Sunday, July 27, 2014

गणेशमानले भने, ‘कृष्णप्रसाद त गिरिजाप्रसादभन्दा पनि खतरनाक’



२०४६ सालको आन्दोलनपछि ने.कांमा तीन शक्ति केन्द्रहरु देखा परे एउटा गणेशमान सिंहको दोस्रो, कृष्णप्रसाद भट्टराईको तेस्रो गिरिजाप्रसाद कोइरालाको विहानैदेखि कार्यकर्ताको भीड यी तिन व्यक्तिको निवासमा लागेको हुन्थ्यो यो नेपालको सामन्ती समाजको संस्कारको अवशेष या पहिचान थियो गणेशमानजीलाई अन्तरीम सरकारको प्रधानमन्त्री वनिदिन राजा वीरेन्द्रले आग्रह गरेका थिए तर उनले स्वास्थ्यको कारणले प्रधानमन्त्री बन्न स्वीकार गरेनन् , कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री बने
किशुनजी गिरिजाप्रसाद कोइराला काँग्रेस सरकारमा प्रधानमन्त्री भए तर लौह पुरुषको रुपमा चिनिने गणेशमान सिंहले सत्तामा बस्नुभन्दा ने.कां.का लागि अभिभावक भएर बस्न रुचाए तर दुर्भाग्यबश, सत्ताको पुजारी हाम्रो नेपाली समाजमा हुर्केकाहरु गणेशमानजीकहाँं भन्दा प्रधानमन्त्रीकहाँं बढी पुग्न थाले बेला बेलामा गिरिजाबाबू किशुनजी पनि गणेशमानजीकहाँ पुग्थे गणेशमानजी उनीहरुलाई राय सल्लाह दिन्थे तर त्यो कति कार्यानवयन हुन्थ्यो भन्न सकिन्न गणेशमानजी यसबाट अति खिन्न थिए त्यस्तैबेलामा एक पटक मेरो गणेशमानजीसित कुरा हुँदा उनले भनेका थिए, ‘गिरिजावावु किशुनजी मकहाँ आउँदा मैले गिरिजाबाबुलाई सल्लाह दिएको थिएँ, जनताले ठूलो आशा विश्वास लिएर हामीलाई बहुमतबाट जिताएको हामीले अझै धेरै काम गर्न नसके पनि दुई तिन वटा काम अहिलेदेखि नै सुरु गरि हाल्नुपर्छ त्यो के भने,
) नातावादकृपावाद समाप्त पार्ने
) भ्रष्टाचार समाप्त गर्ने
) महंगी खतम गर्न नसके पनि कम गर्ने
गिरिजाबाबूले हुन्छ, गर्छु भने, तर काम ठीक यसको विपरित गर्दै जानुभयो हालै पाँच जना नयाँ राजदूतहरुको वहाली गर्नुभयो त्यसमा जातिवाद आफन्तवाद देखियो
यही कुरा गणेशमानले भेटन आउनेहरुलाई भनेका रहेछन् एक जना पत्रकारले यो कुरालाईगणेशमानजीले ब्राम्हणबाद विरुध्द जेहाद नै छेडेका छन्भनेर पत्रिकामा छापेका थिए
बंगलादेशको राजदूत बन्नका लागि गिरिजाबाबूका भतिजा निरंजन कोइरालाले उनीसित भनेका रहेछन् निरंजनले वर्कले युनिभर्सीटीबाट एमए गर्दा बंगलादेशबारेमै आफ्नो थेसीस लेखेका रहेछन् त्यसकारण पनि उनी बंगलादेश राजदूत बन्न चाहिरहेका थिए तर गिरिजाबाबूले मान्नुभएनविरोधीहरुले गिरिजाबाबूले नातावाद चलाए भन्लान भनेर निरंजनले एक दिन मलाई यो कुरा भने उनी निरश भएर फेरि अमेरीका फर्केर जान लागेका थिए मैले तिनलाई रोकें प्रधानमन्त्रीलाई नसोधीकनै मैले आफनो सल्लाहकारमा राख्न चाहन्छु भनेर क्याबिनेटमा ठाडो प्रस्ताव लगेको थिएँ त्यो प्रस्ताव आउँदा प्रधानमन्त्री चकित भए मलाई सोधे, ‘ सल्लाहकारमा बस्न मान्छ के ?’ गिरिवावुलाई थाहा थियो, निरंजनलाई बंगलादेशको राजदूत नबनाएकै कारण उनी निराश भएर अमेरीका फर्कन लागेका छन् भनेर मैले भने, ‘मैले कुरा गरिसकेको छु उनी महिनाका लागि मात्रै बस्छु भनेका छन् आफ्नो भतिजोको सट्टा बंगलादेशमा गिरिजाबाबुले कुनै एक जना नेवारलाई राजदूत बनाएर पठाए
दुर्भाग्य, एक वर्ष बित्दा नबित्दै गणेशमानजी गिरिजावावुवीच मतभेद निकै चर्कदै गयो नारायणगढमा बसेको महासमितिको बैठकमा गणेशमानजीले पार्टी सरकारको कामबाट दुःखी भएर भने, ‘ एउटा यस्तो (पानी) जहाजको क्याप्टेन भएको छु, जसमा प्वालहरु परिसकेका छन् तर दुर्भाग्य यो जहाजलाई छाडेर पनि जान शक्तिन जहाजसँगसँगै पनि जल समाधिस्थ हुन्छु
गणेशमानजीको गिरिजावावुसितको मतभेदको एउटा अर्को मुख्य कारण टनकपुर सन्धि पनि थियो गणेशमानजीले सल्लाह दिएका थिए, जव सर्वोच्च अदालतले समेत तपाईले भारतसित टनकपुरबारे गरेर आएको समझदारी, समझदारी होइन सन्धी हो भनी सवोच्च अदालतले पनि फैसला गरिसकेपछि तपाईले नैतिकताको दृष्टिले राजीनामा दिनुपर्छ तर गिरिजाबाबुले राजीनामा गर्न मानेनन् यी सब कारणले गर्दा गणेशमानजीले निकै दुःखी भएर कलवलगुडीको आठौं महाधिवेशनमा ने.कां.बाट राजीनामा गर्छुभनेका थिए तर अधिवेशनले मानेन गणेशमानजी गिरिजावावुवीचको मतभेद समाप्त पारी दुवैवीच सौहार्दपूर्ण बातावरण सिर्जना गर्ने जिम्मा नवनिर्वाचित अध्यक्ष कृष्णप्रसाद भट्टराईलाई दिइयो तर भट्टराईको कामबाट सन्तुष्ट नभई आखिरमा गणेशमानजीले नेपाली काँग्रेसबाट राजीनामा दिएर अलग्गै जागरण अभियान चलाए त्यतिबेला उनको स्वास्थ्य एकदमै कमजोर भइसकेको थियो
गिरिजावावु मेरो विचारमाम्यान अफ एक्सनथिए तर बौद्धिकतामा अली कमजोर थिए उनलाई राम्रो सल्लाहकारको आवश्यकता थियो जसले उनलाई उचित सल्लाह देउन् तर दुर्भाग्यबस, त्यस्तो हुन सकेन उनले यदुनाथ खनाल, प्रा. कृष्णप्रसाद खनालजस्ता अनुभवी योग्य सल्लाहकार राखेका थिए तर तिनिहरुले त्यहाँ काम गर्ने कुनै वातावरण नै देखेनन् दुवैले राजीनामा दिए गिरिजावावु एउटा ककसको घेरामा बसेका थिए अब त्यस्तो ठाउँमा खनालजीजस्ता प्रवुध्द मानिसहरुलाई बस्न उचित लागेन
मेरो विचारमा गिरिजावावुले दुईवटा ठूला गल्तीहरु गरे पहिलो टनकपुर सन्धीलाईसन्धी होइन, समझदारीहो भने दोस्रो गल्ती २०५१ सालको असारमा संसदमा सरकारले ल्याएको नीति कार्यक्रमको प्रस्तावमा मतदान हुँदा नेपाली काँग्रेसका ३६ जना सदस्यहरु अनुपस्थित भईदिदा पारित हुन नसकेपछि गरे यसमा सांसद सदस्यहरु दुइ समूहमा विभाजित थिए एउटा समूहमा ३६ जना अर्को समूहमा ७४ जना सांसदहरु थिए ३६ को समूहमा अधिकांश त्यस्ता सांसदहरु थिए, जो प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको काम कारवाहीबाट असन्तुष्ट थिए ३६ को यो समूहलाई भित्रबाट कृष्णप्रसाद भट्टराईको समर्थन प्राप्त थियो त्यतिबेला मन्त्री थिएँ हामीले असन्तुष्ट पक्षलाई मिलाउन धेरै प्रयास ¥यौं, टेलिफोनबाट कृष्णप्रसाद भट्टराईसित कुरा ¥यौं असन्तुष्ट पक्षलाई सम्झाई बुझाई सदन पठाइदिनोस् भनी अनुरोध ¥यौं तर त्यसको कुनै सकारात्मक परिणाम निस्केन ती ३६ जना असन्तुष्ट सांसदहरु सरकारको नीति कार्यक्रम विषयक प्रस्तावमा भोटिङको बेलासम्म पनि संसदमा उपस्थित नभईदिंदा प्रस्ताव पारित हुन सकेन
प्र. गिरिजाप्रसादले भोलिपल्ट नारायणहीटी दरबारमा गएर राजीनामा दिए संसद भंग, मध्यावधि निर्वाचनको घोषणा राजाबाट गराए त्यो उनको अर्को ठुलो गल्ती थियो कारण ३६ जना काँग्रेसी साँसदहरु प्रम गिरिजाप्रसादका विरोधी थिए, तर गिरिजावावुबोहक अरु कोही नेकाको प्रधानमन्त्री भए त्यसलाई समर्थन छँदैथियो गिरिजावावुले कसैसित सल्लाह नै नगरी मध्यावधि निर्वाचनमा जाने निर्णय गरेका थिए त्यसकारण बालुवाटारमा कृष्णप्रसाद भट्टराई केही अन्य साथीहरुले उनलाई यो कुरा सम्झाए तर उनले मानेनन
गिरिजावावुले यता सात महिनादेखि के अनुभव गरिरहेका थिए भने उनलाई कृष्णप्रसाद भट्टराई पक्षधर सांसद पार्टी कार्यकर्ताहरुले सहयोग नगरी भित्र भित्र षड्यन्त्र गरिरहेका छन् त्यस कारण उनले जनतासित नयाँ जनादेश लिएर पुनः फर्कने काम गर्ने भन्ने सोचेका थिए गिरिजावावुले किसुनजनीको निर्वाचनभन्दा एक डेढ सप्ताह अगाडी रेडियो नेपालमा बोलेको कुरालाई लिएर किशुनजी तिनका पक्षधर गिरिजाबाबुसित निकै रिसाईरहेका थिए यो गिरिजावावुलाई थाहा थियो तिनीहरुप्रति इशारा गरेरै उनले भनेका थिए, ‘मलाई लगभग एक वर्षदेखि मेरा केही साथीहरुले राम्ररी काम गर्न दिईरहेका थिएनन् त्यसै कारण पनि उनले नयाँ मन्त्रीमण्डल गठन गर्ने स्थिति हुँदा हुँदै संसद भंग गरेर मध्यावधि निर्वाचनमा जाने निर्णय गरेका थिए
ठुला नेता वा प्रधानमन्त्रीले गल्ती गरे त्यसलाई रोक्ने, नियन्त्रण गर्ने निर्देशन दिने पार्टीमा या कोही सर्वमान्य शशक्त व्यक्तित्व (बिपी कोइराला वा गणेशमान सिंह) जस्तो हुनुप¥यो, या शशक्त पार्टी कार्यसमिति या पार्लीयामेन्ट्री बोर्ड हुनुप¥यो तर आन्तरिक विवादले गर्दा गणेशमानको व्यक्तित्वको प्रभाव पनि कम हुँदै गएको थियो पार्टी कार्यसमितिमा बहुमत गिरिजाबाबुतिरै थियो त्यसकारण गिरिजाबाबुलाई निर्देशन वा नियन्त्रण गर्ने क्षमता कसैमा थिएन
किशुनजी पनि खुला रुपमा गिरिजावावुका बिरुध्द केही गर्न सक्दैनथे किनकि, उनी निष्पक्ष नभएर स्वयं चाणक्य नीति अपनाएर कहिले यता कहिले उता भइदिने गर्थे गिरिजाबाबु गणेशमानजीको मतभेद समाप्त पार्न कलवलगुडीको महाधिवेशनले किशुनजीलाई दिएको म्यान्डेट अनुसार उनले काम गरेनन् बरु गिरिजाबाबुकै कमी कमजोरीलाई ढाकछोप गर्न थाले स्पष्ट केही नभन्ने उनको रवैया देखियो यही कारण गणेशमानजीले पनि प्रष्टै भने, ‘कृष्णप्रसाद गिरिजाप्रसाद भन्दा खतरनाक मान्छे रहेछन् मलाई उनीबाट ठुलो धोका भयो त्यस कारण २०४६ को आन्दोलनपछिको समयमा नेपाली काँग्रेसका नेता त्रयवीचको अन्तरकलहलाई मिलाउने कुनै एउटा सशक्त मध्यस्थ वा मेकानिज्म भएन, त्यो नै नेपाली काँग्रेसका लागि दुर्भाग्य भयो
सदनमा ने.कां.कै बहुमत छँदा छँदै गिरिजावावुले राजीनामा गर्नु हुदैनथ्यो अझै ने.कां.ले साढे दुई वर्ष सरकार चलाउन पाउने थियो पार्टीभित्रको अन्तरकलहले त्यस्तो हुन पाएन यसपछि कुनै पनि सरकार बहुमत प्राप्त नभएकाले मिलीजुली सरकार बन्न थाल्यो त्यसपछि कुनै पनि सरकार धेरै दिन चल्न सकेन स्थायी सरकार नभएकाले देशको राजनीतिक तथा आर्थिक अवस्था बिग्रदै जान थाल्यो
मिलाउने प्रयास
२०४६ सालदेखी २०६३ सालसम्म पार्टीको नीति निर्माण गर्ने कुनै पनि निकायमा थिइन त्यस कारण राजनीतिमा पार्टीगत हिसाबले मेरो कुनै महत्वपूर्ण भूमिका थिएन पार्टी दुर्भाग्यवश शुरुदेखी नै शीर्षस्थ नेताहरुको अन्र्तद्वन्द्वमा फँसीरहेको थियो केन्द्रीय समिति वा अन्य निकायमा पनि त्यो अन्र्तद्वन्द्वको प्रभाव परेको हुन्छ त्यहाँ गएर आफु पनि कुनै कुनै पक्षतिर लाग्नैपर्ने हुन्छ त्यस्तो अवस्थामा राजनीतिमा आफनो स्वतन्त्र, स्वच्छ सशक्त भुमिका हन सक्दैन त्यस कारण पार्टीको कुनै निकायमा बसिन बरु, निकायभन्दा बाहिरै पार्टीमा बसेर आफनो निष्पक्ष स्वतन्त्र विचार राखीरहें
२०४८ सालदेखि शीर्षस्थ नेतात्रय (गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई गिरिजाप्रसाद कोईराला) वीच मतभेद शुरु भएपछि व्यक्तिगत रुपमा तीनै जनालाई भेटेर यथाशक्य मिलाउने प्रयास गर्थें तर तीनै जना आफ्नो लवीका मानिसहरुको दबाबमा मिल्न सकेनन् गणेशमानजीलेनेपाली काँग्रेस छोड्छुभन्ने वक्तत्व दिएको थाहा पाएर उनी बसेको ठाउँ खुमलटार गएर भनें, ‘गणेशमानजी, त्यसो नगर्नुस् बरु गान्धीजी भारतीय काँग्रेसको अभिभावक भएर बसे झैं तपाई पनि पार्टीको अभिभावक भएर बस्नुहोस् उनी केही दिन काँग्रेस नछाडेर यसमै बसेका थिए तर उनले दिएको सल्लाहलाई पार्टीका वरिष्ठ नेताहरुले नमान्दिएपछि उनले पार्टी त्यागेर जागरण अभियान चलाए पछि केही व्यक्तिहरुको सल्लाहले उनलेजन काँग्रेसभन्ने एउटा वेग्लै पार्टी खोल्ने निर्णय पनि गरे त्यतिबेला उनको स्वास्थ्य निकै कमजोर भईसकेको थियो त्यतिबेला मैले चाक्सीबारी गएर सम्झाएर भने, ‘तपाईको स्वास्थ्यको यस्तो अवस्था तपाई पार्टीको काममा कसरी शक्रिय भएर काम गर्न सक्नुहुन्छ ? तपाईलाई स्वास्थ्य सेवा आराम अत्यावश्यक पार्टी चलाउन दुई तीन कुराहरु अत्यावश्यक हुन्छ पहिलो पार्टीलाई नेतृत्व दिनसक्ने सशक्त त्यागी नेता, दोस्रो अर्थ तेस्रो प्रतिवध्द सदस्यहरु
गणेशमानजी नजिकै जगन्नाथ आचार्य पनि उभिइरहेका थिए जन काँग्रेसका एक जना नेता उनी पनि थिए मैले उनलाई भनें, ‘गणेशमानजीलाई अहिले सेवा, उपचार आरामको आवश्यकता यस्तो कमजोर स्वास्थ्य भएको व्यक्तिलाई तपाईहरुले जन काँग्रेसको नेता बनाउनु भएको के उनी सक्रिय रुपले पार्टीमा काम गर्न सक्नुहुनेछ ?’
गिरिजावावूको त्यस्तो तानाशाही चल्ने पार्टीमा कसरी बस्ने ?’ जगन्नाथ आचार्यले भने
मैले भनें, ‘त्यहाँ किसुनजी पनि छन्, हामी पनि छौं हामी सवै मिलेर काम गर्छौं नी छोड्नुस यो नयाँ पार्टी
तर जगन्नाथ आचार्यले मानेनन् गणेशमानजीसित विदा भएर मंत्री निवास फर्कें मैले सोचें, गणेशमानजीलाई केही भयो भने यिनीहरुको विचल्ली हुनेछ आखिर भयो पनि त्यस्तै
केही महिनापछि गणेशमानजीको निधन भयो जन काँग्रेस चल्न सकेन केही महिनापछि जगन्नाथजी पुनः नेपाली काँग्रेसमा फर्किए
(
घोस्टराईटीङ नेपाल प्रालीद्वारा प्रकाशीत नेपाली काँग्रेसका वयोवृद्ध नेता रामहरि जोशीका संस्मरणात्मक पुस्तकअँध्यारोबाट उज्यालोतीरबाट )

No comments:

Post a Comment