Friday, August 1, 2014

उदास समयको कुरुप सौन्दर्य

धूमिलले लेखेका छन्, 'शब्द कसरी कविता बन्छ, हेर, अक्षरहरूबीच खसेको मान्छेलाई पढ । के सुनेको छौं ? त्यो फलामको आवाज हो कि, माटोमा खसेको रगतको रङ ?'
Manoj Bogati


श्रावण -
कहिलेकाहीँ उदास हुनु बेग्लै सन्तुष्टिको कुरा हो विचार गर्छु- मान्छे कतिखेर उदास हुन्छ ? के मानिस बिनाकारण धेरै उदास हुन्छ ? त्यसो पक्कै होइन होला मनोविज्ञानले उदासीका पछाडि केही कारण रहेको बताउँछ परिवारिक, सामाजिक, व्यक्तिगत वंशानुगत पृष्ठभूमि त्यसो हो भने, भारतीय नेपाली साहित्यमा आएको उदासीनताको खास कारण के हो ? राजनीतिक, सामाजिक, आर्थिक, वैज्ञानिक, इतिहासिक पृष्ठभूमि के हो ? खास मुद्दा मौलिक विचारधाराहरूको जरा नभएको रुखजस्तो , भारतीय नेपाली साहित्य केही व्यक्ति बिम्ब त्यसको सौर्यलाई छोडेर हेरियो भने भारतीय नेपाली साहित्य उदास
सुदामा पाण्डेय उर्फ कवि धूमिल 'यसरी बातबातमा उदास हुनु ठिक होइन' भन्छन् उदासीनतालाई समयले प्रेरित गर्दोरहेछ कुनै संकटका बेला उदास भइराख्नु वास्तवमै हाँस्यास्पद कुरा हो

कविहरू आफ्नै सोचसित ठोस रुपले तादात्म्य नराखी विचारयात्रामा निस्किँदा समाज कविता दुवै जोखिममा पर्छन् हुन , समाजलाई कविताको बाटो हिँडाउन गाह्रो कुरा हो तर समाजले कविताबाट प्राप्त गर्नुपर्ने ठोस दर्शन स्वस्थ कविद्वारा मात्रै सम्भव हुन्छ उदास कविबाट समाजले के पाउँछ ?

धूमिल निक्कै बल दिएर 'यस समय' उदास हुन ठिक नहुने सुनाउँछन् कसैले भनेको , जीवन दर्शन नबुझी लेखिएका आख्यान कुनै दुर्घटनामा पर्छ समय दर्शन नबुझी लेखिएको कविता पनि दुर्घटनामा पर्न सक्छ

आर्थिक-सामाजिक क्षेत्रबाट प्राप्त हुने सबैभन्दा ठूलो दुर्घटना जीवनको संकट हो आर्थिक रुपले बलियो नभएको क्षणमा जुन संघर्ष जीवनले पाउँछ, त्यो संघर्षबीचै सिर्जना प्रभावकारी बन्छ

धूमिल विधवा आमा, पि्रय स्वास्नी, चार भाइ छोडेर कोलकाता हिँडे कविलाई कसैले सहयोग गरेनन् त्यसपछि तिनले टिनाफलाम बटुल्ने काम खोजे दिनभर रड, टिन, फलामका टुक्राहरू खोज्थे बेच्थे यो संकट धूमिलका निम्ति सिर्जानात्मक उर्जा पनि थियो त्यतिखेर धूमिलले लेखेका छन्, 'शब्द कसरी कविता बन्छ, हेर, अक्षरहरूबीच खसेको मान्छेलाई पढ के सुनेको छौं ? त्यो फलामको आवाज हो कि, माटोमा खसेको रगतको रङ ?'

मलाई लाग्छ, धूमिल कहिल्यै उदास भएनन् बरु फलाम बटुलिरहे लेखिरहे कविता साथीहरूले धूमिललाई मासुको फलाम भन्थे साँंच्ची नै फलाम धूमिलको लागि के थियो ? घरमा 'भोक' संत्रास थियो भोकसित लड्न आमासित शक्ति थियो, पितासित 'नानीहरू भोक्कै छन्,' धूमिलले कवितामा लेखेका छन्, 'आमाको अनुहार ढुङगा अनि पिता काठ आफ्नै आगोमा जलिरहेछ सारा घर '

आत्मसंघर्षबाट कविले टिपेको पीडा कविताको शक्ति बन्दोरहेछ धूमिलको आत्मसंघर्ष मात्र पढ्दा पनि कठिन समय बोध हुन्छ यस्तो 'समय' मा उदास हुनु कति खतरनाक हुन्छ ?

संसारभर गरिबी संघर्षशील कविको निम्ति कुरुप सौन्दर्य हो कवि मुक्तीबोधले आफ्नो डायरीमा सौन्दर्यबारे साथी केशवसित धेरै तर्क गरेका छन् 'कुनै पनि वस्तु वा भावसित मानिस जब एकाकार हुन्छ तब सौन्दर्यबोध हुन्छ,' केशवले भनेका छन्, 'सब्जेक्ट अनि अब्जेक्ट, वस्तु अनि त्यसको दर्शन, यी दुई पृथक तत्वहरूको भेद मेटाएर जब सब्जेक्टले अब्जेक्टसित तादात्म्य प्राप्त गर्छ तब सौन्दर्य भावना उद्बोधित हुन्छ '

यसै पनि कविहरू आफ्नो स्तरबाट सौन्दर्य बोध गर्छन् तर मुक्तिबोधलाई केशवले पाठक, श्रोता कविबिच भेद मेटाएरै सौन्दर्यबोध गर्न सही हुने विचार दिन्छन् यी नै कुराहरूबीच मुक्तिबोधले धेरै तनाव झेलेका छन् धूमिलले पनि कविताको सौन्दर्य श्रमिकहरूबाट प्राप्त गरेका छन् टिनाफलाम उठाउने मान्छेले आफ्नो कवितामा दिने सौन्दर्य के हुन्छ ?

'विश्वको सौर्यमय विम्ब श्रमिकहरूको आँशु रगतले बनेको हो,' धूमिलले भनेका छन्


नेपालका सिर्जनशील अराजक आख्यानकार राजन मुकारुङले नेपाली साहित्यको सौन्दर्य फेरिइसकेको पुरानो सौन्दर्यबाट नेपाली साहित्यको अर्थ नखुल्ने आफ्नो किटान रहेको मलाई सुनाएका हुन् 'मैले नेपाली साहित्यको फेरिएको सौन्दर्य लेख्दा साहित्यिक जमातमा भन्दा राजनैतिक जमातमा धेर बहस चल्यो,' उनको भनाइ थियो, 'सिमान्तकृतहरूको समाज संस्कृतिबाट ६० को दशकमा नेपाली साहित्यले उचाईँ प्राप्त गरेको साँचो हो '

द्वन्द्व संक्रमणकालीन समयमा यी सर्जकहरू उदास भइदिने हो भने राजन मुकारुङले यो डिस्कोर्स नेपालको राजनीति, समाज साहित्यलाई दिन सक्दैन थिए

दार्जीलिङमा बसेर साहित्य लेख्ने जमातले यति टड्कारो रुपले भारतीय साहित्यको सौन्दर्य फेरिएको घोषणा गर्न कहिले सक्ने ? एउटा उदास लेखनले भारतीय नेपाली साहित्यलाई छोपेर राखेको दार्जिलिङका चिया श्रमिकहरू, भारतीय नेपालीहरूको इतिहास, पहिचानको संकट साहित्य वास्तवमा कति टाढा छन् ? भारतीय नेपाली साहित्यको यो उदाशीनता वास्तवमा हाम्रो समयको कुरुप सौन्दर्य हो

त्यही सौन्दर्यलाई अघि राखेर, उदासीलाई फुटाएर निस्किएको स्वर हस्तक्षेपी भएन भने त्यो आफ्नो समयमाथि हेल्चेक्राई गरिएको हुन्छ वास्तवमा भारतीय नेपालीहरूको संघर्षबाट नेपाली साहित्यले किन प्राप्त गर्न सकेन त्यस्तो सौन्दर्य ?

यो निक्कै चाखलाग्दो व्यङग्य हो

धूमिलले जोड दिएको 'समय' मा यता भारतीय कविहरू उदास नै थिए तर पनि भारतीय नेपाली साहित्यमा भने समयको खोजी अब नयाँं 'डिस्कोर्स' हुनसक्छ पहिचानको निम्ति भएका दुइटा आन्दोलन अनि दुइटैमा मिलेको असफलता, राज्य केन्द्र सत्ताले आन्दोलन दबाउन गरेको षडयन्त्र, अन्तराष्ट्रिय व्यापार, सिमाना राजनीतिक स्वार्थ, आन्तरिक औपनिवेशिक नेपाली भाषा, समाज संस्कृति अनि संघर्षबाट अब 'समय लेखन' 'समय पठन' अनिवार्य

यसै पनि असीको दशक (सुबास घिसिङको आन्दोलन) भारतीय नेपाली साहित्यमा चहकिलो बनेर आएन जब कि तेस्रो आयामकाल, लीला लेखनकालको साहित्यमा 'टाइम स्पेस' खोज्दै जाँदा पश्चिमतिर पुग्न सकिन्छ भारतीय नेपाली साहित्यमा समय हराउनु, द्वन्द्वले दिएको प्रभाव नआउनु एउटा उदास यथार्थ हो यही यथार्थले उदास समयको कुरुप सौन्दर्य भारतीय नेपाली साहित्यलाई दिएको त्यस बेलाको सामाजिकता, विचार समस्या चाल पाउन कथावाचकले कथा भनिराखेको हुनुपर्ने हो भनेर छोडिराखेको 'कथा' अहिले सुन्दा त्यस बेला बितेको 'समय' चाल पाउन सकिन्थ्यो लेखेर छाडिराखेका कथा अहिले पढ्दा त्यस बेलाको सहज कठिन समयको मनोविज्ञानमाथि तर्क गर्ने 'पाठ' पाउन सकिन्थ्यो

तेस्रो आयाम लीला लेखनले त्यस बेलाको समयलाई कसरी लेखेको , यो बुझ्न धेरै मिहिनेत गर्नुपर्छ अब अगमसिंह गिरी, इश्वरबल्लभ, बैरागी काइँला, हरिभक्त कटुवाल, विकास गोतामेदेखि मनप्रसाद सुब्बा, सुधीर छेत्री हुँदै राजा पुनियानी प्रदीप लोहागुणसम्मैमा 'समयचेत' खोज्न अनिवार्य

कविताको सन्दर्भमा मलाई लाग्छ, सचेततापूर्वक 'समय लेखन'-को अभियानमा कविहरू छैनन् त्यसैले उनीहरू बितेको 'समय' कवितामा पसेनन् त्यो समय सौन्दर्य पनि आएन

स्टिफन हकिङग्सले समयको उत्पति ब्रम्हाण्डसंगै भएको देखे ब्रम्हाण्डको जन्म समय 'बोध' गराउने घटना थियो साहित्यमा घटनाहरूलाई क्रमानुक्रममा राख्नु भनेको समयलाई सजाएर राख्नु हो जान इलिस मेक टोगार्टको 'काल सैद्धान्तिकी'ले 'प्रत्येक घटनाले बोकेर हिँड्ने समय व्यावहारिकतासित जोडिएको अवधारणा हो' भन्छ यसकारण हकिङग्सले ब्रम्हाण्डको इतिहास बताउँदा समयको इतिहास बताइरहेका हुन्थे साहित्यले घटनाको इतिहास भन्दा पनि समयको इतिहास नै भनिरहेको हुन्छ तर रामायण, महाभारतजस्ता पूर्वीय ग्रन्थहरूमा पाइने 'समय' ले भक्तिज्ञानको खेती मात्र नगरेर राजा प्रजा, पुरुष स्त्री, शोषक शोषति, सत्ता, करुणता, प्रेम, आदर्श, हिंसा लोलुपताबारे 'डिस्कोर्स' पनि अघि ल्यायो त्यसो हो भने अब भारतीय नेपाली साहित्यले आफ्नो सौन्दर्यको खोज 'समय पठन'बाट नै गर्न सक्दैन ?

भारतीय नेपाली लेखनमा जातीय, सामाजिक, साँस्कृतिक, मनोवैज्ञानिक, पहिचानको खोजी अथवा समयसत्ताको जुन उपस्थिति हुन्छ, त्यो अनुवाद भएर जाँंदा विश्वमा पुग्छ भारतीय साहित्यको निर्माणमा त्यो ठूलो अभ्यास हुन्छ तर असीको दशकमा भएको सुबास घिसिङको तथाकथित आन्दोलनले सामाजिक-आर्थिक, सांस्कृतिक, भाषकि, जातीय मूल्यको क्षेत्रमा पारेको प्रभाव लेखनमा आएन त्यही उदासीनता भारतीय नेपाली साहित्यको भयानक सौन्दर्य हो
'आफुले पाएकै दुख छोरीले पनि पाउलान्' भन्ने दुःखले मानिसलाई कति आहत गर्छ, त्यसको जवाफ छोरीको घाँंटी निमोठेपछि निस्कियो अमेरिकन गृह युद्ध (१८६१-१८६५) बीच यो कथा टोनी मोरिसनको 'बिलभ्ड' ले भनिदिएको

मरेकी छोरी जब प्रेत बनेर घरैमा बस्न आई, तब लेखनमा मायावी यथार्थवादको 'समय' पस्यो (मायावी यथार्थवादलाई 'समय' बनाउने लेखनमा टोनी मोरिसन पनि एक थिइन्) छोरीको घाँंटी निमोठेर एउटा 'शक्ति' को हत्या गर्नु 'गृह युद्ध' ले निम्त्याएको वैचारिक संकट थियो सामाजिक-आर्थिक संकटले निर्माण गर्ने विचार नै वास्तवमा 'समय' थियो 'विलभ्ड' पढ्दा मायावी यर्थाथवादी 'समय' नै पढ्छौँ सर्वोच्च मुक्तिका निम्ति मोरिसनले पनि भनिराखिन्, 'साहित्यको मूल विषय राजनीति हुनुपर्छ ' किनभने राजनीति संसार जीवनबीचको कोष हो जीवनदेखि संसारतिर संसारदेखि जीवनतिरको यात्रा राजनीतिले नै तय गर्छ साहित्यमा 'राजनीति' कुनै पनि दल वा पार्टीको विचार बस्ने घर होइन पार्टी राजनीतिबीचको अर्थभेद चाल नपाउनेहरूले 'समय' पढ्न सक्दैनन्

राजनीति निषेध गरिएको साहित्यमा 'समय' हेर्ने ठाउँ कहाँ हुन्छ ?

अरबी युवा कवि इमान मार्सल, जसले इराक कुबेतबीचको द्वन्द्व आफ्नै आँखाले देखेकी थिइन्, उनलाई लाग्छ, 'कविता आफंै एक प्रत्यक्ष राजनीतिक क्रिया हो ' नेपालका कवि श्रवण मुकारुङको 'बिसे नगर्चीको बयान' समय लेखनको सुन्दर नमुना हो

बर्तोल्त ब्रेख्तले कम्युनिस्ट पार्टीको सदस्यता लिएनन् तर तिनी जनसंवादी विचारमा विश्वास राख्थे माक्र्सवाद उनको समय लेख्ने निव थियो आफ्नो समयमा 'लय' भर्नु उसको कृतिमा रहेको शाश्वतता हो लेखकले जबसम्म आफ्नो समयलाई लेख्न सक्दैन, तबसम्म उसले आफ्नो समयलाई सङगीतबद्ध गरेर कसैलाई सुनाउन सक्दैन लेखकले लेखेको समय 'पाठक'ले चाल पाएपछि मात्र लेखकको लेखकीय परीक्षण समाप्त हुन्छ जस्तो कि हर्बर्ड इहरिङले ब्रेख्तबारे भने, 'यिनले हाम्रो समयलाई नयाँ मेलोडी दिएका छन् ' वास्तवमा ब्रेख्तले संवादका निम्ति आफ्नो भाषा निर्माण नगरेको भए तिनलाई यसो भनिने थिएन भारतीय नेपाली साहित्यले दुइटा द्वन्द्व कुरुप राजनीतिक समयबाट नयाँ 'कोरियोग्राफ' निर्माण गरेन भने भारतीय साहित्यले केही प्राप्त गर्न सक्दैन

...

वास्तवमै कविताले राजनीति नलेख्ने घटना भारतीय नेपाली साहित्यमा भएकै हो लेखनलाई 'कोरा भावुकता' मान्ने संस्थागत विचारकको 'घटना वा समय' पनि सकियो अब लेखनले शैल्पिक सघन सौन्दर्यको बाटो पनि हिँडिसक्यो 'स्थानिक'लाई छाडेर कविता 'वैस्थानिक' पनि भइसक्यो   उनीहरूलाई लाग्यो, यस्तो प्रादेशिक लेखनले विश्व साहित्यमा आफूहरूको 'उपस्थिति'को कल्पनासमेत गर्न सकिन्न तर दुर्भाग्य के भयो भने उनीहरूको विचार बौद्धिकताको उचाइ छुन भारतीय नेपाली समाजले अझसम्म सकेन यसलाई दुर्भाग्य विडम्बना एकसाथ मान्दा हुन्छ त्यस समय कवि विकास गोतामेले 'समय' लेख्ने परम्परा भने बसालेका हुन् गोतामेले आफ्नो समयसित पर्याप्त संवाद गरेका छन् तिनको कविताले असी नब्बेको बीचको कथा भन्छ गोतामेका कवितामा 'घटना' सत्ता आम मान्छेबीचमा घट्छ यो घटना सुखद गोतामेलाई 'पार्टीसाहित्य' लेख्ने भनिए पनि तिनको कविताले 'पार्टी' बोकेको कमसेकम हामीलाई चाहिँ लाग्दैन अगमसिंह गिरी, नोर्देन रुम्बा, विकास गोतामेहरूले छाडिराखेको बाटोमा आजको 'समय विचार'को यात्रा कहिलेका सर्जकले गर्ने हो ?

अबका कविहरूको समकालीनता भनेको अब यही उदास समयलाई फुटाएर भारतीय नेपाली साहित्यको निम्ति हस्तक्षेपी सौन्दर्यको खोज हो

प्रकाशित मिति: २०७१ श्रावण ११ ११:४५
  Kantipur Daily

No comments:

Post a Comment