Sunday, July 27, 2014

अब्बाको सम्झना




मेरो अब्बा (बुवा) अरूका अब्बाभन्दा फरक हुनुहुन्थ्यो। मेरो कलिलो दिमागले सधैं सोध्थ्योउहाँ किन फरक हुनुहुन्छ?
मेरा सबै साथीका अब्बा अफिस जान्छन्। उहाँ किन जानुहुन्न?
मेरा धेरै साथीका अब्बा सर्टपाइन्ट लगाउँछन्। उहाँ किन लगाउनुहुन्न? उहाँलाई किन चौबीसै घन्टा सुतीको सेतो कुर्ता सुरुवाल लगाउन मन पर्छ?
अरूका अब्बा अंग्रेजी फरर्र बोल्छन्। उहाँ किन बोल्नुहुन्न?
यो के हो !
मेरा सबै साथीहरू आफ्ना अब्बालाईड्याडी' भनेर बोलाउँछन्। किन त्यसरी बोलाउन पाउँदिनँ?
यस्तायस्तै कारणले मैले जहिल्यै साथीहरूका अगाडि अब्बाको पहिचान लुकाउन खोजेँ। अब्बाको ठूलो व्यापार भनेर झूट बोलेँ। मलाई लाग्थ्यो, साथीहरूले अब्बा कवि भएको थाहा नपाइदिए हुन्थ्यो। संसारमा केही नगर्ने मान्छेलाई भद्र भाषामाकवि' भनिन्छ यस्तै सोच्थेँ।
अब्बामम्मीको सन्तान हुनु, मेरो लागि सबै हिसाबमा अपरम्परागत थियो। मेरो स्कुलमा अब्बामम्मी दुवैले अंग्रेजी बोल्नु आवश्यक थियो। अब्बा बोल्नुहुन्थ्यो, मम्मी। मैले झूट बोलेरै त्यो स्कुलमा प्रवेश पाएको थिएँ। सुल्ताना जाफ्री, सरदार जाफ्रीकी श्रीमतीलाई मम्मी मुनिसनारायण सक्सेना, अब्बाको साथीलाई अब्बा भएको नाटक गर्न लगाएको थिएँ।
एकपटक कक्षा १० मा हुँदा मलाई मेरोभाइसप्रिन्सिपलले बोलाउनुभयोे। भन्नुभयो, ‘मैले तिम्रो अब्बालाई एउटा कविता सम्मेलनमा सुनेको थिएँ। उहाँ बिहानप्यारेन्ट्स डेका लागि तिमीसँग आउनुभएको व्यक्तिभन्दा निकै फरक देखिनुहुन्थ्यो।
यो सुनेर मेरो मुख पूरै नीलो भयो। ओठतालु सुक्यो। तैपनि ढाकछोप गर्ने प्रयत्नसाथ मैले भनेँ, ‘त्यस्तो होइन, उहाँलाई टाइफाइड भएकाले पहिलेभन्दा निकै दुब्लाउनुभएको छ।
अब्बालाई अब मैले दराजमा बन्द गरेर राख्न असम्भव भइसकेको थियो। उहाँले फिल्मका लागि गीत लेख्न सुरु गर्नुभएको थियो। एक दिन एकजना साथीले भन्यो, ‘मेरो बाबाले तिम्रो अब्बाको नाम अखबारमा पढ्नुभएको रहेछ।
यसो भन्दा उसका आँखा चम्किएका थिए। मैले उसका आँखामा अब्बाप्रति इर्ष्या देखेँ। जिन्दगीमा पहिलोचोटि मलाई अब्बा निकै ठूलो हुनुहुन्छ भन्ने लाग्यो।
उहाँले अरूका अब्बाजस्तो सर्टपाइन्ट नलगाएर के भो ! अरूका अब्बाजस्तो फर्रर अंग्रेजी नबोलेर के भयो ! कक्षामा ४० जना साथीमध्ये अरू कसैका अब्बाको नाम अखबारमा छापिएको ?
फुलेल भएँ।
मलाई अब्बाकी छोरी भएकोमा गर्व लाग्यो।
उहाँ भिन्न हुनु मेरो लागि पहिलोपल्ट वरदान साबित भयो। त्यसपछि मलाई कहिल्यै उहाँको सुतीको कुर्तासुरुवालप्रति गुनासो रहेन। अंग्रेजीप्रति गुनासो रह्यो।
मैले त्यही दिन स्कुलबाट घर फर्कनेबित्तिकै दराजभित्र थन्क्याएको पुरानो पुतली झिकेँ। त्यो पुतली कालो थियो, अब्बाले ल्याइदिनुभएको। मलाई कालो पुतली कहिल्यै मन नपर्ने। गुलाबी पुतली चाहन्थेँ, अरू साथीको जस्तै। कैलो कपाल निलो आँखा भएको। तर, अब्बा पर्नुभयो, कालो ल्याइदिनुभयो। मलाई साथीहरूले गिज्याउलान् भन्ने डर लाग्यो। अब्बाले मलाई सम्झाउनुभएको थियो, ‘कालो पुतली पनि राम्रो हुन्छ, आफूसँग भएको चिजमाथि गर्व गर्न सिक्नुपर्छ।' मेरो सातवर्षे कच्चादिमागले त्यो कुरा बुझ्दै बुझेन। बरु मैले अब्बा यस्तै हुनुहुन्छ भनेर त्यो पुतली नै लुकादिएँ।
तीन वर्षसम्म दराजबाट झिक्दै झिकिनँ।
त्यस दिन स्कुलबाट फर्केपछि दराज खोलेर पुतली हातमा लिँदा मेरो छाती आत्मविश्वासले भरिएको थियो। त्यसको कालो रङ पनि मलाई विशिष्ट लागेको थियो। सोचिरहेको थिएँअरू सबैका पुतली गुलाबी हुन्छन्, कसैसँग मेरो अब्बाले ल्याइदिनु भएजस्तो कालो पुतली?
फुर्किंदै, दुई बित्ता उफ्रिँदै त्यो पुतली साथीहरूलाई देखाउँदै थिएँ। त्यसबेला साथीहरूको अगाडि हाँसोको पात्र भइनँ। बरु सबैले इर्ष्या गरे।
मेरो पनि, मेरो पुतलीको पनि।
, मेरो अब्बाको पनि।
उहाँले मलाई सिकाउनुभएको त्यो पहिलो शिक्षा थियोआफूसँग भएको कमजोर पक्षलाई नै सबल पक्ष बनाउनुपर्छ।
...

मेरो घरको वातावरणै अपरम्परागत थियो। वर्षको छँदासम्म हामी कम्युनिस्ट पार्टीले दिएको ठूलो हलमा बस्थ्यौं। हरेक कमरेडको परिवारका लागि एउटा कोठा हुन्थ्यो, कम्युनजस्तो। बाथरुम सबैको साझा।
पार्टीको सदस्य भएकै कारण श्रीमानश्रीमतीको नाताको पनि त्यहाँ पुनः व्याख्या गरिएको थियो। प्रायः सबैका श्रीमती कामकाजी महिला थिए। त्यसैले, जो घरमा हुन्छ, उसैले बच्चा हेर्ने काम गर्नुपर्थ्यो। मेरो मम्मी पृथ्वी थिएटर भन्ने नाट्य समूहमा काम गर्नुहुन्थ्यो। नाटक टोलीसँग ठाउँठाउँ घुमिरहनुहुन्थ्यो। उहाँको अनुपस्थितिमा मेरो भाइबाबाको सम्पूर्ण हेरचाह अब्बाले नै गर्नुहुन्थ्यो।
मम्मीले काम गर्नु बाध्यता थियो। अब्बाले आफ्नो सम्पूर्ण सम्पत्ति पार्टीलाई बुझाउनुभएको थियो। उहाँलाई पार्टीले महिनाको ४० रुपैयाँ दिन्थ्यो। चारजनाको परिवारका लागि त्यो रकम पर्याप्त थिएन। आर्थिक रूपमा अलि सन्तोषजनक स्थितिमा पुगेपछि हामीजानकी कुटिर' मा सर्यौं मम्मी अझै नाट्य समूहमै काम गर्नुहुन्थ्यो। उहाँलाई कलाकार बन्ने खुब सोख थियो।
एकपटक उहाँले महाराष्ट्र राज्य प्रतियोगितामापागलको मुख्य भूमिका पाउनुभयो। उहाँ त्यसमा यति डुब्नुभयो, आफ्नोअगाडि जो उसैका अगाडि डायलग भन्न थाल्नुहुन्थ्यो। डरले थरथर काम्थेँ। रुन्थेँ। मलाई लगेको थियो, उहाँ साँच्च्किै पागल हुनुभयो। रोएको देखेर अब्बाले सम्झाउनुभयो। आफ्नो सम्पूर्ण काम छाडेर मलाई समुद्र किनारमा डुलाउन लैजानुभयो। भन्नुभयो, ‘तिम्रो मम्मीसँग नाटकका लागि तयारी गर्ने फुर्सद छैन। घरभित्रै बसेर तयारी गर्नुको विकल्प छैन। उनको रिहर्सलमा सहयोग गर्नु हाम्रो पनि कर्तव्य हो नि, हैन? हामीले सहयोग गरेनौं भने उनले प्रतियोगिता जित्न सक्दिनन्।
जबजब मेरो मम्मी कुनै नयाँ नाटक वा फिल्ममा अभिनय गर्ने तयारी गर्नुहुन्थ्यो, अब्बा उहाँलाई रिहर्सल गर्न सघाउनुहुन्थ्यो।
मम्मी पनि अब्बाको जीवनमा उत्तिकै सहभागी हुनुभयो। त्यसको केही मूल्य भने उहाँले चुकाउनुपर्योउ। उहाँले अब्बा कवि भएकैले प्रेम गर्नुभयो। पछि मम्मीलाई थाहा भयो, कवि केवल एकजनाको हुँदैन, सारा दुनियाँको हुन्छ। मम्मीले अब्बालाई उहाँका धेरै प्रशंसक साथीहरूसँग बाँड्नुपर्योक, खासगरी उहाँका धेरै महिला प्रशंसकसँग।
जब वर्षको थिएँ, एक साँझ एक ठूला उद्योगीको घरमा भएको घटना मलाई याद आउँछ। उद्योगीकी श्रीमतीले अब्बालाई जिस्काउँदै भनिन्, ‘कैफी साहेब, सधैंझैं एउटा फर्माइसदो निगाहोँका... थाहा , तपाईंहरूलाई, योनज्मउहाँले विशेष मेरो लागि लेख्नुभएको हो।
अब्बाले केही नबोली उक्त कविता सुनाउनुभयो।
मलाई थाहा थियो, त्यो कविता अब्बाले ती महिलाका लागि हैन, मम्मीका लागि लेख्नुभएको हो। मलाई साह्रै असह्य भयो। चिच्याउन थालेँ, ‘यो कविता मेरो मम्मीका लागि लेखिएको हो, यो मूर्ख महिलाका लागि हैन।
पूरै सन्नाटा छायो।
मम्मीले भन्नुभयो, ‘चुप लाग छोरी चुप लाग।
उहाँले मलाई कुनामा लगेर त्यस्तो कुरा मनमा लिनुहुँदैन भनेर सम्झाउनुभयो। मैले सुन्दै सुनिनँ। त्यो कविता अब्बाले फेरि कहिल्यै प्रयोग गर्नुभएन।
ती महिला मसँग अहिले पनि रिसाएकी छन्।
अब्बाको महिला मित्रमध्ये बेगम अख्तर मलाई निकै मनपर्थ्यो। उनी कहिलेकाहीँ हाम्रो घरमै बस्थिन्। जोश मलिहावादी, फिराख गोरखपुरी फैज अहमद फैजजस्ता दिग्गज पनि कहिलेकाहीँ हामीकहाँ बस्थे। हाम्रोमा पाहुनाकोठा थिएन। यस्ता कलाकारका लागि सुविधाभन्दा महŒवपूर्ण न्यानो आतिथ्य नै हुन्थ्यो। घरमा हुने यस्तो मेहफिलप्रति आकर्षित थिएँ। उहाँहरूले वाचन गरेका कविता आधा पनि बुझ्दैन थिएँ। तैपनि त्यहाँ बसी रहन्थेँ। उहाँहरूको सुन्दर शब्दमा मेरो कलिलो कानका लागि सांगीतिक मिठास हुन्थ्यो। गिलासहरू जुधेको आवाज, धुवाँ भरिएको कोठा। त्यो वातावरण निकै मनमोहक हुन्थ्यो। मलाई कहिल्यै अब्बाले सुत्न कर गर्नुभएन। बरु त्यहाँ बस्न हौस्याउनुहुन्थ्यो। उहाँको एउटै सर्त हुन्थ्योभोलि स्कुल जान्न भनेर किचकिच गर्न पाइँदैन।
यो वातावरणमा मैले चाँडै ठूली भएको महसुस गर्न थालेँ। घरबाहिर हुने मुसायराहरूमा पनि भाग लिन थालेँ। त्यतिबेला शाहिर लुधियानवी प्रख्यात हुनुहुन्थ्यो। अली सरदारलाई सबैले सम्मान गर्थे। कैफी आज्मीको भने छुट्टै जादु थियो। गहिरो बुलन्द आवाज, शब्दमा जादु आवाजमा नाटकीय भावका कारण उहाँ जहिले पनि अन्तिममा वाचन गर्नुहुन्थ्यो। अब्बा धेरैजसो समय स्टेजमा तकियाको सहारा लिएर बस्दा निदाउँथ्यौं। उहाँको नाम उद्घोष भएर स्रोताहरूले ताली बजाउन थालेपछि मात्र ब्युँझन्थौं। मैले त्यस्तो तालीबाट उहाँ कहिल्यै उत्साहित हुनुभएको देखिनँ। उहाँले घर फर्किएर मुसायरा कस्तो भयो भनेर कहिल्यै आमालाई भनेको सुनेँ। आमाले सोधिहाले दुई शब्दको जवाफ दिनुहुन्थ्यो, ‘ठिक थियो
लगभग १८ वर्षकी थिएँ। मैले उहाँसँगमुसायरामा कुन नज्म भन्नुभयो स्रोताबाट कस्तो प्रतिक्रिया आयो' भनेर सुनाउन जिद्दी गर्न थालेँ।
मम्मी भन्नुहुन्थ्यो, ‘त्यस्तो प्रयास नै नगर। उहाँले भन्नुहुन्न। मैले यस्ता प्रश्नको उत्तर पत्रिकामा खोज्ने गरेको छु।
तैपनि अब्बासँग टाँसिएर बसिरहेँ। सोधिरहेँ।
उहाँले यसो भन्नुभयो :
छिछोरे लोग अपनी तारिफ करते है,
जिस दिन बुरा पढुंगा, आके बतादुंगा।'
उहाँले कहिल्यै आफ्नो कामलाई उत्कृष्ट भन्नुभएको मैले सुनिनँ। कतिसम्म भने फिल्मको गीत रेकर्ड गरेर घर फर्कंदासमेत उहाँले कहिल्यै रेकर्डिङको क्यासेट साथ लिएर आउनुभएन। उहाँ जहिले पनि गीत वा कविता बुझाउनुपर्ने अन्तिम दिनको अघिल्लो रात कागज कलम लिएर बस्नुहुन्थ्यो।
जब उहाँ आफ्नो टेबलको ड्रयर सफा गर्नुहुन्थ्यो, आफूलाई लेखिएका चिठीहरूको जवाफ लेख्न थाल्नुहुन्थ्यो, तब थाहा हुन्थ्यो, उहाँ केही सिर्जनशील काम गर्न खोज्दै हुनुहुन्छ। तैपनि रेडियो बजिरहेको हुन्थ्यो, वरपर बच्चा कराइरहेका हुन्थे। उहाँले कहिले पनि लेख्नका लागि शान्ति खोज्नुभएन। आफ्नो सिर्जनाका लागि हाम्रो हाँसो उपद्रो बन्द गराउनुभएन। उहाँको पढ्ने कोठाको ढोका खुल्लै हुन्थ्यो। उहाँ भन्नुहुन्थ्यो, ‘खुला ढोकाबाट बाहिरी दुनियाँसँग साक्षात्कार गर्छु।'
एकपटक मैले उहाँ पढ्ने कोठाको ठिकअगाडिबाट पढ्ने टेबल हटाएँ कुनामा सारेँ। मम्मी मान्नुभएको थिएन। भन्नुभएको थियो, ‘अब्बालाई यो कदापि मनपर्दैन।'
नभन्दै बेलुकी फर्कंदा पढ्ने टेबल पूर्ववत् स्थानमै थियो।
अब्बा जहिले पनि लेख्न मोन्टब्ल्यांक कलम मात्र प्रयोग गर्नुहुन्थ्यो। त्यो कलमको ठूलै संकलन थियो उहाँसँग। पछिसम्म पनि समयसमयमा उहाँ ती सबै कलम झिक्नुहुन्थ्यो, हेर्नुहुन्थ्यो जतनसाथ ताल्चा लाएर राख्नुहुन्थ्यो। एकपटक मलाई एक साथीले दिएको मोन्टब्ल््यांक कलम अब्बाले लिनुभयो, जबकि उहाँसँग त्यस्तै कलम तीनवटा थियो।
, मेरो साथीलाई कारणसहितको मिठो पत्र लेख्नुभयो, ‘त्यो कलम उहाँबाहेक अरू कोहीसँग सुरक्षित रहन सक्दैन।'
...

हरेकअप्रिल फुलको दिन उहाँ मलाई कुनै कुनै तरिकाले मूर्ख बनाउनुहुन्थ्यो।
हरेक वर्ष मार्च महिनादेखि नै मूर्ख नबन्न सचेत रहन्थेँ तर, पहिलो अप्रिलको दिन के हुन्थ्यो के, उल्लु बनिहाल्थेँ। धेरै कम मान्छेलाई थाहा , मेरो अब्बा निकै हँसिमजाक गर्नुहुन्छ, अर्काको नक्कल गर्न पोख्त हुनुहुन्छ। उहाँ कुनै पनि चुट्किला सम्झेर हाँसेको हाँसेकै गर्नुहुन्थ्यो, जबसम्म उहाँको आखाँबाट आँसु बग्दैन। उहाँको गम्भीर मुहार हाउभाउ देख्दा यो कुरा सायद कसैले पत्याउने छैनन्।
एकपटक उहाँको आँखामा औषधि हाल्न खोज्दै थिएँ। उहाँ आफ्ना मसिना आँखा झनै मसिनो पारेर झिमझिम गर्दै हुनुहुन्थ्यो। औषधि कि उहाँको कानमा जान्थ्यो, कि नाकमा पर्थ्यो। त्यसपछि उहाँले मेरा हात समात्नुभयो कथा भन्न थाल्नुभयो– ‘एकादेशमा एउटा राजकुमार थियो। आफ्नो बाबुको दुःखको कारण थियो। किनभने केही काम राम्रोसँग गर्न सक्दैन थियो। एक दिन राजाले राम्रो धनुर्विद्या जानेका गुरु भेटे राजकुमारलाई त्यसमा निपुण बनाउन आदेश दिए।
महिनापछि राजकुमारले सबैका अगाडि आफ्नो क्षमता प्रदर्शन गर्ने उद्घोष गरे। उनको धनुबाट निस्किएको तीरले निशानाबाहेक सभाकक्षमा भएका सबै वस्तुलाई लडायो। अन्ततः राजा गुरु दुवैले के निर्क्योल गरे भने उनले निशाना लगाउन खोजेको निशानको अघिल्तिर उभिनु नै सबैभन्दा सुरक्षित हुन्छ। किनभने त्योमात्र यस्तो स्थान थियो, जहाँ कहिल्यै उनको तीर पुगेन।
जब मैले अब्बाको कथा बुझिनँ, उहाँले सिधासिधा सम्झाउनुभयो, ‘तिमी औषधि मेरो कानमा हाल, त्यो आँखामा आफैं पुग्छ।
उहाँ मिठो खानाको पनि सोखिन हुनुहुन्थ्यो। मासु नभई नहुने। विवाह गरेको ५२ वर्षसम्म मम्मीले उहाँलाई कहिल्यै हैदरावादी खान खुवाउन सक्नुभएन। सधैं उहाँका लागि घरमा रहरको दाल बन्थ्यो। उहाँले कहिल्यै आफैं खाना पस्किएर खानुभएन। के खानुहुन्छ भनेर सोध्नु पनि हुँदैन थियो। मम्मीको आँखाले उहाँलाई के, कति चाहिएको सबै भेउ पाउँथ्यो।
जब मैले मम्मीसँगयो दादागिरी भयोभनेर विरोध गरेँ, उहाँले भन्नुभएको थियो, ‘मेरो सासूले मलाई सिकाएअनुसार तिम्रो अब्बाले कहिल्यै केही माग्नुहुन्न। बरु भोकै उठ्नुहुन्छ, यो थप भन्नुहुन्न।
उहाँले मागेरै खाने भनेको मैले पकाउँदामात्र हो।
खाना पकाउनु मेरो वशको कुरा होइन। जब पकाउँथेँ परिवारका सबै सदस्य भाग्थे। तर, अब्बा सधैं मिठो मानेर थपीथपी खानुहुन्थ्यो। उहाँले त्यसो गरेर मलाई झुक्याएकै भए पनि, त्यसले मेरो मन छुन्थ्यो।
...
उहाँ जावेद अख्तरमा धेरै कुरा मिल्छ। दुवैमा सहीगलत छुट्ट्याउनसक्ने खुबी छ। दुवै दुःखबाट भाग्दैनन्। राजनीति मन पराउँछन्। सधैं राजनीतिबाट टाढा बस्न रुचाउने मान्छे हुँ। पत्रिका पढ्न पनि रुचाउँदिनँ।
जब जावेदसँग नजिक भएँ, दुईजना राजनीतिलाई लिएर धेरै वादविवाद गर्थे। सधैं त्यसबाट टाढै बस्थेँ सुनीमात्र रहन्थेँ। जावेदलाई बुझ्दै जाँदा मैले अब्बाका अरू धेरै पक्षबारे जानकार हुने मौका पाएँ। मलाई थाहा भयो, राजनीति उर्दू कविताप्रति अब्बाको कत्तिको चाख थियो।
जावेद विवाहित पुरुष थिए। त्यसैले उनीसँगको निकटता मेरो मम्मीलाई मन परेको थिएन। प्रायः मेरा सबै शुभचिन्तकलेयो सम्बन्ध हामी दुवैका लागि घातक हुन्छ' भनी सचेत गराइरहन्थे। मलाई उनीसँगको सम्बन्ध तोड्न सबैतिरबाट ठूलो दबाब थियो।
यति भइरहँदा मैले डराइडराई अब्बालाई सोधेको थिएँ, ‘के तपाईंलाई लाग्छ जावेद नराम्रो मान्छे हो?’
अब्बाले भन्नुभएको थियो, ‘ नराम्रो होइन, उसको वरपरको परिस्थिति नराम्रो हो।
यदि उनले परिस्थिति सुधार गर्न सके भने?’ मैले सुस्तरी भनेँ, ‘मलाई विश्वास गर्नुस्, उनको जीवनमा आउनुअघि नै उनको वैवाहिक बन्धन टुटिसकेको थियो।
त्यसपछि फेरि कहिल्यै अब्बासँग यो विषयमा कुरा भएन। अब्बा मलाई धेरै विश्वास गर्नुहुन्थ्यो सधैं आशीर्वादमात्र दिनुभयो। त्यो मेरो जीवनको साह्रै महŒवपूर्ण क्षण थियो। यदि अब्बाले हुँदैन भन्दिएको भए मलाई थाहा छैन, के गर्थें। उहाँको डरले होइन, सहीगलत छुट्ट्याएर तत्काल निर्णय गर्न सक्ने उहाँको क्षमताको जहिल्यै भर पर्दै आएको थिएँ।
जब मैले पहिलोपटक आँखा खोलेँ, मैले देखेको रङ रातो थियो। मेरो अब्बामम्मी कम्युनिस्ट पार्टीको हलमा बस्नुहुन्थ्यो। त्यहाँ ढोकाअगाडि पाहुनालाई स्वागत गर्न ठूलो रातो झन्डा झुन्ड्याइएको थियो। पछिमात्र मैले थाहा पाएँ, रातो रङ क्रान्तिको प्रतीक हो। मेरो बाल्यकाल मम्मीको पृथ्वी नाट्य समूह अब्बाको मजदुरकिसानको मिटिङमा बित्यो। मलाई याद , जताततै रातो ब्यानर झन्डा हुन्थ्यो क्रान्तिकारी कविता वाचन। मलाई त्यस्ता र्यासली किन मात्र मनपर्थ्यो भने, मलाई भेला भएका मजदुरहरूले खुब माया गर्थे। आज जब पदयात्रा वा अनसन गर्छु मलाई बाल्यकालको याद आउँछ।
एकपटक अनसनमा बसेको चौथो दिन मेरो रक्तचाप एक्कासि कम भयो। मम्मी मेरोछेउमै हुनुहुन्थ्यो। उहाँ खुब आत्तिनुभयो। पटनामा रहनुभएका अब्बाले भने मलाई टेलिग्राम पठाउनुभयो, ‘शुभकामना कमरेड!’
पिताका रूपमा मैले अब्बालाई सधैं हल्कासँग लिएँ। तर, कविका रूपमा सधैं उहाँबाट प्रभावित रहेँ। मैले उहाँका सबै कविता बुझेकी छु भन्न सक्दिनँ, तर यति भन्न सक्छुउहाँको कवितामा शक्ति , जसले दुनियाँलाई फरक रूपमा देख्छ। उहाँको व्यक्तिगत समस्या पनि कविताका माध्यमबाट मुखरित हुन्छ। त्यो उहाँको मात्र नभई सबैको साझा समस्याका रूपमा व्याख्या गरिन्छ। मैले जसका लागि जे काम गरे पनि अब्बाको नज्मले मलाई संघर्ष गर्न मार्गनिर्देश गरिरहेको हुन्छ।
उहाँ यस्तो व्यक्ति हो, जो आफ्नो बोलीमै बाँच्नुभयो। उहाँले शब्द कर्ममा कहिल्यै भेद गर्नुभएन। केही राम्रो काम गर्न राम्रो सोचमात्र भएर पुग्दैन, कर्म पनि गर्नुपर्छ भन्ने सोचबाट प्रेरित भएर हुर्किएँ।
(
अभिनेत्री शबाना आजमीले आफ्ना पिता कवि कैफी आज्मीको सम्झनामा लेखेको यो संस्मरण आज्मीकैफी डटकममा बाट साभार गरिएको हो।)
अनुवाद : स्वरूप आचार्य

No comments:

Post a Comment