Thursday, July 24, 2014

अरुणले भगवानसँग चार दिन मागेका थिएः प्रकाश सायमी

मैले अरुण थापालाई पहिलो पटक २०३७ सालमा रेडियो नेपालमा भेटेको हुँ त्यसबेला उनको पहिलो गितकतै टाढा तिमीबाटको रेकर्ड हुँदै थियो पोखराको गायक आउँदैछ रेभन्ने सुनेपछि हामी रेडियो नेपाल पुगेका थियौं विनोद गौचनको शब्द आफनै सँगीतमा अरुणको पहिलो गीत रेकर्ड भयो स्टुडियोमा एउटा मानिस आँखा चिम चिम गर्र्दै गाईरहेको मलाई अझै सम्झना पछि उनीसँग क्यान्टीनमा भेटघाट भयो भोली नै पोखरा फर्कनुछभन्दै उनी छुट्टीए पहिलो भेटमा लामो कुराकानी हुन पाएन
अरुणसँग मेरो दोश्रो भेट त्यसबेला भयो, जव उनीजती माया लाए पनिबोलको गीत रेकर्ड गर्न काठमाडौं आएका थिए त्यतिबेला छुजाङ डुक्पाकोअसारे महिनामा पानी परे रुझाउनेबोलको गीत पनि रेकर्ड भएको थियो ती दुबै गीत हिट भए
अरुणसँगको मेरो तेश्रो भेट वरिष्ठ सँगीतकार दिव्य खालीङको डेरामा भयो, जुन रोचक त्यस दिन नारायण गोपाल लाली गुराँस भएछुबोलको गीत अभ्यास गर्न दिव्य खालिङको डेरामा पुगेका थिए त्यसै दिन अरुण थापा पनि दिव्य खालिङको सँगीतको कुनै गित अभ्यास गर्न त्यहाँ जाने कुरा थियो हामी पहिल्यै त्यहाँ पुगेका थियौं
दिव्य खालीङले कुरै कुरामा भने, ‘एउटा गायक , स्वर पनि राम्रो तर अनुशासन छैन सिक्दै सिक्दैन त्यसले सिक्यो भने धेरै माथी पुग्नसक्छ उनको संकेत अरुण थापातर्फ थियो उनको छेउमै अर्का गायक रुपनारायण श्रेष्ठ थिए रुपनारायणतर्फ इशारा गर्दै दिव्य खालीङले भने, ‘यो रुपनारायण धेरै मेहनत गरेर सँगीतको अभ्यास गरिरहेको यसको भविश्य राम्रो तर त्यो अरुण सिक्दै सिक्दैन, के गाउला ?’ कालान्तरमा अरुण थापा चर्चित भए, रुप नारायण हराए
मैले एक दिन अरुण थापालाई सोधें, ‘तपाईको एकल साँगीतीक कार्यक्रम गरौं उनलेखै चल्दैन होलाभने हामीले कर गरेपछि राजी भए २०४१ सालमा त्रिचन्द्र कलेजका साथीहरु मिलेरअरुण थापा टिसी नाइटको आयोजना गरियो त्यो नै अरुणको सोलो कन्सर्ट थियो, जसको उद्घोषण हरिशरण लामीछानेले गरेका थिए अरुणलेकरोडौं मुटुहरुकोबोलको गीतबाट कार्यक्रम सुरु गरेका थिए कार्यक्रम निकै सफल भयो जसबाट त्यस्तै पाँच हजार रुपैयाँ उठ्यो कार्यक्रम सकिनासाथ अरुणले पैसा मागे, जम्मा सय ५० रुपैयाँ पैसा पाउनासाथ उनी टाप ठोकीहाले, साथीभाईको जमघटका लागि
अन्तीम भेट भने कारुणीक एक दिन अरुणकी पत्नी मुनाले आएर भनिन्, ‘दाई विरामी हुनुहुन्छ तपाईहरुलाई सम्झनुभएको हामी अरुणलाई भेट्न गयौं उनी निकै विरामी भइसकेका थिए बिडम्बना, हामीलाई अरुणसँग भेट गराएको पर्सीपल्ट मुना अरुणलाई छाडेर अर्कैसँग घरजम गर्न थालिन् त्यसपछि अरुण लगातार नशामा डुब्न थाले
२०५६ साल साउन गतेको प्रसँग हो उनी शंकरदेव क्याम्पस अगाडीकै यात्री गेस्ट हाउसमा थिए यात्री गेस्ट हाउसमै उनका जिवनका अन्तीम क्षण बितेका थिए साउन गते मैले भेटदा अरुणले भने, ‘नमस्ते स्टुडियोमा मेरो एउटा गीत रेकर्ड हुदैछ मलाई भगवानले दिन समय दिए भने गाउन सक्थें त्यतिबेलै उनलाई आफनो मृत्युको अभास भइसकेको रहेछ त्यस दिन उनी राम्रै गेट अपमा थिए सेतो पाईन्ट आकर्षक टिर्सट लगाएका थिए सुनिता गुरुङसँग डोयट गीत गर्न लागेको टाईम नै छैन यार’, अरुणले भने उनले मसँग ३० रुपैयाँ मागे मैले दिएँ छुट्टीने बेलामा पनि उनी भन्दै थिए, ‘भगवानले दिन दिए हुन्थ्यो टाइम नै छैन यार
भोली पल्ट अर्थात् साउन गते उनको निधन भयो खबर सुनेर स्तब्ध भएँ -

No comments:

Post a Comment