सिम्मा- कवि ईन्द्र नारथुङेको मात्रिभाषा किराँत
चाम्लिङ राई भाषा अनुसार कान्छी छोरी । उनैको नाममा दुई पटकसम्म लेखिएको
चिट्ठी सङ्ग्रहित कविता सङ्ग्रह हो सिम्माको नाममा नयाँ चिट्ठी । आफ्नो
माटो छाडेर करीब आधा दशक बिरानो मुलुकमा आफ्नो उर्जा र पसिना खर्ची कविले
हामीलाई पस्किनुभएको यो कविता सङ्रह प्रकाशकको शब्द सापट लिएर भन्ने हो भने
मानबताबादमा आधारित सङ्ग्रह हो । यसमा समेटिएका कविता पढ्दा लाग्छ यो
साँचो ठम्याई हो, जहाँ कविले भात्रित्व, समानता र मानबियताका अनगिन्ती
प्रसँग उल्लेख गरेका छन् । साहित्य समाजको दर्पण हो भनेर भनिन्छ, हुनपनि
सचेत कविमन देशको , समाजको अनेकन बिम्बहरुबाट कसरी टाढा रहन सक्छ र रु
अहिलेको लम्बिरहेको सँक्रमण र दिशा पहिल्याउन हरतरह प्रयास गरिरहेको हाम्रो
देश अनि समाजको दर्पण यो सङ्ग्रह । कवि नारथुङे त्यस्तै सचेत नेपाली छोरो
हुन् जो देशलाई दुख्दा छट्पटिन्छ, देश हाँस्दा प्रसन्न हुन्छ र बाटो बिराउन
लाग्दा निराश हुनपुग्छ । सिम्मालाई लेखिएको दुई वटा चिट्ठी मध्य पहिलो
चिट्ठी नेपालको आकाशमाथि सयौँ बर्ष रही हामीलाई अध्यारोमा बस्न वाध्य
पार्ने कालोमैलो तुँवालो हट्न सुरु गर्दा बखत पोखिएको खुशी हो , तुँवालोको खास्टो ओढेर सँधै गजधम्म बस्ने निनाम्मा (आकाश) एक्कासी आधा उघारिएको देखेर म अलिकती परिवर्तन भएको छु , सिम्मा ।
कविले ब्यक्त गरे जसरी हामी माथिको आकाशले तुँवालोको खास्टो ओढेको
नभै जानी जानी ओढाईएको थियो । यो एक्कासी आधा उघारिएको पनि खासै हैन ।
यसलाई उघार्न नेपालीआमाका हजारौ छोराछोरीहरुले दशकौसम्म अनबरत संघर्ष गरे,
ज्यान अर्पण गरे, यसैले त गएको आधा दशक देखी एता अनेकन प्रकारको शोषण,
थिचोमिचो, कुप्रथा, दासताको जन्जिर रुपी तुँवालोलाई फटाउदै, हटाउदै हाम्रा
आँगनिमा असिमित खुशीका किरणहरु, सम्भाबनाका मुलहरु देखिन थालेका छन् । हामी
सबै रैती, प्रजाबाट जनता भएका छौँ , भलै यो पुरा भईसकेको अवस्था छैन । यस
सुबर्ण अबसरलाई सदुपयोग गर्नु र असिमित श्रोत, साधन , सँस्क्रिती,
रितिरिवाजमा धनी हाम्रो देशलाई अझ साझा, सशक्त र सबल बनाउनु आजको आवश्यकता
हो र अनिबार्यता पनि ।
एउटा नयाँ बिहानको सँखघोष गर्नुपर्छ सबैले छुन सक्ने सबैको हुन सक्ने ।
हाम्रो जस्तो अशिक्षित जनता धेरै भएको, अन्धबिश्वास, कुरिती,
कुसँस्कारले गाँजेको मुलुकमा फटाहाहरुको बिगबिगी हुनु, सबै परिस्थिती आँफु
अनुकुलको बनाउन खोज्नु र कुतर्क , भ्रम छर्नु कुनै नौलो कुरा नै भएन ।
माटो बराबर नभए पनि बाटो बराबरी नै पुग्ने यस्तै गह्राहरु छुट्याउन लाग्दा छुट्टीएका गराहरुमाथि छिमेकिले आँखा गाड्छन् भनेर कसले सुनायो यो झुट्टो कुरा ?
सबैले पाएको मात्र पनि कहाँ हो र रु लुटको स्वर्गमा अहिले आक्रमण
भएको छ, दमित स्वरहरु उँचो भएका छन् । करिपन १० प्रतिशतका स्वर्गमा अहिले
आफ्नो भाग , हक र अधिकार खोज्दै ९० प्रतिशत जनता आईपुगेका छन् । यस्तो कठिन
घडीमा सबैले उचित रुपले एक अर्काको सम्मान गर्नु, मानबजातिले मात्र सोच्न
सक्ने गुणको उच्चतम प्रयोग गरी न्यायपूर्ण हुनेगरी भाग लगाउनु , गुमाउनेको
पिडाको ख्याल गर्नु , पाउनेले झन मातिएर उल्कापात मच्चाउन तर्फ लाग्न नहुने
भन्दै सबैलाई यसरी सचेत गराउँछन् , अढाई सय बर्ष पछी घामको किरण तिम्रो आँगनबाट मेरोमा अलिकती सर्दा आत्तिनु पर्ने कुनै कारण देख्दिनँ मात्तिनु पर्ने कुनै कारण देख्दिनँ परन्तु , तिमी आत्तियौ र फलाक्दै छौ क्यानभासको बहुरङले चित्रमा बिखण्डन ल्याँउछ मेरा आफन्तहरु मात्तिय र फलाक्दै छन् आलिहरुलाई सिमा बनाउनुपर्छ ।
हुन पनि कति सुन्दर र उच्च बिचार छ कविसँग । के हाम्रा सन्ततिका
भाग्य र भविष्यका ठेकेदार भईटोपलेका हाम्रा मुलीहरु यस्तै चेतना प्रयोग
गर्न सक्षम छैनन् रु हाम्रा सुनौला भबिस्यका कोरिदै गरिएका रेखाहरु यिनै
मुलीहरुका अकर्मण्य व्यबहार र सङ्किर्ण सोचाईको शिकार बनेर मेटिने प्रशस्त
सम्भाबना देख्छन् । हामी आखिर गर्न पनि के सक्छौ र । हामी यसरी , उसरी भनेर
कराउन मात्र न सक्छौ । साँचो लिएर हिंडेको चालकले सचेत भएर गाडी
नचलाइदिएपछी, आफ्नो स्वार्थ सर्बोपरी ठानिदिएपछी, बिदेशीको गुलाम र दलाल
गरेर राष्ट्रघात गर्न पनि पछी नपर्दिएपछी अनि रु मेरो जीत बोकेर आँगनसम्मै आईपुगेको घामलाई लाचारिको घुम ओडाउदै अर्को बिहानीको प्रतिक्षामा फेरी पनि हार्न म राजी भएँ ।
यती धेरै बलिदानी, संघर्षद्वारा फटाईएको हाम्रो निनाम्मा माथिको
तुँवालो फेरी जम्मा हुन लागेको भान भईराखेको छ, बिभिन्न जात जातिका असंगत
तरिका , अतिसयोक्तिपूर्ण भनाइहरु, गराइहरु, धर्मभिरुहरु र अन्य को कुतर्कको
बलमा, निनाम्मा आधा उघारिए पनि चेतनाको ढोका उघारिएन मुलीहरुको अरुलाई
घ्रिणा गरेर आँफु सम्मानित देख्नेहरु प्रति कवि टिठ देखाउँछन् र निराशा
पनि । तर उनको यो निराशा दिर्घकालिन भने छैन, अहिले जतिनै निराश हुनुपरे
पनि सत्यको जीत अबस्यम्भाबी छ, सुर्यको राप र तापलाई कसैको हत्केलाले
छेक्ने सामर्थ्य राख्दैन । धर्म र जातका कुरुप सिमाहरु, अन्ध राष्ट्रबादका
जङे पिल्लरहरु एकदिन ढल्ने नै छ र त्यो सुनौलो दिन पछी हामीहरु फेरी सदियौँ
देखीका हाम्रा होली, ईद , छठ , दसैं, तिहार एकै ठाँउमा बसेर मनाउने छौं ।
हामी सबै नेपाली, हिन्दी , अङ्रेजी , मैथिली , भोजपुरी , नेवारी एकैसाथ
बोल्नेछौँ , अरुको नष्ट गरेर आफ्नो बनाउने कुचेस्टा बन्द गर्नेछौँ । कविमनको
जस्तै उत्कृष्ट बिचार, मानबीय भावना, भात्रित्व, देशप्रेम , माटोप्रेम
हाम्रा मुलीहरुका मगजमा पनि घुसुन् र हामी आधा उघारिएको निनाम्माको छत
फालेर निस्चल , निलो पुरा उघारिएको निनाम्माको छतमुनी सँग सँगै बाचौ, हासौ
उन्मुक्त भएर, स्वतन्त्र भएर ।
|
No comments:
Post a Comment