भूर्तेल-
हरेक बुद्धिजीवीमा केही न केही मात्रामा वाम रुझान (लेफ्ट लिनिङ) हुन्छ
भन्ने मान्यता छ। सत्ताको चरित्र अधिकतर स्वतन्त्रता विरोधी हुने हुँदा
उन्मुक्त वातावरणमा मात्र सृजना गर्न सक्ने बुद्धिजीवी प्रायः सत्ताआलोचक र
स्वाधीन हुन्छ र समाजमा व्याप्त अन्याय, विभेद, शोषण आदिले उद्वेलित
भइरहन्छ। ऊ वस्तुतः लोकतान्त्रिक र न्यायपूर्ण समाज निर्माणका लागि मौलिक
विचारको सृजना गर्ने गहन नागरिक दायित्वलाई बहन गर्ने आदरणीय व्यक्ति हो।
मानवीय सहिष्णुता, वैचारिक उदारताजस्ता चारित्रिक विशेषताले उसले 'आफ्नो
युगको नागरिक विवेक' लाई प्रतिनिधित्व गर्छ। यो त भयो, वास्तविक वाम
बुद्धिजीवीको कुरा।
तर वामपन्थी शब्द अपहरित भएर त्यसले
कम्युनिस्ट भन्ने भ्रम पैदा गर्ने गरेको छ। सबै वामपन्थी लेनिन, स्तालिन र
माओको हिंसात्मक राजनीतिका अनुयायी हुँदैनन्। यस लेखको प्रयोजनका लागि
हामी तिनलाई उदार समाजवादी चिन्तनले ओतप्रोत 'लेफ्टलिनिङ' र उग्रवामपन्थी
विचारधाराले प्रेरित 'लेफ्टविङ' बुद्धिजीवी भनेर काम चलाऔं। सायद, 'ह्वाइ
सोसलिजम' शीर्षकको विचारोत्तेजक लेखका रचनाकार विश्वविख्यात वैज्ञानिक
अल्बर्ट आइन्स्टाइन पहिलो वर्गका प्रतिनिधि हुन्। दोस्रोको चर्चा तल
विस्तारमा।
हाम्रो लेफ्टविङ बुद्धिजीवी लेनिनको सर्वसत्तावादसँग असहमत हुने जति सबैलाई 'मानव मुक्तिको गहन सूत्रलाई नबुझेर अज्ञानताको भवसागरमा गोता खाइरहेका' ब्रह्मान्डकै सबैभन्दा अभागी मानिस ठान्छ। अज्ञानी मात्र होइन परिवर्तनविरोधी, बुर्जुवा, दक्षिणपन्थी, डलरवादी र प्रतिगामी ठहर्यानएर 'असामाजिक' नै प्रमाणित गराउन चाहन्छ। अहो, दरबारका बुद्धिजीवीहरूले असहमत हुने सबैलाई 'अराष्ट्रिय तत्व' भनेर उठिबास लगाउने गरेको इतिहास झन् कुरूप स्वरूपमा पुनः प्रकट भएको त होइन? सन् १९१७ को अक्टुबर कूपछि लेनिनको नेतृत्वमा बोल्सेभिकहरूले रुसमा जुन ताण्डव मच्चाए त्यसले हतास, निराश र क्रुुद्ध हुँदै विश्वप्रसिद्ध सोभियत साहित्यकार र वाम चिन्तक माक्सिम गोर्कीले 'नयाँ जीवन' पत्रिकाको आफ्नो नियमित स्तम्भ 'असामयिक चिन्तन' मा लेखेका थिए, 'मान्छे त मरेर जान्छ, तर उसका विचार जीवितै रहन्छन्। विचारको यही अमरत्वले पनि आफ्ना अँध्यारा भावनालाई शब्द वा चिन्तनमा ढाल्दा मान्छेलाई संयमित हुन बाध्य बनाउनु पर्ने हो।' तर गोर्कीको संयम आग्रहविपरीत हाम्रो बुद्धिजीवी कामरेडले उग्रवामपन्थी शब्दकोशबाट सापटी लिएर समाज जोड्ने तन्तुलाई छियाछिया बनाउने आक्रामक शब्दावलीलाई आफ्नो बोलीचालीको भाषा बनाएको छ। ऊ र सत्ताधारीबीचको लक्ष्मणरेखा मेटिँदै गएकोले नेपाली समाज अब बिस्तारै गोयबल्स शैलीको खतरनाक बौद्धिकताले संक्रमित हुन थालेको प्रतीत हुन्छ। अन्यथा सत्ताधारीहरूले कसैलाई 'जनदुश्मन' ठहर्या उँदा ऊ झन् चर्को स्वरमा त्यही कर्कश गीत गाउन हतारिने थिएन। अन्यथा ऊ संक्रमणले निरास र भविष्यप्रति सशंकित दुःखी जनताको हृदयमा सान्त्वनाको मलम लगाउनुको सट्टा 'परिवर्तनकारी शक्तिले चाहे जस्तो नभए क्रान्तिको आँधीले उडाइदिने...विद्रोहको बाढीले बगाइदिने...' जस्तो विप्लवी भाषामा चेतावनी दिने थिएन। ऊ त बरु मार्क्सले 'महान संक्रमणमा रहेका मुलुकका बुद्धिजीवीले पनि कलम फालेर बन्दुक समाउनुपर्छ' भनेर नलेखिदिएकोमा निराश जस्तो पो देखिन्छ।
कामरेड पुष्पकमल दाहाल र बाबुराम भट्टराईले आआफ्नो प्रचण्ड र लालध्वज अवतारले वशिभूत भएको बेला दिने गरेको 'क्रान्ति' को भड्किलो प्रवचनले अब नेपाली समाजलाई दिग्भ्रमित तुल्याउन छाडेको छ। तर मार्क्सवादी क्रान्तिकारिता भनेकै 'टिट फर ट्याट' भन्ने भट्टराई थेसिसलाई प्रमाणित गर्न प्रचण्डले टुँडिखेलमा सृजना गर्ने 'जनताले चाँडै देखाइदिने' टाइपको राजनीतिक उत्तेजनालाई मार्क्सवादी सिद्धान्तको आकर्षक पोसाक लगाइदिन निरन्तर प्रतिस्पर्धा गरिरहने कम्युनिष्ट बुद्धिजीवीको ताँतीले भने मुलुकको बौद्धिक पूँजीमा डरलाग्दो ह्रास आएको अशुभ संकेत गर्छ।
हिजो निर्दोष नागरिक चरम हिंसाको शिकार हुँदैगर्दा प्रतिरोधमा एकै शब्द उच्चारण नगर्ने हाम्रो बुद्धिजीवी आज पीडितले न्याय पाउने झिनो आसामाथि तुषारापात गर्दै चेतावनीको स्वरमा उपदेश दिइरहेको छ 'द्वन्द्वका घाऊको पाप्रा नउप्काउ, नत्र...।' आफ्नै विरादरीका साथीहरूलाई दमन गर्ने बधशालाका हाकिमहरू धमाधम पुरस्कृत हुँदा पनि प्रतिवाद गर्ने साहस नदेखाउनेले विद्रोही पक्षको हतियारले प्रियजन र घरबार गुमाएका हजारौं नागरिकको आँसु पुछ्न मानवताको रुमाल अघि सार्ला भन्ने आशा गर्नु अतिशयोक्तिपूर्ण हुन्छ। तर, मानौं, आफू कायर छैन भन्ने प्रमाणित गर्न नै ऊ विद्रोही ताप अझै नसेलाएको सत्ताधारीलाई सोझो मुठभेडमा उकास्ने स्तरको हिंसात्मक आग्रह गर्छ 'आन्दोलनरत विपक्षलाई तह लगाउन माओवादी पनि जनतामा जानुपर्छ, फरक मत बोक्ने नागरिकहरूको संगठित प्रतिवाद गर्नुपर्छ।' यही हिंस्रक प्रवृित्तको तीखो आलोचना गर्दै गोर्कीले लेखेका छन्- 'मसँग ती मानिसको कठोर निन्दा गर्न पर्याप्त शब्द छैनन्, जो गोली, संगीन र मुड्कीको बलमा आफ्ना कुरा प्रमाणित गर्न चाहन्छन्। के यिनै कुराको विरुद्धमा हामीले विद्रोह गरेका थिएनौं र? के हाम्रो इच्छाशक्तिमाथि यिनै तरिकाको प्रयोग गरेर हामीलाई लज्जास्पद दासत्वमा राखिएको होइन र? बाह्य दासत्वबाट मुक्त भए पनि अन्तरमा हामी अझै दासकै भावना लिएर बाँचिरहेका छौं।' हिंसाले समाज खण्डित मात्र हुने रहेछ भन्ने एक दसक लामो असफल युद्धको त्रासद अनुभव भोगेको मुलुकका बुद्धिजीवीमा इतिहासको पुनरावृति झन् त्रासदीपूर्ण हुन्छ भन्ने हेक्का रहेको भए हामीले पनि यस्तै विवेकशील आवाज सुन्थ्यौं होला।
'भद्रगोलमै क्रान्तिको सम्भावना हुन्छ' भन्ने उन्मादी मान्यताले लेनिनवादी कम्युनिष्ट नेताहरू प्रेरित हुनु अस्वभाविक नहोला, तर उदाउँदा दुई शक्तिराष्ट्रको चेपमा अस्तित्वका लागि संघर्षरत हाम्रो मुलुकमा हरेक भद्रगोलले स्वाधिनतालाई अझ कमजोर पारेको ऐतिहासिक नजिर बनिसकेको छ। माओवादी 'सत्ताको साँचो' खोसिने डरले हाम्रो बुद्धिजीवीलाई अहिले राष्ट्रिय स्वाधीनताको विषय रुचिकर छैन। आर्थिक समृद्धिमार्फत 'आन्तरिक राष्ट्रवाद' लाई सुदृढ नगरी 'बाह्य राष्ट्रवाद' को कुरा गर्नु अर्थहीन हुने माओवादी ज्ञानोदय हुन्जेल मुलुकको डेढ दसक समय र १७ हजार निर्दोषको इहलीला समाप्त भइसकेको छ। हाम्रा सबै विमानस्थलको सुरक्षा व्यवस्था विदेशीलाई जिम्मा दिएर माओवादी कामरेडहरू 'बाह्य राष्ट्रवाद' लाई सुदृढ गर्न चाहन्छन् र हाम्रो बुद्धिजीवीलाई त्यो ग्राह्य छ। विगतमा राष्ट्रिय सिमानाको पवित्रताका खातिर जसरी ऊ समर्पित भएर टनकपुर मार्चपासमा दौडिएको थियो, आज तिनै सीमा विवाद समाधान गर्न जनमत संग्रह गराउने 'गौरवशाली' प्रस्तावमा पनि उसको त्यत्तिकै समर्थन छ। माओवादीले भारतविरोधी उग्रराष्ट्रवाद प्रदर्शन गर्दा हाम्रो बुद्धिजीवी जति चर्को स्वरमा विस्तारवाद, सीमा अतिक्रमण, सुस्ता, कालापानी, १९५० को सन्धि, नागरिकताको संवेदनशीलता जस्ता विषय उठाएर जनमानसलाई उद्वेलित गर्थ्यो, आज फेरि त्यति नै विश्वासका साथ तिनै विषयलाई 'महेन्द्रीय राष्ट्रवाद' भनेर दुत्कारी रहेको छ। प्रचण्डमाओवादीका ४० बुँदामा छताछुल्ल भएको भारत विरोधको 'प्रगतिशीलता' माथि एक ठेली रचना गर्ने हाम्रो बुद्धिजीवी, वैद्यमाओवादीका ७० बुँदामा पोखिएको ठ्याक्कै त्यही भावनालाई भँडुवा राष्ट्रवाद ठान्छ। मुलुकको प्रधानमन्त्रीले 'देश कतै मर्ज हुन पनि सक्छ' भन्दा लाचार वाणीमा 'ठीकै त हो नि' भनिरहेको बुद्धिजीवी कामरेडले बाह्यशक्तिको स्नेह र आशीर्वाद सत्ताधारीको अनुकुल रहुन्जेल 'विदेशी हस्तक्षेप' भन्ने विषयलाई आफ्ना लागि वर्जित गरेको छ।
संक्रमणकालका जनता आफ्ना चाहनालाई आकार दिन नसकेर अत्यन्त व्याकुल छन्। समाज काँचुली फेर्ने महान प्रक्रियामा रहेको अनिश्चयको यो घडीमा आकांक्षा र आशंकाको तीव्र द्वन्द्व छ। परिवर्तनका केही अपेक्षाहरू स्वभाविक र वस्तुगत छन् भने केही असम्भव र अतिवादी छन्। त्यसैगरी नौलो परिवर्तनप्रतिका केही त्रास र द्विविधा मनोगत होलान्, तर केही उचित पनि छन्। सबै पुराना कुराहरू खराब हुने भए समाज रूपान्तरण गर्नु पर्छ भन्ने हाम्रो बुद्धिजीवीको प्रगतिशील ज्ञान त्यही पुरानो वातावरणमा कसरी टुसाउँथ्यो? त्यसैले ती संशयको निरुपण नगरी बलपूर्वक ल्याइने परिवर्तनले मुलुकलाई या त कुनै किसिमको अतिवादतिर ढकेल्छ, या डरलाग्दो गृहयुद्धतिर होमिदिन्छ भन्ने चिन्ता हुने सबै नागरिक 'दक्षिणपन्थी भयदोहनकर्ता' होइनन्। संसदवादी दलका समर्थक, लोकतन्त्रका हिमायती जनता, विगतको राज्य, घर्म, संस्कृति र जीवनपद्धतिप्रति निर्दोष सम्मोहन कायमै रहेका बहुसंख्यक नागरिकलाई निरन्तर 'कुलिनता', 'बुर्जुवा प्रतिगमन', 'संघीयता र समावेशीकरण विरोधी' आदि आरोप लगाएर लखेटिरहेको हाम्रो 'वाम' बुद्धिजीवी सुतिरहेको बाघको नाकमा सिन्का छिराएर जिस्क्याइरहेको उद्दण्ड बालक जस्तो लाग्छ। कुटिल राजनीतिको यस्तो अविवेकी खेलले अन्ततः मुलुकमा ठूलो भिडन्त र विनाश निम्त्याउने निश्चित छ। पछिल्लो समय आन्तोनियो ग्राम्सी उसको चल्तिका बुद्धिजीवी भएका छन्, तर उसले ग्राम्सीजस्ता महान् विचारकको चिन्तनशिलताबाट सिकेको भए बन्दुकको ताकत र विदेशी वात्सल्यको लिटोले हलक्क बढेर भीमकाय देखिएको शक्तिले बहुसंख्यक जनतामाथि आफ्नो 'उग्रवामपन्थी सत्य' को वर्चस्वलाई बलात् लाद्न त खोजेको छैन भनेर विवेचना गर्ने थियो। उसको बौद्धिकता अहिले 'मार्क्सवाद भनेको माओवाद, माओवाद भनेको 'जनयुद्ध' र 'जनयुद्ध' को लक्ष्य भनेको एकल जातीय पहिचान हो' भन्ने उपचार हुन नसक्ने भ्रान्तिले थला परेको छ।
विविधताले सिँगारिएको मुलुकका सबै जात, जाति, भाषा, वर्ग र लिंगको मुक्तिका लागि बहुलवादी समाजको निर्माण अपरिहार्य छ भन्ने इतिहासले प्रमाणित गरिसकेको सत्यका प्रति हाम्रो बुद्धिजीवीले आँखा नचिम्लिएको भए संविधानसभाको त्यो दुर्गति हुने थिएन। जातीय मुक्तिको उसको लेनिनवादी प्रेस्त्रि्कप्सनका गम्भीर त्रुटीलाई औंल्याउँदै समाजवादी चिन्तक रोजा लक्जेम्बर्गले एक शताब्दीअघि नै भनेकी थिइन् कि, वर्गीय समाजमा हरेक जातिभित्र विपरीत स्वार्थ र अधिकार भएका वर्गहरू हुने र कुनै जातिले आत्मनिर्णयको अधिकार पायो नै भने पनि त्यसभित्रको बुर्जुवा वर्गले आफ्नो प्रतिक्रान्तिकारी वर्गीय स्वार्थका लागि त्यो अधिकारको दुरुपयोग गर्ने हुँदा जातीय आकांक्षा उचाल्ने बोल्सेभिक नीतिबाट अन्ततः समाजवादी आन्दोलन नै पथभ्रष्ट हुन्छ। नागरिकका आधारभूत लोकतान्त्रिक अधिकार खोस्ने लेनिनवादी व्यवस्थामा आत्मनिर्णयको अधिकार अर्थहीन हुने भविष्यवाणी गर्ने रोजाका समाजवादी रचनाहरूमा जमेको धुलो ऊ अहिले टक्टक्याउन चाहँदैन। सोभियत सत्ताद्वारा 'सबै जाति र समयका महानायक' घोषित लेनिनले आफूलाई सिकाउने दुस्साहस गर्ने रोजालाई जसरी 'मूर्ख' ठहर गरे, ठीक त्यसैगरी समाजवादी दर्शनमा झोसिएको जातीय आत्मनिर्णयको आगोले रुसमा झैं उत्पीडित वर्गको मुक्तिका सपनाहरू भष्म हुन्छन् भन्ने आशंका व्यक्त गर्ने सबैलाई 'संघीयता र परिवर्तनका शत्रु हुन्' भनेर किटानी गर्न कटिबद्ध छ, हाम्रो बुद्धिजीवी। यसरी जनताको मुक्तिको आवरणमा जानी-नजानी उसले मूलतः रोजाले भनेझैं जातीय कुलीन वर्गकै सेवा गरिरहेको छ।
मुलुकको जनसंख्याको वासस्थान समग्र तराईलाई 'एक मधेस प्रदेश' बनाउने अत्यन्त अतार्किक प्रस्तावमा आश्चर्यजनक मौनता साँधिरहेको हाम्रो बुद्धिजीवी कामरेडलाई त्यहाँभित्र भुसको आगोझैं सल्किरहेको मैथिली, भोजपुरीजस्ता भाषिक-सांस्कृतिक आन्दोलनहरू परिवर्तनको वेगलाई रोक्न चाहने यथास्थितिवादीको षडयन्त्र लाग्छ। मैथिली भाषाको लागि जनकपुरमा शहीद भएका सबै आन्दोलनकारीहरू सायद 'यथास्थितिवादी' नै थिए, किनकि तिनले हिन्दी भाषाको कृत्रिम आँधीलाई रोक्ने उद्दण्डता देखाए। जनगणनाको परिणाममा तिनको हठले जितेको देखियो, तर जनगणनाको तथ्यांक र इतिहासको अध्ययन जस्तो नितान्त प्राविधिक र रुखो कुराले हाम्रो बुद्धिजीवीको हृदयको कठोरता पगाल्न सक्दैन। जाजरकोटको 'शासक जाति' सँग इतिहासको उत्पीडनको क्षतिपूर्ति माग्दै गर्दा त्यो अकिञ्चनसँग जीवनजल खान नपाएर हैजाले मरेका सन्तानको स्मृति सिवाय केही छैन भन्ने क्रुर सत्यलाई हाम्रो क्रान्तिकारी बुद्धिजीवीले बडो निर्दयतापूर्वक उपेक्षा गरेको छ। मुक्तिदाताको पपुलिस्ट छवि निर्माण गरेर राजनीतिक लाभ लिने अवसरवादी रणनीति माओवादीलाई सुहाउँछ किनकि ऊ राजनीतिक शक्ति हो। हिजो वर्गसंघर्षको बजार भाउ माथि हुँदा ऊ वर्गीय राजनीतिको प्रवक्ता थियो, आज सशक्त ढंगले जातीय ग्राफ चढाइएको बेला ऊ जातीय मुक्तिदाता भएको छ। सत्ता नै सर्वोपरि हुने राजनीतिक रंगमञ्चमा यस्तो नौलो जनवादी अभिनय सुपरहिट होला, तर नेपाली भूमिमा यसरी नै क्रान्ति हुनेछ भनेर स्वयं मार्क्सले मेनिफेस्टोमा लेखिदिएझैं दाबी गर्न बुद्धिजीवीले अघि सर्नु हुँदैन।
माओवादीले 'हामी अर्धऔपनिवेशिक हौं' भन्यो भने हामीलाई हुँदै नभएको 'अर्धऔपनिवेशिक' बनाउन बौद्धिक उद्योग गर्नु वा त्यसको एकै वर्षभित्र 'अब अर्धऔपनिवेशिक होइनौं' भन्दा फेरि त्यसैलाई स्थापित गर्न तँछाड मछाड गरिरहेका विद्वानहरूबाट नेपाली समाजको चेतना अपमानित भएको छ। इतिहासले दिएको गहन जिम्मेवारी पूरा गर्ने आवश्यक उदारता, साहस, संयम र दृढता देखाउन बारम्बार असफल भइरहँदा पनि हाम्रा शीर्ष नेताहरूलाई 'नेल्सन मण्डेला' बन्न जनताले गरिरहेको हतास आग्रहमा कमसे कम शान्तिको कामना देखिन्छ। तर माओवादी नेतागणलाई 'नागरिक पार्टी वा मण्डेला र गान्धी त कुनै हालतमा नबन्न' आश्चर्यजनक सल्लाह दिइरहँदा तिनको नजिकको बुद्धिजीवी स्वयं आफूमाथि विगतमा भएको कुनै अन्यायको प्रतिशोध लिन उद्दत उग्रवामपन्थी 'क्रान्तिकारी' जस्तो देखिन्छ। उसलाई फेरि पनि गोर्कीको स्मरण गराउँ, वास्तविक क्रान्तिकारीको हृदयमा मानिसका प्रति कुनै व्यक्तिगत विद्वेष हुँदैन। ऊ सधैं आफ्नो अहंभन्दा माथि उठेर विगतमा आफूलाई दिइएको यातना र कष्टको बदला लिने दुष्ट र संकीर्ण वासनाको प्रतिरोध गर्न सक्छ। दुर्भाग्यवश, मौसमी क्रान्तिकारीको भिडमा यो मुलुकलाई उज्यालो भविष्यतिर डोहोर्यासउने वीरता र विनीतता भएको गोर्कीको स्वप्नदर्शी क्रान्तिकारी कतै दृष्टिगोचर हुँदैन।
शेरबहादुर देउवाको मन्त्रीमण्डलको आकारलाई आधार बनाएर संसदीय व्यवस्थामा सन्निहित विसंगतिलाई उजागर गर्न जुन प्रसंशनीय कुशलताका साथ हाम्रो बुद्धिजीवीले कलम चलायो, त्योभन्दा ठूलो बाबुराम मन्त्रीमण्डललाई 'संक्रमणकालीन बाध्यताको परिणाम' सिद्ध गर्न आज उसको कलमले त्यही विलक्षण कौशल देखाइरहेको छ। बढ्दो महँगी र जनजीविकाका आधारहरू क्रमशः नष्ट हुँदै जानु पनि बाध्यताकै परिणाम जस्तो लागेको हुँदा ऊ वर्तमान सत्तालाई शंकाको लाभ दिने मुडमा छ। आफ्नो सत्तारोहण सहज हुन्छ भने जे प्रस्ताव पनि मौलिक, मार्क्सवादी र क्रान्तिकारी हुन्छ भन्ने माओवादी नेतृत्वको रणनीति नै हाम्रो 'वाम' बौद्धिकताको मानक हुनु बिडम्वनापूर्ण छ। विशुद्ध उपयोगितावादमा आधारित माओवादी मोडेलको सत्ताकब्जालाई नै 'मौलिक नेपाली क्रान्ति' ठहर्या उने लोकरञ्जन गर्न त पार्टीमै पर्याप्त आधिकारिक बुद्धिजीवी छँदै छन्, थप विद्वानहरू किन चाहियो?
सारांशमा, नातावाद, कृपावाद, भ्रष्टाचार, अवसरवाद, महँगी, हिंसा, बाह्य पराश्रयवाद जस्ता पुँजीवादका यावत विकृतिलाई नयाँ उचाइमा लिएर जाँदै गरेको माओवादी मोडेलको शासनलाई नै नयाँ नेपाली क्रान्तिको मौलिकता प्रमाणित गर्न परिश्रम गरेको देख्दा यस्तो लाग्छ, सत्तासँगको लसपसले हाम्रो बुद्धिजीवीलाई वाम विचारधारा बोक्दा प्राप्त हुने सामाजिक प्रतिष्ठाप्रति अझै केही सचेत तर पूँजीवादका यावत उपयोगिताप्रति अत्याधिक आशक्त द्वैध चेतनाको प्राणी बनाइदिएको छ। मुलुकको अग्रगमनका लागि बौद्धिक पूँजीको यो स्तरको स्खलन अत्यन्त पीडादायी दुर्घटना हो।
अन्त्यमा, संभवतः गोर्कीकै दीक्षाले कम्युनिष्ट बनेको हाम्रो अधीर बुद्धिजीवी कामरेडलाई फेरि एकपटक उनैका कालजयी शब्दहरूको स्मरण गराउँ, 'हामी स्वतन्त्रताका लागि भोकाएका छौं र हामीमा अन्तर्निहित अराजक प्रवृित्तका कारण हामी त्यो स्वतन्त्रतालाई सहजै खाइदिन सक्छौं।' आफ्नो 'सत्य' लाई जसरी पनि स्थापित गराइछाड्ने 'वाम' हठले गर्दा नेपाली जनताले ठूलो संघर्ष गरेर प्राप्त गरेको मुक्तिको पनि भक्षण हुन असम्भव छैन। जंगबहादुर बन्न सलबलाइरहेका चाहनाहरू त्यसको स्वाद चाख्न व्यग्र छन्।
- See more at: http://www.nagariknews.com/nagarik-sanibar/story/189/189.html?ModPagespeed=noscript#sthash.L5W52NpW.dpuf

भूर्तेल- हरेक बुद्धिजीवीमा केही
न केही मात्रामा वाम
रुझान (लेफ्ट लिनिङ)
हुन्छ भन्ने मान्यता छ।
सत्ताको चरित्र अधिकतर स्वतन्त्रता विरोधी
हुने हुँदा उन्मुक्त वातावरणमा मात्र
सृजना गर्न सक्ने
बुद्धिजीवी प्रायः सत्ताआलोचक
र स्वाधीन हुन्छ
र समाजमा व्याप्त अन्याय,
विभेद, शोषण आदिले
उद्वेलित भइरहन्छ। ऊ वस्तुतः लोकतान्त्रिक र
न्यायपूर्ण समाज निर्माणका लागि
मौलिक विचारको सृजना
गर्ने गहन नागरिक
दायित्वलाई बहन गर्ने आदरणीय
व्यक्ति हो। मानवीय सहिष्णुता, वैचारिक उदारताजस्ता चारित्रिक विशेषताले उसले
'आफ्नो युगको नागरिक
विवेक' लाई प्रतिनिधित्व गर्छ।
यो त भयो,
वास्तविक वाम बुद्धिजीवीको कुरा।
तर
वामपन्थी शब्द अपहरित भएर
त्यसले कम्युनिस्ट भन्ने
भ्रम पैदा गर्ने
गरेको छ। सबै
वामपन्थी लेनिन, स्तालिन र
माओको हिंसात्मक राजनीतिका अनुयायी हुँदैनन्। यस
लेखको प्रयोजनका लागि
हामी तिनलाई उदार
समाजवादी चिन्तनले ओतप्रोत 'लेफ्टलिनिङ' र
उग्रवामपन्थी विचारधाराले प्रेरित 'लेफ्टविङ' बुद्धिजीवी भनेर काम चलाऔं।
सायद, 'ह्वाइ सोसलिजम' शीर्षकको विचारोत्तेजक लेखका
रचनाकार विश्वविख्यात वैज्ञानिक अल्बर्ट आइन्स्टाइन पहिलो वर्गका प्रतिनिधि हुन्।
दोस्रोको चर्चा तल विस्तारमा।
हाम्रो
लेफ्टविङ बुद्धिजीवी लेनिनको सर्वसत्तावादसँग
असहमत हुने जति
सबैलाई 'मानव मुक्तिको गहन
सूत्रलाई नबुझेर अज्ञानताको भवसागरमा गोता
खाइरहेका' ब्रह्मान्डकै सबैभन्दा अभागी मानिस ठान्छ।
अज्ञानी मात्र होइन परिवर्तनविरोधी, बुर्जुवा, दक्षिणपन्थी, डलरवादी र
प्रतिगामी ठहर्यानएर 'असामाजिक' नै प्रमाणित गराउन
चाहन्छ। अहो, दरबारका बुद्धिजीवीहरूले असहमत
हुने सबैलाई 'अराष्ट्रिय तत्व'
भनेर उठिबास लगाउने
गरेको इतिहास झन्
कुरूप स्वरूपमा पुनः
प्रकट भएको त
होइन? सन् १९१७
को अक्टुबर कूपछि
लेनिनको नेतृत्वमा बोल्सेभिकहरूले
रुसमा जुन ताण्डव
मच्चाए त्यसले हतास,
निराश र क्रुुद्ध हुँदै
विश्वप्रसिद्ध
सोभियत साहित्यकार र
वाम चिन्तक माक्सिम गोर्कीले 'नयाँ
जीवन' पत्रिकाको आफ्नो
नियमित स्तम्भ 'असामयिक चिन्तन'
मा लेखेका थिए,
'मान्छे त मरेर
जान्छ, तर उसका
विचार जीवितै रहन्छन्। विचारको यही
अमरत्वले पनि आफ्ना अँध्यारा भावनालाई शब्द
वा चिन्तनमा ढाल्दा
मान्छेलाई संयमित हुन बाध्य
बनाउनु पर्ने हो।'
तर गोर्कीको संयम
आग्रहविपरीत हाम्रो बुद्धिजीवी कामरेडले उग्रवामपन्थी शब्दकोशबाट सापटी
लिएर समाज जोड्ने
तन्तुलाई छियाछिया बनाउने आक्रामक शब्दावलीलाई आफ्नो
बोलीचालीको भाषा बनाएको छ।
ऊ र सत्ताधारीबीचको लक्ष्मणरेखा मेटिँदै गएकोले
नेपाली समाज अब
बिस्तारै गोयबल्स शैलीको खतरनाक बौद्धिकताले संक्रमित हुन
थालेको प्रतीत हुन्छ।
अन्यथा सत्ताधारीहरूले कसैलाई
'जनदुश्मन' ठहर्या उँदा ऊ
झन् चर्को स्वरमा
त्यही कर्कश गीत
गाउन हतारिने थिएन।
अन्यथा ऊ संक्रमणले निरास
र भविष्यप्रति सशंकित
दुःखी जनताको हृदयमा
सान्त्वनाको मलम लगाउनुको सट्टा
'परिवर्तनकारी शक्तिले चाहे जस्तो नभए
क्रान्तिको आँधीले उडाइदिने...विद्रोहको बाढीले
बगाइदिने...' जस्तो विप्लवी भाषामा
चेतावनी दिने थिएन। ऊ
त बरु मार्क्सले 'महान
संक्रमणमा रहेका मुलुकका बुद्धिजीवीले पनि
कलम फालेर बन्दुक
समाउनुपर्छ' भनेर नलेखिदिएकोमा निराश
जस्तो पो देखिन्छ।
कामरेड
पुष्पकमल दाहाल र बाबुराम भट्टराईले आआफ्नो प्रचण्ड र
लालध्वज अवतारले वशिभूत भएको बेला
दिने गरेको 'क्रान्ति' को
भड्किलो प्रवचनले अब नेपाली समाजलाई दिग्भ्रमित तुल्याउन छाडेको
छ। तर मार्क्सवादी क्रान्तिकारिता भनेकै
'टिट फर ट्याट'
भन्ने भट्टराई थेसिसलाई प्रमाणित गर्न
प्रचण्डले टुँडिखेलमा सृजना गर्ने 'जनताले
चाँडै देखाइदिने' टाइपको
राजनीतिक उत्तेजनालाई मार्क्सवादी सिद्धान्तको आकर्षक पोसाक लगाइदिन निरन्तर प्रतिस्पर्धा गरिरहने कम्युनिष्ट बुद्धिजीवीको ताँतीले भने
मुलुकको बौद्धिक पूँजीमा डरलाग्दो ह्रास आएको अशुभ
संकेत गर्छ।
हिजो
निर्दोष नागरिक चरम हिंसाको शिकार
हुँदैगर्दा प्रतिरोधमा एकै शब्द उच्चारण नगर्ने
हाम्रो बुद्धिजीवी आज
पीडितले न्याय पाउने झिनो
आसामाथि तुषारापात गर्दै चेतावनीको स्वरमा
उपदेश दिइरहेको छ
'द्वन्द्वका घाऊको पाप्रा नउप्काउ, नत्र...।' आफ्नै विरादरीका साथीहरूलाई दमन
गर्ने बधशालाका हाकिमहरू धमाधम
पुरस्कृत हुँदा पनि प्रतिवाद गर्ने
साहस नदेखाउनेले विद्रोही पक्षको
हतियारले प्रियजन र घरबार गुमाएका हजारौं
नागरिकको आँसु पुछ्न मानवताको रुमाल
अघि सार्ला भन्ने
आशा गर्नु अतिशयोक्तिपूर्ण हुन्छ।
तर, मानौं, आफू
कायर छैन भन्ने
प्रमाणित गर्न नै ऊ
विद्रोही ताप अझै नसेलाएको सत्ताधारीलाई सोझो
मुठभेडमा उकास्ने स्तरको हिंसात्मक आग्रह
गर्छ 'आन्दोलनरत विपक्षलाई तह
लगाउन माओवादी पनि
जनतामा जानुपर्छ, फरक
मत बोक्ने नागरिकहरूको संगठित
प्रतिवाद गर्नुपर्छ।' यही हिंस्रक प्रवृित्तको तीखो
आलोचना गर्दै गोर्कीले लेखेका
छन्- 'मसँग ती
मानिसको कठोर निन्दा गर्न
पर्याप्त शब्द छैनन्, जो
गोली, संगीन र
मुड्कीको बलमा आफ्ना कुरा
प्रमाणित गर्न चाहन्छन्। के
यिनै कुराको विरुद्धमा हामीले
विद्रोह गरेका थिएनौं र?
के हाम्रो इच्छाशक्तिमाथि यिनै
तरिकाको प्रयोग गरेर हामीलाई लज्जास्पद दासत्वमा राखिएको होइन
र? बाह्य दासत्वबाट मुक्त
भए पनि अन्तरमा हामी
अझै दासकै भावना
लिएर बाँचिरहेका छौं।'
हिंसाले समाज खण्डित मात्र
हुने रहेछ भन्ने
एक दसक लामो
असफल युद्धको त्रासद
अनुभव भोगेको मुलुकका बुद्धिजीवीमा इतिहासको पुनरावृति झन्
त्रासदीपूर्ण हुन्छ भन्ने हेक्का
रहेको भए हामीले
पनि यस्तै विवेकशील आवाज
सुन्थ्यौं होला।
'भद्रगोलमै क्रान्तिको सम्भावना हुन्छ'
भन्ने उन्मादी मान्यताले लेनिनवादी कम्युनिष्ट नेताहरू प्रेरित हुनु
अस्वभाविक नहोला, तर उदाउँदा दुई
शक्तिराष्ट्रको
चेपमा अस्तित्वका लागि
संघर्षरत हाम्रो मुलुकमा हरेक
भद्रगोलले स्वाधिनतालाई अझ कमजोर पारेको
ऐतिहासिक नजिर बनिसकेको छ।
माओवादी 'सत्ताको साँचो' खोसिने डरले
हाम्रो बुद्धिजीवीलाई अहिले
राष्ट्रिय स्वाधीनताको विषय रुचिकर छैन।
आर्थिक समृद्धिमार्फत 'आन्तरिक राष्ट्रवाद' लाई
सुदृढ नगरी 'बाह्य
राष्ट्रवाद' को कुरा गर्नु
अर्थहीन हुने माओवादी ज्ञानोदय हुन्जेल मुलुकको डेढ
दसक समय र
१७ हजार निर्दोषको इहलीला
समाप्त भइसकेको छ।
हाम्रा सबै विमानस्थलको सुरक्षा व्यवस्था विदेशीलाई जिम्मा
दिएर माओवादी कामरेडहरू 'बाह्य
राष्ट्रवाद' लाई सुदृढ गर्न
चाहन्छन् र हाम्रो बुद्धिजीवीलाई त्यो
ग्राह्य छ। विगतमा राष्ट्रिय सिमानाको पवित्रताका खातिर
जसरी ऊ समर्पित भएर
टनकपुर मार्चपासमा दौडिएको थियो,
आज तिनै सीमा
विवाद समाधान गर्न
जनमत संग्रह गराउने
'गौरवशाली' प्रस्तावमा पनि उसको त्यत्तिकै समर्थन
छ। माओवादीले भारतविरोधी उग्रराष्ट्रवाद प्रदर्शन गर्दा
हाम्रो बुद्धिजीवी जति
चर्को स्वरमा विस्तारवाद, सीमा
अतिक्रमण, सुस्ता, कालापानी, १९५०
को सन्धि, नागरिकताको संवेदनशीलता जस्ता
विषय उठाएर जनमानसलाई उद्वेलित गर्थ्यो, आज
फेरि त्यति नै
विश्वासका साथ तिनै विषयलाई 'महेन्द्रीय राष्ट्रवाद' भनेर
दुत्कारी रहेको छ। प्रचण्डमाओवादीका ४०
बुँदामा छताछुल्ल भएको भारत विरोधको 'प्रगतिशीलता' माथि
एक ठेली रचना
गर्ने हाम्रो बुद्धिजीवी, वैद्यमाओवादीका ७० बुँदामा पोखिएको ठ्याक्कै त्यही
भावनालाई भँडुवा राष्ट्रवाद ठान्छ।
मुलुकको प्रधानमन्त्रीले
'देश कतै मर्ज
हुन पनि सक्छ'
भन्दा लाचार वाणीमा
'ठीकै त हो
नि' भनिरहेको बुद्धिजीवी कामरेडले बाह्यशक्तिको स्नेह
र आशीर्वाद सत्ताधारीको अनुकुल
रहुन्जेल 'विदेशी हस्तक्षेप' भन्ने
विषयलाई आफ्ना लागि वर्जित
गरेको छ।
संक्रमणकालका जनता
आफ्ना चाहनालाई आकार
दिन नसकेर अत्यन्त व्याकुल छन्।
समाज काँचुली फेर्ने
महान प्रक्रियामा रहेको
अनिश्चयको यो घडीमा आकांक्षा र
आशंकाको तीव्र द्वन्द्व छ।
परिवर्तनका केही अपेक्षाहरू स्वभाविक र
वस्तुगत छन् भने केही
असम्भव र अतिवादी छन्।
त्यसैगरी नौलो परिवर्तनप्रतिका केही
त्रास र द्विविधा मनोगत
होलान्, तर केही
उचित पनि छन्।
सबै पुराना कुराहरू खराब
हुने भए समाज
रूपान्तरण गर्नु पर्छ भन्ने
हाम्रो बुद्धिजीवीको प्रगतिशील ज्ञान
त्यही पुरानो वातावरणमा कसरी
टुसाउँथ्यो? त्यसैले ती संशयको निरुपण
नगरी बलपूर्वक ल्याइने परिवर्तनले मुलुकलाई या
त कुनै किसिमको अतिवादतिर ढकेल्छ,
या डरलाग्दो गृहयुद्धतिर होमिदिन्छ भन्ने
चिन्ता हुने सबै
नागरिक 'दक्षिणपन्थी भयदोहनकर्ता' होइनन्। संसदवादी दलका
समर्थक, लोकतन्त्रका हिमायती जनता,
विगतको राज्य, घर्म,
संस्कृति र जीवनपद्धतिप्रति निर्दोष सम्मोहन कायमै
रहेका बहुसंख्यक नागरिकलाई निरन्तर 'कुलिनता', 'बुर्जुवा प्रतिगमन', 'संघीयता र
समावेशीकरण विरोधी' आदि आरोप
लगाएर लखेटिरहेको हाम्रो
'वाम' बुद्धिजीवी सुतिरहेको बाघको
नाकमा सिन्का छिराएर
जिस्क्याइरहेको
उद्दण्ड बालक जस्तो लाग्छ।
कुटिल राजनीतिको यस्तो
अविवेकी खेलले अन्ततः मुलुकमा ठूलो
भिडन्त र विनाश
निम्त्याउने निश्चित छ। पछिल्लो समय
आन्तोनियो ग्राम्सी उसको चल्तिका बुद्धिजीवी भएका
छन्, तर उसले
ग्राम्सीजस्ता
महान् विचारकको चिन्तनशिलताबाट सिकेको
भए बन्दुकको ताकत
र विदेशी वात्सल्यको लिटोले
हलक्क बढेर भीमकाय
देखिएको शक्तिले बहुसंख्यक जनतामाथि आफ्नो 'उग्रवामपन्थी सत्य'
को वर्चस्वलाई बलात्
लाद्न त खोजेको
छैन भनेर विवेचना गर्ने
थियो। उसको बौद्धिकता अहिले
'मार्क्सवाद भनेको माओवाद, माओवाद
भनेको 'जनयुद्ध' र
'जनयुद्ध' को लक्ष्य भनेको
एकल जातीय पहिचान
हो' भन्ने उपचार
हुन नसक्ने भ्रान्तिले थला
परेको छ।
विविधताले सिँगारिएको मुलुकका सबै
जात, जाति, भाषा,
वर्ग र लिंगको
मुक्तिका लागि बहुलवादी समाजको
निर्माण अपरिहार्य छ भन्ने इतिहासले प्रमाणित गरिसकेको सत्यका
प्रति हाम्रो बुद्धिजीवीले आँखा
नचिम्लिएको भए संविधानसभाको त्यो
दुर्गति हुने थिएन। जातीय
मुक्तिको उसको लेनिनवादी प्रेस्त्रि्कप्सनका गम्भीर
त्रुटीलाई औंल्याउँदै समाजवादी चिन्तक रोजा लक्जेम्बर्गले एक
शताब्दीअघि नै भनेकी थिइन्
कि, वर्गीय समाजमा
हरेक जातिभित्र विपरीत
स्वार्थ र अधिकार भएका
वर्गहरू हुने र कुनै
जातिले आत्मनिर्णयको अधिकार
पायो नै भने
पनि त्यसभित्रको बुर्जुवा वर्गले
आफ्नो प्रतिक्रान्तिकारी वर्गीय
स्वार्थका लागि त्यो अधिकारको दुरुपयोग गर्ने
हुँदा जातीय आकांक्षा उचाल्ने बोल्सेभिक नीतिबाट अन्ततः
समाजवादी आन्दोलन नै पथभ्रष्ट हुन्छ।
नागरिकका आधारभूत लोकतान्त्रिक अधिकार खोस्ने लेनिनवादी व्यवस्थामा आत्मनिर्णयको अधिकार
अर्थहीन हुने भविष्यवाणी गर्ने
रोजाका समाजवादी रचनाहरूमा जमेको
धुलो ऊ अहिले
टक्टक्याउन चाहँदैन। सोभियत सत्ताद्वारा 'सबै
जाति र समयका
महानायक' घोषित लेनिनले आफूलाई
सिकाउने दुस्साहस गर्ने रोजालाई जसरी
'मूर्ख' ठहर गरे,
ठीक त्यसैगरी समाजवादी दर्शनमा झोसिएको जातीय
आत्मनिर्णयको आगोले रुसमा झैं
उत्पीडित वर्गको मुक्तिका सपनाहरू भष्म
हुन्छन् भन्ने आशंका व्यक्त
गर्ने सबैलाई 'संघीयता र
परिवर्तनका शत्रु हुन्' भनेर
किटानी गर्न कटिबद्ध छ,
हाम्रो बुद्धिजीवी। यसरी
जनताको मुक्तिको आवरणमा
जानी-नजानी उसले
मूलतः रोजाले भनेझैं
जातीय कुलीन वर्गकै
सेवा गरिरहेको छ।
मुलुकको जनसंख्याको वासस्थान समग्र तराईलाई 'एक मधेस प्रदेश' बनाउने अत्यन्त अतार्किक प्रस्तावमा आश्चर्यजनक मौनता साँधिरहेको हाम्रो बुद्धिजीवी कामरेडलाई त्यहाँभित्र भुसको आगोझैं सल्किरहेको मैथिली, भोजपुरीजस्ता भाषिक-सांस्कृतिक आन्दोलनहरू परिवर्तनको वेगलाई रोक्न चाहने यथास्थितिवादीको षडयन्त्र लाग्छ। मैथिली भाषाको लागि जनकपुरमा शहीद भएका सबै आन्दोलनकारीहरू सायद 'यथास्थितिवादी' नै थिए, किनकि तिनले हिन्दी भाषाको कृत्रिम आँधीलाई रोक्ने उद्दण्डता देखाए। जनगणनाको परिणाममा तिनको हठले जितेको देखियो, तर जनगणनाको तथ्यांक र इतिहासको अध्ययन जस्तो नितान्त प्राविधिक र रुखो कुराले हाम्रो बुद्धिजीवीको हृदयको कठोरता पगाल्न सक्दैन। जाजरकोटको 'शासक जाति' सँग इतिहासको उत्पीडनको क्षतिपूर्ति माग्दै गर्दा त्यो अकिञ्चनसँग जीवनजल खान नपाएर हैजाले मरेका सन्तानको स्मृति सिवाय केही छैन भन्ने क्रुर सत्यलाई हाम्रो क्रान्तिकारी बुद्धिजीवीले बडो निर्दयतापूर्वक उपेक्षा गरेको छ। मुक्तिदाताको पपुलिस्ट छवि निर्माण गरेर राजनीतिक लाभ लिने अवसरवादी रणनीति माओवादीलाई सुहाउँछ किनकि ऊ राजनीतिक शक्ति हो। हिजो वर्गसंघर्षको बजार भाउ माथि हुँदा ऊ वर्गीय राजनीतिको प्रवक्ता थियो, आज सशक्त ढंगले जातीय ग्राफ चढाइएको बेला ऊ जातीय मुक्तिदाता भएको छ। सत्ता नै सर्वोपरि हुने राजनीतिक रंगमञ्चमा यस्तो नौलो जनवादी अभिनय सुपरहिट होला, तर नेपाली भूमिमा यसरी नै क्रान्ति हुनेछ भनेर स्वयं मार्क्सले मेनिफेस्टोमा लेखिदिएझैं दाबी गर्न बुद्धिजीवीले अघि सर्नु हुँदैन।
माओवादीले 'हामी
अर्धऔपनिवेशिक
हौं' भन्यो भने
हामीलाई हुँदै नभएको 'अर्धऔपनिवेशिक' बनाउन
बौद्धिक उद्योग गर्नु वा
त्यसको एकै वर्षभित्र 'अब
अर्धऔपनिवेशिक
होइनौं' भन्दा फेरि
त्यसैलाई स्थापित गर्न तँछाड मछाड
गरिरहेका विद्वानहरूबाट
नेपाली समाजको चेतना
अपमानित भएको छ। इतिहासले दिएको
गहन जिम्मेवारी पूरा
गर्ने आवश्यक उदारता,
साहस, संयम र
दृढता देखाउन बारम्बार असफल
भइरहँदा पनि हाम्रा शीर्ष
नेताहरूलाई 'नेल्सन मण्डेला' बन्न
जनताले गरिरहेको हतास
आग्रहमा कमसे कम शान्तिको कामना
देखिन्छ। तर माओवादी नेतागणलाई 'नागरिक
पार्टी वा मण्डेला र
गान्धी त कुनै
हालतमा नबन्न' आश्चर्यजनक सल्लाह
दिइरहँदा तिनको नजिकको बुद्धिजीवी स्वयं
आफूमाथि विगतमा भएको कुनै
अन्यायको प्रतिशोध लिन उद्दत उग्रवामपन्थी 'क्रान्तिकारी' जस्तो
देखिन्छ। उसलाई फेरि पनि
गोर्कीको स्मरण गराउँ, वास्तविक क्रान्तिकारीको हृदयमा
मानिसका प्रति कुनै व्यक्तिगत विद्वेष हुँदैन। ऊ
सधैं आफ्नो अहंभन्दा माथि
उठेर विगतमा आफूलाई
दिइएको यातना र
कष्टको बदला लिने
दुष्ट र संकीर्ण वासनाको प्रतिरोध गर्न
सक्छ। दुर्भाग्यवश, मौसमी
क्रान्तिकारीको
भिडमा यो मुलुकलाई उज्यालो भविष्यतिर डोहोर्यासउने वीरता
र विनीतता भएको
गोर्कीको स्वप्नदर्शी क्रान्तिकारी कतै दृष्टिगोचर हुँदैन।
शेरबहादुर देउवाको मन्त्रीमण्डलको आकारलाई आधार
बनाएर संसदीय व्यवस्थामा सन्निहित विसंगतिलाई उजागर
गर्न जुन प्रसंशनीय कुशलताका साथ
हाम्रो बुद्धिजीवीले कलम
चलायो, त्योभन्दा ठूलो
बाबुराम मन्त्रीमण्डललाई
'संक्रमणकालीन बाध्यताको परिणाम' सिद्ध गर्न
आज उसको कलमले
त्यही विलक्षण कौशल
देखाइरहेको छ। बढ्दो महँगी
र जनजीविकाका आधारहरू क्रमशः
नष्ट हुँदै जानु
पनि बाध्यताकै परिणाम
जस्तो लागेको हुँदा
ऊ वर्तमान सत्तालाई शंकाको
लाभ दिने मुडमा
छ। आफ्नो सत्तारोहण सहज
हुन्छ भने जे
प्रस्ताव पनि मौलिक, मार्क्सवादी र
क्रान्तिकारी हुन्छ भन्ने माओवादी नेतृत्वको रणनीति
नै हाम्रो 'वाम'
बौद्धिकताको मानक हुनु बिडम्वनापूर्ण छ।
विशुद्ध उपयोगितावादमा
आधारित माओवादी मोडेलको सत्ताकब्जालाई नै
'मौलिक नेपाली क्रान्ति' ठहर्या
उने लोकरञ्जन गर्न
त पार्टीमै पर्याप्त आधिकारिक बुद्धिजीवी छँदै
छन्, थप विद्वानहरू किन
चाहियो?
सारांशमा, नातावाद, कृपावाद, भ्रष्टाचार, अवसरवाद, महँगी,
हिंसा, बाह्य पराश्रयवाद जस्ता
पुँजीवादका यावत विकृतिलाई नयाँ
उचाइमा लिएर जाँदै
गरेको माओवादी मोडेलको शासनलाई नै
नयाँ नेपाली क्रान्तिको मौलिकता प्रमाणित गर्न
परिश्रम गरेको देख्दा यस्तो
लाग्छ, सत्तासँगको लसपसले
हाम्रो बुद्धिजीवीलाई वाम
विचारधारा बोक्दा प्राप्त हुने
सामाजिक प्रतिष्ठाप्रति
अझै केही सचेत
तर पूँजीवादका यावत
उपयोगिताप्रति
अत्याधिक आशक्त द्वैध चेतनाको प्राणी
बनाइदिएको छ। मुलुकको अग्रगमनका लागि
बौद्धिक पूँजीको यो स्तरको स्खलन
अत्यन्त पीडादायी दुर्घटना हो।
अन्त्यमा, संभवतः
गोर्कीकै दीक्षाले कम्युनिष्ट बनेको हाम्रो अधीर
बुद्धिजीवी कामरेडलाई फेरि एकपटक उनैका
कालजयी शब्दहरूको स्मरण
गराउँ, 'हामी स्वतन्त्रताका लागि
भोकाएका छौं र हामीमा
अन्तर्निहित अराजक प्रवृित्तका कारण
हामी त्यो स्वतन्त्रतालाई सहजै
खाइदिन सक्छौं।' आफ्नो
'सत्य' लाई जसरी
पनि स्थापित गराइछाड्ने 'वाम'
हठले गर्दा नेपाली
जनताले ठूलो संघर्ष
गरेर प्राप्त गरेको
मुक्तिको पनि भक्षण हुन
असम्भव छैन। जंगबहादुर बन्न
सलबलाइरहेका चाहनाहरू त्यसको स्वाद चाख्न
व्यग्र छन्।
No comments:
Post a Comment