श्रावण ९ -
नोवल पुरस्कार विजेता कोलम्बियाली उपन्यासकार गावि्रयल गार्सिया मार्खेज ठूला लेखक थिए । गत वर्ष निधन भएका उनले 'हन्र्डेड इयर्स अफ सोलिच्युड', 'लभ इन द टाइम अफ कोलेरा' जस्ता चर्चित पुस्तक उनले लेखेका थिए । अकिरा कुरोसावा त्यत्तिकै ठूला फिल्ममेकर थिए । 'रोशोमन' र 'सेभेन सामुराई'जस्ता फिल्म बनाएका उनलाई ओस्करले विशेष सम्मान दिएको थियो । १९९० मा कुरोसावाले आफ्नो फिल्म 'राप्सोडी इन अगस्ट'को सुटिङ गरिरहेका बेला मार्खेज जापन पुगेका थिए । कोलम्बियाको राजधानी बोगोटा बस्दाताकाका फिल्म समीक्षक मार्खेजले त्यहाँ कुरोसावासँग विभिन्न विषयमा छ घन्टाभन्दा बढी गफिए । उनीहरुको यो संवाद किनो-ओब्स्कुराडटकमबाट साभार गरिएको हो ।
गावि्रयल गार्सिया मार्खेज : म हामी दुई मित्रबीचको यो कुराकानी प्रेस अन्तर्वार्ताजस्तो देखियोस् भन्ने चाहन्नँ । मात्रै मलाई तपाईं र तपाईंका कामहरूबारे थुप्रै कुराहरू जान्ने खुल्दुली छ । सबैभन्दा पहिला त तपाईं कसरी पटकथा लेख्नुहुन्छ भन्ने थाहा पाउनै मन लागेको छ । किनकि म पनि पटकथा लेख्ने मान्छे हुँ । अर्को कुरा, तपाईंले चर्चित कृतिहरूलाई गजब फिल्मीकथाको स्वरूप दिनुभएको छ । मलाई त धेरै त्यस्ता प्रति-कृतिबारे शंका छ, मेरै कृतिमाथि बन्दा पनि ढुक्क हुनसक्दिनँ ।
अकिरा कुरोसावा : जब म कुनै खास विषयलाई पटकथामा ढाल्नेबारे सोच्छु, कागज र पेन्सिल लिएर कुनै होटलमा गुप्तवास जान्छु । सुरुमा मसँग कथानकका साधारण धारणा मात्र हुन्छ र धेरथोर त्यो कसरी गएर टुङ्गिन्छ भन्ने मात्र हेक्का हुन्छ । कुन दृश्यबाट सुरु गर्ने भन्ने यकिन भएन भने म दिमागमा स्वतस्फूर्त रूपमा आउने धारणा प्रवाहलाई पछ्याउँदै जान्छु ।
गार्सिया मार्खेज: दिमागमा धारणा पहिला आउँछ कि दृश्य ?
कुरोसावा : म यसलाई राम्ररी भन्न जान्दिनँ । तर मलाई लाग्छ यो विभिन्न छिरिबिर दृश्यहरूबाट सुरु हुन्छ । ठ्याक्कै विपरीत यहाँ के छ भने धेरैजसो जापानी पटकथा लेखकहरू पहिला समग्र कथाको प्रारूप बनाउँछन् । दृश्य-छविहरू जोड्दै कथानकलाई प्रणालीबद्ध तुल्याउँदै जान्छन् । मेरो विचारमा त्यो ठीक तरिका होइन, किनभने हामी भगवान् होइनौं ।
गार्सिया मार्खेज : तपाईंले सेक्सपियर, गोर्की वा दोस्तोयवस्कीका कृतिमाथि काम गर्दा पनि यस्तै भावनात्मक पद्धति अपनाउनुभएको थियो ?
कुरोसावा : अधकल्चो फिल्म बनाउने निर्देशकहरूलाई थाहा नहोला कि साहित्यको दृश्यलाई फिल्मको दृश्यबाट अभिव्यक्त गर्नु निकै कठिन काम हो । उदाहरणका लागि, कुनै जासुसी उपन्यासको रेलरोड ट्रयाक छेवै भेटिएको शवलाई पटकथामा उतार्नुपर्दा एक युवा निर्देशकले पुस्तकमै उल्लेख भएजस्तो दुरुस्त ठाउँ खोज्न जोड गर्यो । 'यो गलत हो,' मैले भने, 'समस्या के छ भने तपाईंले उपन्यास पढिसक्नुभयो । त्यसैले नै शव ट्रयाक छेवै छ भन्ने थाहा भयो । तर त्यो नपढेका मानिसहरूलाई ठाउँकै कुराले कुनै मतलब राख्दैन । साहित्यको जादूमयि शक्तिबाट वशिभूत युवा निर्देशकले सिनेमाका दृश्यहरू फरक ढंगले प्रस्तुत गर्नुपर्छ भन्ने सोच्नै भ्याएन ।
गार्सिया मार्खेज : वास्तविक जीवनको कुनै दृश्य सम्झनुहुन्छ जसलाई फिल्मबाट अभिव्यक्त गर्न असम्भवजस्तो लाग्छ ?
कुरोसावा : छ । लिडाची नामक खानी-नगरमा काम गर्दा । म सहायक निर्देशक थिएँ, सानै उमेरको कुरा । निर्देशकले अनौठो र विहंगम वातावरण देख्नेबित्तिकै त्यहाँ फिल्म खिच्ने भनिहाले । तर हामीले औसत दृश्यहरू मात्र खिच्न सक्यौं । हामीलाई थाहा भएका कतिपय कुराहरू छुटे । जस्तो, त्यहाँको काम गरिने वातावरण एकदमै खतरनाक थियो । खानी कामदारका जहान र सन्तानहरू सधैं भयमा थिए । त्यो गाउँ हेर्दा भूगोलको दृश्यभन्दा मानवीय पक्षले बढी छुन्छ । सधैं त्यो अनौठो रहिरहन्छ । तर क्यामेरा त्यो होइन, जसले आफ्नै आँखाले देख्छ ।
गार्सिया मार्खेज : मैले अति थोरै त्यस्ता उपन्यासकार चिन्छु जो आफ्नो पुस्तकको फिल्मी स्वरूपसँग सन्तुष्ट छन् । तपाईंको अनुभव के छ ?
कुरोसावा: यसमा पहिले मलाई नै सोध्न दिनोस् : तपाईले मेरो फिल्म 'रेड वियर्ड' हेर्नुभयो ?
गार्सिया मार्खेज: मैले २० वर्षमा ६ पटक हेरिसकें । मैले आफ्ना केटाकेटीहरूसँग हरेक दिनजसो यसबारे कुरा गरें, उनीहरू स्वयम्ले नहेरेसम्म । मेरो परिवार र मैले मन पराएको फिल्म मात्र होइन यो, मेरा लागि त यो संसारको सिनेमा इतिहासमै सबैभन्दा पि्रय चिज हो ।
कुरुसावा : 'रेड वियर्ड' मेरो वृत्ति विकासमा एउटा महत्त्वपूर्ण बिन्दु हो । यसभन्दा पहिलेका मेरा फिल्महरू यसपछिका भन्दा भिन्न छन् । यो एउटा चरणको अन्त्य थियो । र, अर्कोको सुरुवात ।
गार्सिया मार्खेज : त्यो त भन्नै परेन । अझ, त्यो फिल्ममा दुई त्यस्ता दृश्य छन् जो तपाईंको कामकै गुणवत्ताको हकमा एकदैम उच्च र अविस्मरणीय छन् ।
कुरोसावा : हो, तर खासमा लेखक सुगुरो यामामोतो त्यो पुस्तकमाथि फिल्म बनाउनै चाहन्नथे । रेड वियर्डको हकमा उनले अपवादै गरे । मैले उनले नमानेसम्म कर गरेको गर्यै । फिल्म हेरिसकेपछि चाहिँ मतिर र्फकंदै उनले भने, 'ठीक छ, यो मेरो उपन्यासभन्दा रोचक छ ।'
गार्सिया मार्खेज : उनले किन त्यस्तो मन पराए होलान् त ?
कुरोसावा : किनकि उनमा सिनेमाको अन्तरनिहित विशेषताहरूको प्रस्ट चेतना थियो । मलाई उनले आग्रह गरेको एउटै कुरा कथाकी नायिकाबारे सचेत हुनु भन्ने थियो । यो नायिका एउटा सम्पूर्ण असफल महिला हुन्छे । अझ रोचक, बरु उपन्यासमै चाहिँ यो महिलाको असफलताको विस्तृत चित्रण भएको थिएन ।
मार्खेज: सायद उनले त्यस्तो भएको सोचे । उपन्याकारहरूलाई प्राय: त्यस्तो लागिरहन्छ ।
कुरोसावा : हो त त्यो । वास्तवमा उनीहरूका किताबमाथि बनेका फिल्महरू हेरेपछि केही लेखकहरू भन्छन्, 'मेरो उपन्यासको त्यो पक्षचाहिं राम्ररी खुलाइएको छ ।' तर उनीहरूले खासमा निर्देशकले थपथाप गरेर मिलाएका कुरा औंल्याएर त्यसो भनेका हुन्छन् । उनीहरूले भन्न खोजेको म बुझ्छु । आफूले चाहेर पनि अभिव्यक्त गर्न नसकेका कतिपय कुराहरू निर्देशकको कल्पनाशीलताबाट पर्दामा उत्रेको देखेपछि उनीहरू त्यसो भन्छन् ।
मार्खेज : यो त ज्ञात तथ्य हो: 'कविहरू विष मिसाउनेहरू हुन् ।' यसैबीच तपाईंका फिल्मतिरै फर्कौं, टाइफुन-आँधी)को चित्रण सबैभन्दा कठिन पक्ष हो ?
कुरोसावा : होइन । सबैभन्दा कठीन त जनावरहरूसँग काम गर्नु थियो । पानीमा बस्ने सर्पहरू, गुलाफ चपाउने कमिला । घरपालुवा सर्पहरू मानिसहरूसँग अभ्यस्त हुन्छन् । तिनीहरू उस्सै भाग्दैनन्, बरु माछाजस्तो सहज व्यवहार गर्छन् । समाधान अब एउटा ठूलो जंगली सर्प समात्नु मात्र थियो, जो डरैडरले भएभरको बल लगाएर भाग्ने कोसिस गर्छ । यसरी काम राम्रोसँग चल्यो । अब कमिलाको काम । गुलाफ बोटको एउटा डाँठमा कमिला चढाउनु थियो, फूलसम्मै पुग्ने गरी । निकै बेर कमिलाले टेरेनन् । जब डाँठमा महको धारो लगाइयो, त्यसपछि बल्ल । वास्तवमा धेरै गाह्राेे भयो, तर सफलता मिल्यो । हामीले त्यसो गरी गरी उनीहरूबारे धेरै कुरा जान्यौं ।
मार्खेज : हो, त्यो मैले पनि हेक्का गरेको हो । कमिलाको दृश्य लिनु टाइफुनमा जत्तिकै कठिन हुने कस्तोखाले फिल्म हो यो ? यसको कथानक के छ ?
कुरोसावा : यसलाई थोरै शब्दमा भन्न गाह्रो छ ।
गार्सिया मार्खेज : यसमा कसैले कसैलाई मार्छ ?
कुरोसावा : होइन । आणविक बमबाट बचेकी नागासाकीकी एउटी वृद्धासम्बन्धमा छ । अघिल्लो गर्मीयाममा मात्र नातिनातिनाहरू उनलाई भेट्न गएका थिए । मैले यसलाई अति यथार्थपरक हुने गरी खिचेको छैन, जुन असह्य खालको हुन्छ, तर पनि कथाको भयानकता चित्रण हुदैन । मैले मानिसहरूको हृदयमा कस्तोखाले चोट आणविक बमले छाड्यो र त्यो कसरी मानिसहरूले बिस्तारै निको पारे भन्ने मात्र देखाउन खोजेको हो । म त्यो बमबारीको दिन एकदमै सम्झन्छु । अझै म विश्वास गर्न सक्दिनँ, संसारमा यस्तो पनि भएको थियो । यसको सबैभन्दा खराब पक्षचाहिँ के भने जापानीहरूले त्यो घटनालाई विस्मृतितिर धकेलिसके ।
मार्खेज : जापानको भविष्य, अनि जापानी जनताको पहिचानका लागि यो ऐतिहासिक विस्मृतिले के अर्थ राख्छ ?
कुरोसावा : जापानीहरू यसमा खुलेर कुरा गर्न चाहन्नन् । खासगरी हाम्रा राजनीतिज्ञहरू अमेरिकाको डरले यसबारे मौन छन् । दोस्रो विश्वयुद्ध समाप्त गर्ने हतारमा बम खसालेको भन्ने ट्रुम्यानको स्पष्टोक्तिलाई उनीहरूले स्वीकार गरेका होलान् । तर हाम्रा लागि अझै युद्ध जारी छ । हिरोसिमा र नागासाकीमा मारिनेको संख्या आधिकारिक रूपले २ लाख ३० हजारजना भन्ने आएको छ । तर वास्तवमा त्यो ५ लाखभन्दा बढी थियो । अझै पनि २ हजार ७ सय मानिसहरू विकिरणको असरले ४५ वर्षदेखि थलिएर एटोमिक बम हस्पिटलमा मुत्यु कुरिरहेका छन् । अर्को शब्दमा भन्दा, आणविक बमले अझै जापानीहरू मार्दैछ ।
मार्खेज : सबैभन्दा विश्वासलाग्दो प्रस्टोक्ति यो हुन सक्छ कि सोभियत रुसले जापान कब्जा गर्ला भन्ने डरले अमेरिका बम हानेर विश्वयुद्ध टुङ्ग्याउन हतारिएको हो ।
कुरोसावा : हो । तर युद्धसँग कुनै सरोकारै नभएका सर्वसाधारण बस्ने सहर नै किन उनीहरूले छाने त ? जबकि युद्धमा लिप्त अन्य सैन्य बहुल ठाउँहरू थिए ।
मार्खेज : न त उनीहरूले टोकियोको मुटुमा अवस्थित सबैभन्दा संवेदनशील जापानी बादशाहको दरबारमा बम खसाले । र, मलाई लाग्छ कि उनीहरू अन्य युद्ध सहयात्री देशहरूसँग युद्धजितको लाभांश बाँड्न नपर्ने गरी शीघ्र 'नेगोसिएसन' गर्न जापानको राजनीतिक र सैन्य शक्तिलाई यथास्थितिमै छाड्न चाहन्थ्ो । यस्तो घटना मानव इतिहासमा अरू कुनै राष्ट्रले भोग्नुपरेको छैन । अनि, जापानले आणविक बम खसाल्नुअघि नै आत्मसमर्पण गरेको भए जापान आजको जस्तो हुन्थ्यो होला त ?
कुरोसावा : यसै भन्न गाह्रो छ । नागासाकिमा बसेकाहरू यो अनुभव सम्झनसमेत चाहँदैनन् किनकि धेरैजसोले ज्यान जोगाउन आफ्ना बाबुआमा, बालबच्चा, दाजुभाइ, दिदिबहिनी छाडेर हिंड्नुपरेको थियो । उनीहरूलाई अझै ग्लानिले खाँदैछ । विश्वयुद्धपछि अमेरिकी फौजले ६ वर्षसम्म जापानलाई नियन्त्रणमा राख्यो, त्यो क्रममा विभिन्न माध्यमबाट युद्ध बिर्साउने उपक्रम चल्यो । जापानी सरकारले पनि उनीहरूसँग सहकार्य गर्यो । युद्धको एउटा अपरिहार्य दु:खान्तको अंशको रूपमा म यसलाई बुझ्न चाहन्छु । तर मलाई लाग्छ कि बम खसाल्ने मुलुकले कम्तीमा जापानी जनतासँग माफी मागोस् । त्यसो नभएसम्म यो कथा टुङ्गने छैन ।
मार्खेज : अहिलेसम्म पनि ? खुसियालीको एउटा लामो युगले पनि त्यो दुर्भाग्यको सोधभर्ना गर्न सकेन र ?
कुरोसावा : आणविक बम प्रकरणले शीतयुद्धको बीजारोपण गर्यो, हतियार होड पनि । यसले आणविक ऊर्जाको निर्माण र उपयोग प्रक्रियाको समेत आरम्भ गर्यो । यस्तोमा खुसियाली कहिल्यै सम्भव हुँदैन ।
मार्खेज : हो त । आणविक ऊर्जा त एउता श्रापित शक्ति भएर जन्मेको हो । त्यही श्रापले जन्मेको एउटा शक्ति कुरोसावाका लागि एउटा गजबको कथावस्तु हो । तर मलाई लाग्यो, तपाईं आणविक शक्तिको विरोध गर्नुहुन्न, बरु यसको सुरुदेखि नै दुरुपयोग भएकोमा चाहिं आपत्ति हो । मान्छे मार्ने विद्युतीय कुर्सी बिजुलीबाटै बनाइए पनि विद्युत शक्ति त राम्रै चिज हो नि !
कुरोसावा : ठ्याक्कै त्यही होइन । मेरो विचारमा आणविक शक्ति मानव नियन्त्रणबाहिरको कुरा हो । यसको व्यवस्थापनमा भूल भएमा तत्काल बबन्डर हुन्छ । रेडियोविकिरणको असर सयौं पिँढीसम्मका लागि कायम रहन्छ । त्यसैले लाखौं वर्षसम्म दु:ख दिइरहने वस्तुहरू प्रयोग गर्न छाडौं ।
मार्खेज : म कुरोसावाका फिल्महरूप्रति ठूलो मानवीय आस्था राख्छु । तर म सर्वसाधारणमाथि बम खसालेर गरिएको ज्यादती, अनि अमेरिकी र जापानीहरूले त्यो बिर्साउनका लागि गरेको साँठगाँठको विषयमा तपाईंको धारणा पनि बुझ्छु । तर म आणविक ऊर्जालाई सधैंका लागि श्रापित चिज ठान्नु पनि उत्तिकै गलत ठान्छु किनकि यसले मानवजातिका लागि ठूलो गैरसैन्य सेवा दिन सक्छ । पक्कै पनि तपाईंमा एउटा भावुक अन्यमनस्कता छ । जापानले त्यो पीडा बिर्सेकामा, जसबाट तपाईंलाई औडाहा छ । अनि दोषीले अझै आफ्नो गल्ती स्वीकार गरी जापानीहरूसँग क्षमायाचना नगरेकामा ।
कुरोसावा: मानिसहरू त्यतिखेर बढी मानवीय हुन्छन्, जब उनीहरू यथार्थका केही पाटा तोडमोड गर्न सकिंदैन भन्ने बुझ्छन् । मलाई लाग्दैन कि हामीले नै मलद्वार नभएका बच्चा जन्माउनुपर्छ, अनि आठ खुट्टा भएका घोडा । जस्तो, चेर्नोविलमा भइरहेको छ । तर मलाई लाग्छ, हाम्रो कुराकानी निकै गम्भीर हुनपुग्यो । मेरो त्यस्तो इच्छा थिएन ।
मार्खेज : हामीले ठीक गरेका छौं । जब कुनै विषयवस्तु नै यत्तिको गम्भीर हुन्छ, कुराकानी पनि त्यस्तै नभइरहन सक्दैन । तपाईंले काम सिध्याउन लागेको फिल्मले यससम्बन्धी आफ्ना विचारहरूलाई पनि दर्साउलान् ?
कुरोसावा : सिधै होइन । बम खसालिँदा म एउटा युवा पत्रकार थिएँ । अनि म के के भयो भनेर लेखहरू लेख्न चाहन्थें । तर त्यो गर्नु सर्वथा प्रतिबन्धित थियो, अमेरिकीहरूले कब्जा गरुन्जेल । अब यो फिल्म बनाउनका लागि मैले सोधखोज र अध्ययन गर्न थाले । अहिले मलाई लाग्छ, त्यतिखेरभन्दा अहिले पो बुझ्छु । तर मैले आफ्ना विचारहरू फिल्ममा सिधै व्यक्त गरे भने त त्यो अहिलेको जापान वा कहीं पनि प्रदर्शन गर्न मिल्दैन ।
मार्खेज : यो संवादलाई लेख्य रूपले प्रकाशित गर्न सम्भव होला त ?
कुरोसावा : मेरो कुनै आपत्ति छैन । तर, यो यस्तो विषय हो जसमा संसारका अधिकांश मानिसहरूले बिनाकुनै हिच्किचाहट आफ्नो राय देऊन् ।
मार्खेज : धेरै धन्यवाद । सबै कुरा विचार गर्दा मलाई लाग्छ, यदि म पनि जापानी हुँदो हुँ त तपाईंजस्तै यस विषयमा एकदमै टसकोमस हुन्थें होला । जे भए पनि, म तपाईंलाई बुझ्छु । कसैका लागि पनि युद्ध ठीक होइन ।
कुरोसावा : त्यो त्यस्तै हो । तर दु:ख के भने जब गोली चल्छ, क्राइस्ट र देवदूतहरूसमेत सैन्य कमान्डर बन्न पुग्छन् ।
अनुवाद : सुन्दर खनाल
प्रकाशित मिति: २०७१ श्रावण ११ १२:३१

Kantipur Daily
No comments:
Post a Comment