरोसावाले आफ्नो फिल्म 'राप्सोडी इन अगस्ट'को सुटिङ गरिरहेका बेला मार्खेज जापन पुगेका थिए कोलम्बियाको राजधानी बोगोटा बस्दाताकाका फिल्म समीक्षक मार्खेजले त्यहाँ कुरोसावासँग विभिन्न विषयमा घन्टाभन्दा बढी गफिए उनीहरुको यो संवाद किनो-ओब्स्कुराडटकमबाट साभार गरिएको हो

गावि्रयल गार्सिया मार्खेज : हामी दुई मित्रबीचको यो कुराकानी प्रेस अन्तर्वार्ताजस्तो देखियोस् भन्ने चाहन्नँ मात्रै मलाई तपाईं तपाईंका कामहरूबारे थुप्रै कुराहरू जान्ने खुल्दुली सबैभन्दा पहिला तपाईं कसरी पटकथा लेख्नुहुन्छ भन्ने थाहा पाउनै मन लागेको किनकि पनि पटकथा लेख्ने मान्छे हुँ अर्को कुरा, तपाईंले चर्चित कृतिहरूलाई गजब फिल्मीकथाको स्वरूप दिनुभएको मलाई धेरै त्यस्ता प्रति-कृतिबारे शंका , मेरै कृतिमाथि बन्दा पनि ढुक्क हुनसक्दिनँ    
अकिरा कुरोसावा : जब कुनै खास विषयलाई पटकथामा ढाल्नेबारे सोच्छु, कागज पेन्सिल लिएर कुनै होटलमा गुप्तवास जान्छु सुरुमा मसँग कथानकका साधारण धारणा मात्र हुन्छ धेरथोर त्यो कसरी गएर टुङ्गिन्छ भन्ने मात्र हेक्का हुन्छ कुन दृश्यबाट सुरु गर्ने भन्ने यकिन भएन भने दिमागमा स्वतस्फूर्त रूपमा आउने धारणा प्रवाहलाई पछ्याउँदै जान्छु

गार्सिया मार्खेज: दिमागमा धारणा पहिला आउँछ कि दृश्य ?

कुरोसावा : यसलाई राम्ररी भन्न जान्दिनँ तर मलाई लाग्छ यो विभिन्न छिरिबिर दृश्यहरूबाट सुरु हुन्छ ठ्याक्कै विपरीत यहाँ के भने धेरैजसो जापानी पटकथा लेखकहरू पहिला समग्र कथाको प्रारूप बनाउँछन् दृश्य-छविहरू जोड्दै कथानकलाई प्रणालीबद्ध तुल्याउँदै जान्छन् मेरो विचारमा त्यो ठीक तरिका होइन, किनभने हामी भगवान् होइनौं

गार्सिया मार्खेज : तपाईंले सेक्सपियर, गोर्की वा दोस्तोयवस्कीका कृतिमाथि काम गर्दा पनि यस्तै भावनात्मक पद्धति अपनाउनुभएको थियो ?
कुरोसावा : अधकल्चो फिल्म बनाउने निर्देशकहरूलाई थाहा नहोला कि साहित्यको दृश्यलाई फिल्मको दृश्यबाट अभिव्यक्त गर्नु निकै कठिन काम हो उदाहरणका लागि, कुनै जासुसी उपन्यासको रेलरोड ट्रयाक छेवै भेटिएको शवलाई पटकथामा उतार्नुपर्दा एक युवा निर्देशकले पुस्तकमै उल्लेख भएजस्तो दुरुस्त ठाउँ खोज्न जोड गर्यो 'यो गलत हो,' मैले भने, 'समस्या के भने तपाईंले उपन्यास पढिसक्नुभयो त्यसैले नै शव ट्रयाक छेवै भन्ने थाहा भयो तर त्यो नपढेका मानिसहरूलाई ठाउँकै कुराले कुनै मतलब राख्दैन साहित्यको जादूमयि शक्तिबाट वशिभूत युवा निर्देशकले सिनेमाका दृश्यहरू फरक ढंगले प्रस्तुत गर्नुपर्छ भन्ने सोच्नै भ्याएन
गार्सिया मार्खेज : वास्तविक जीवनको कुनै दृश्य सम्झनुहुन्छ जसलाई फिल्मबाट अभिव्यक्त गर्न असम्भवजस्तो लाग्छ ?
कुरोसावा : लिडाची नामक खानी-नगरमा काम गर्दा सहायक निर्देशक थिएँ, सानै उमेरको कुरा निर्देशकले अनौठो विहंगम वातावरण देख्नेबित्तिकै त्यहाँ फिल्म खिच्ने भनिहाले तर हामीले औसत दृश्यहरू मात्र खिच्न सक्यौं हामीलाई थाहा भएका कतिपय कुराहरू छुटे जस्तो, त्यहाँको काम गरिने वातावरण एकदमै खतरनाक थियो खानी कामदारका जहान सन्तानहरू सधैं भयमा थिए त्यो गाउँ हेर्दा भूगोलको दृश्यभन्दा मानवीय पक्षले बढी छुन्छ सधैं त्यो अनौठो रहिरहन्छ तर क्यामेरा त्यो होइन, जसले आफ्नै आँखाले देख्छ
गार्सिया मार्खेज : मैले अति थोरै त्यस्ता उपन्यासकार चिन्छु जो आफ्नो पुस्तकको फिल्मी स्वरूपसँग सन्तुष्ट छन् तपाईंको अनुभव के ?

कुरोसावा: यसमा पहिले मलाई नै सोध्न दिनोस् : तपाईले मेरो फिल्म 'रेड वियर्ड' हेर्नुभयो ?

गार्सिया मार्खेज: मैले २० वर्षमा पटक हेरिसकें मैले आफ्ना केटाकेटीहरूसँग हरेक दिनजसो यसबारे कुरा गरें, उनीहरू स्वयम्ले नहेरेसम्म मेरो परिवार मैले मन पराएको फिल्म मात्र होइन यो, मेरा लागि यो संसारको सिनेमा इतिहासमै सबैभन्दा पि्रय चिज हो
कुरुसावा : 'रेड वियर्ड' मेरो वृत्ति विकासमा एउटा महत्त्वपूर्ण बिन्दु हो यसभन्दा पहिलेका मेरा फिल्महरू यसपछिका भन्दा भिन्न छन् यो एउटा चरणको अन्त्य थियो , अर्कोको सुरुवात

गार्सिया मार्खेजत्यो भन्नै परेन अझ, त्यो फिल्ममा दुई त्यस्ता दृश्य छन् जो तपाईंको कामकै गुणवत्ताको हकमा एकदैम उच्च अविस्मरणीय छन्

कुरोसावा : हो, तर खासमा लेखक सुगुरो यामामोतो त्यो पुस्तकमाथि फिल्म बनाउनै चाहन्नथे रेड वियर्डको हकमा उनले अपवादै गरे मैले उनले नमानेसम्म कर गरेको गर्यै फिल्म हेरिसकेपछि चाहिँ मतिर र्फकंदै उनले भने, 'ठीक , यो मेरो उपन्यासभन्दा रोचक '
गार्सिया मार्खेज : उनले किन त्यस्तो मन पराए होलान् ?

कुरोसावा : किनकि उनमा सिनेमाको अन्तरनिहित विशेषताहरूको प्रस्ट चेतना थियो मलाई उनले आग्रह गरेको एउटै कुरा कथाकी नायिकाबारे सचेत हुनु भन्ने थियो यो नायिका एउटा सम्पूर्ण असफल महिला हुन्छे अझ रोचक, बरु उपन्यासमै चाहिँ यो महिलाको असफलताको विस्तृत चित्रण भएको थिएन
मार्खेज: सायद उनले त्यस्तो भएको सोचे उपन्याकारहरूलाई प्राय: त्यस्तो लागिरहन्छ

कुरोसावा : हो त्यो वास्तवमा उनीहरूका किताबमाथि बनेका फिल्महरू हेरेपछि केही लेखकहरू भन्छन्, 'मेरो उपन्यासको त्यो पक्षचाहिं राम्ररी खुलाइएको ' तर उनीहरूले खासमा निर्देशकले थपथाप गरेर मिलाएका कुरा औंल्याएर त्यसो भनेका हुन्छन् उनीहरूले भन्न खोजेको बुझ्छु आफूले चाहेर पनि अभिव्यक्त गर्न नसकेका कतिपय कुराहरू निर्देशकको कल्पनाशीलताबाट पर्दामा उत्रेको देखेपछि उनीहरू त्यसो भन्छन्
मार्खेज : यो ज्ञात तथ्य हो: 'कविहरू विष मिसाउनेहरू हुन् ' यसैबीच तपाईंका फिल्मतिरै फर्कौं, टाइफुन-आँधी)को चित्रण सबैभन्दा कठिन पक्ष हो ?
कुरोसावा : होइन सबैभन्दा कठीन जनावरहरूसँग काम गर्नु थियो पानीमा बस्ने सर्पहरू, गुलाफ चपाउने कमिला घरपालुवा सर्पहरू मानिसहरूसँग अभ्यस्त हुन्छन् तिनीहरू उस्सै भाग्दैनन्, बरु माछाजस्तो सहज व्यवहार गर्छन् समाधान अब एउटा ठूलो जंगली सर्प समात्नु मात्र थियो, जो डरैडरले भएभरको बल लगाएर भाग्ने कोसिस गर्छ यसरी काम राम्रोसँग चल्यो अब कमिलाको काम गुलाफ बोटको एउटा डाँठमा कमिला चढाउनु थियो, फूलसम्मै पुग्ने गरी निकै बेर कमिलाले टेरेनन् जब डाँठमा महको धारो लगाइयो, त्यसपछि बल्ल वास्तवमा धेरै गाह्राेे भयो, तर सफलता मिल्यो हामीले त्यसो गरी गरी उनीहरूबारे धेरै कुरा जान्यौं

मार्खेज : हो, त्यो मैले पनि हेक्का गरेको हो कमिलाको दृश्य लिनु टाइफुनमा जत्तिकै कठिन हुने कस्तोखाले फिल्म हो यो ? यसको कथानक के ?
कुरोसावा : यसलाई थोरै शब्दमा भन्न गाह्रो
गार्सिया मार्खेज : यसमा कसैले कसैलाई मार्छ ?
कुरोसावा : होइन आणविक बमबाट बचेकी नागासाकीकी एउटी वृद्धासम्बन्धमा अघिल्लो गर्मीयाममा मात्र नातिनातिनाहरू उनलाई भेट्न गएका थिए मैले यसलाई अति यथार्थपरक हुने गरी खिचेको छैन, जुन असह्य खालको हुन्छ, तर पनि कथाको भयानकता चित्रण हुदैन मैले मानिसहरूको हृदयमा कस्तोखाले चोट आणविक बमले छाड्यो त्यो कसरी मानिसहरूले बिस्तारै निको पारे भन्ने मात्र देखाउन खोजेको हो त्यो बमबारीको दिन एकदमै सम्झन्छु अझै विश्वास गर्न सक्दिनँ, संसारमा यस्तो पनि भएको थियो यसको सबैभन्दा खराब पक्षचाहिँ के भने जापानीहरूले त्यो घटनालाई विस्मृतितिर धकेलिसके

मार्खेज : जापानको भविष्य, अनि जापानी जनताको पहिचानका लागि यो ऐतिहासिक विस्मृतिले के अर्थ राख्छ ?
कुरोसावा : जापानीहरू यसमा खुलेर कुरा गर्न चाहन्नन् खासगरी हाम्रा राजनीतिज्ञहरू अमेरिकाको डरले यसबारे मौन छन् दोस्रो विश्वयुद्ध समाप्त गर्ने हतारमा बम खसालेको भन्ने ट्रुम्यानको स्पष्टोक्तिलाई उनीहरूले स्वीकार गरेका होलान् तर हाम्रा लागि अझै युद्ध जारी हिरोसिमा नागासाकीमा मारिनेको संख्या आधिकारिक रूपले लाख ३० हजारजना भन्ने आएको तर वास्तवमा त्यो लाखभन्दा बढी थियो अझै पनि हजार सय मानिसहरू विकिरणको असरले ४५ वर्षदेखि थलिएर एटोमिक बम हस्पिटलमा मुत्यु कुरिरहेका छन् अर्को शब्दमा भन्दा, आणविक बमले अझै जापानीहरू मार्दैछ
मार्खेज : सबैभन्दा विश्वासलाग्दो प्रस्टोक्ति यो हुन सक्छ कि सोभियत रुसले जापान कब्जा गर्ला भन्ने डरले अमेरिका बम हानेर विश्वयुद्ध टुङ्ग्याउन हतारिएको हो

कुरोसावा : हो तर युद्धसँग कुनै सरोकारै नभएका सर्वसाधारण बस्ने सहर नै किन उनीहरूले छाने ? जबकि युद्धमा लिप्त अन्य सैन्य बहुल ठाउँहरू थिए

मार्खेज : उनीहरूले टोकियोको मुटुमा अवस्थित सबैभन्दा संवेदनशील जापानी बादशाहको दरबारमा बम खसाले , मलाई लाग्छ कि उनीहरू अन्य युद्ध सहयात्री देशहरूसँग युद्धजितको लाभांश बाँड्न नपर्ने गरी शीघ्र 'नेगोसिएसन' गर्न जापानको राजनीतिक सैन्य शक्तिलाई यथास्थितिमै  छाड्न चाहन्थ्ो यस्तो घटना मानव इतिहासमा अरू कुनै राष्ट्रले भोग्नुपरेको छैन अनि, जापानले आणविक बम खसाल्नुअघि नै आत्मसमर्पण गरेको भए जापान आजको जस्तो हुन्थ्यो होला ?

कुरोसावा : यसै भन्न गाह्रो नागासाकिमा बसेकाहरू यो अनुभव सम्झनसमेत चाहँदैनन् किनकि धेरैजसोले ज्यान जोगाउन आफ्ना बाबुआमा, बालबच्चा, दाजुभाइ, दिदिबहिनी छाडेर हिंड्नुपरेको थियो उनीहरूलाई अझै ग्लानिले खाँदैछ विश्वयुद्धपछि अमेरिकी फौजले वर्षसम्म जापानलाई नियन्त्रणमा राख्यो, त्यो क्रममा विभिन्न माध्यमबाट युद्ध बिर्साउने उपक्रम चल्यो जापानी सरकारले पनि उनीहरूसँग सहकार्य गर्यो युद्धको एउटा अपरिहार्य दु:खान्तको अंशको रूपमा यसलाई बुझ्न चाहन्छु तर मलाई लाग्छ कि बम खसाल्ने मुलुकले कम्तीमा जापानी जनतासँग माफी मागोस् त्यसो नभएसम्म यो कथा टुङ्गने छैन
मार्खेज : अहिलेसम्म पनि ? खुसियालीको एउटा लामो युगले पनि त्यो दुर्भाग्यको सोधभर्ना गर्न सकेन ?

कुरोसावा : आणविक बम प्रकरणले शीतयुद्धको बीजारोपण गर्यो, हतियार होड पनि यसले आणविक ऊर्जाको निर्माण उपयोग प्रक्रियाको समेत आरम्भ गर्यो यस्तोमा खुसियाली कहिल्यै सम्भव हुँदैन
मार्खेज : हो आणविक ऊर्जा एउता श्रापित शक्ति भएर जन्मेको हो त्यही श्रापले जन्मेको एउटा शक्ति कुरोसावाका लागि एउटा गजबको कथावस्तु हो तर मलाई लाग्यो, तपाईं आणविक शक्तिको विरोध गर्नुहुन्न, बरु यसको सुरुदेखि नै दुरुपयोग भएकोमा चाहिं आपत्ति हो मान्छे मार्ने विद्युतीय कुर्सी बिजुलीबाटै बनाइए पनि विद्युत शक्ति राम्रै चिज हो नि !
कुरोसावा : ठ्याक्कै त्यही होइन मेरो विचारमा आणविक शक्ति मानव नियन्त्रणबाहिरको कुरा हो यसको व्यवस्थापनमा भूल भएमा तत्काल बबन्डर हुन्छ रेडियोविकिरणको असर सयौं पिँढीसम्मका लागि कायम रहन्छ त्यसैले लाखौं वर्षसम्म दु: दिइरहने वस्तुहरू प्रयोग गर्न छाडौं
मार्खेज : कुरोसावाका फिल्महरूप्रति ठूलो मानवीय आस्था राख्छु तर सर्वसाधारणमाथि बम खसालेर गरिएको ज्यादती, अनि अमेरिकी जापानीहरूले त्यो बिर्साउनका लागि गरेको साँठगाँठको विषयमा तपाईंको धारणा पनि बुझ्छु तर आणविक ऊर्जालाई सधैंका लागि श्रापित चिज ठान्नु पनि उत्तिकै गलत ठान्छु किनकि यसले मानवजातिका लागि ठूलो गैरसैन्य सेवा दिन सक्छ पक्कै पनि तपाईंमा एउटा भावुक अन्यमनस्कता जापानले त्यो पीडा बिर्सेकामा, जसबाट तपाईंलाई औडाहा अनि दोषीले अझै आफ्नो गल्ती स्वीकार गरी जापानीहरूसँग क्षमायाचना नगरेकामा
कुरोसावा: मानिसहरू त्यतिखेर बढी मानवीय हुन्छन्, जब उनीहरू यथार्थका केही पाटा तोडमोड गर्न सकिंदैन भन्ने बुझ्छन् मलाई लाग्दैन कि हामीले नै मलद्वार नभएका बच्चा जन्माउनुपर्छ, अनि आठ खुट्टा भएका घोडा जस्तो, चेर्नोविलमा भइरहेको तर मलाई लाग्छ, हाम्रो कुराकानी निकै गम्भीर हुनपुग्यो मेरो त्यस्तो इच्छा थिएन
मार्खेज : हामीले ठीक गरेका छौं जब कुनै विषयवस्तु नै यत्तिको गम्भीर हुन्छ, कुराकानी पनि त्यस्तै नभइरहन सक्दैन तपाईंले काम सिध्याउन लागेको फिल्मले यससम्बन्धी आफ्ना विचारहरूलाई पनि दर्साउलान् ?
कुरोसावा : सिधै होइन बम खसालिँदा एउटा युवा पत्रकार थिएँ अनि के के भयो भनेर लेखहरू लेख्न चाहन्थें तर त्यो गर्नु सर्वथा प्रतिबन्धित थियो, अमेरिकीहरूले कब्जा गरुन्जेल अब यो फिल्म बनाउनका लागि मैले सोधखोज अध्ययन गर्न थाले अहिले मलाई लाग्छ, त्यतिखेरभन्दा अहिले पो बुझ्छु तर मैले आफ्ना विचारहरू फिल्ममा सिधै व्यक्त गरे भने त्यो अहिलेको जापान वा कहीं पनि प्रदर्शन गर्न मिल्दैन
मार्खेज : यो संवादलाई लेख्य रूपले प्रकाशित गर्न सम्भव होला ?
कुरोसावा : मेरो कुनै आपत्ति छैन तर, यो यस्तो विषय हो जसमा संसारका अधिकांश मानिसहरूले बिनाकुनै हिच्किचाहट आफ्नो राय देऊन्
मार्खेज : धेरै धन्यवाद सबै कुरा विचार गर्दा मलाई लाग्छ, यदि पनि जापानी हुँदो हुँ तपाईंजस्तै यस विषयमा एकदमै टसकोमस हुन्थें होला जे भए पनि, तपाईंलाई बुझ्छु कसैका लागि पनि युद्ध ठीक होइन
कुरोसावा : त्यो त्यस्तै हो तर दु: के भने जब गोली चल्छ, क्राइस्ट देवदूतहरूसमेत सैन्य कमान्डर बन्न पुग्छन्



अनुवाद : सुन्दर खनाल

प्रकाशित मिति: २०७१ श्रावण ११ १२:३१
Kantipur Daily 

No comments:

Post a Comment