मैले अरुण थापालाई पहिलो पटक २०३७ सालमा रेडियो नेपालमा भेटेको हुँ । त्यसबेला उनको पहिलो गित ‘कतै टाढा तिमीबाट’को रेकर्ड हुँदै थियो । ‘पोखराको गायक आउँदैछ रे’ भन्ने सुनेपछि हामी रेडियो नेपाल पुगेका थियौं । विनोद गौचनको शब्द र आफनै सँगीतमा अरुणको पहिलो गीत रेकर्ड भयो । स्टुडियोमा एउटा मानिस आँखा चिम चिम गर्र्दै गाईरहेको मलाई अझै सम्झना छ । पछि उनीसँग क्यान्टीनमा भेटघाट भयो । ‘भोली नै पोखरा फर्कनुछ’ भन्दै उनी छुट्टीए । पहिलो भेटमा लामो कुराकानी हुन पाएन ।
अरुणसँग मेरो दोश्रो भेट त्यसबेला भयो, जव उनी ‘जती माया लाए पनि’ बोलको गीत रेकर्ड गर्न काठमाडौं आएका थिए । त्यतिबेला छुजाङ डुक्पाको ‘असारे महिनामा पानी परे रुझाउने’ बोलको गीत पनि रेकर्ड भएको थियो । ती दुबै गीत हिट भए ।
अरुणसँगको मेरो तेश्रो भेट वरिष्ठ सँगीतकार दिव्य खालीङको डेरामा भयो, जुन रोचक छ । त्यस दिन नारायण गोपाल ‘म त लाली गुराँस भएछु’ बोलको गीत अभ्यास गर्न दिव्य खालिङको डेरामा पुगेका थिए । त्यसै दिन अरुण थापा पनि दिव्य खालिङको सँगीतको कुनै गित अभ्यास गर्न त्यहाँ जाने कुरा थियो । हामी पहिल्यै त्यहाँ पुगेका थियौं ।
दिव्य खालीङले कुरै कुरामा भने, ‘एउटा गायक छ, स्वर पनि राम्रो छ । तर अनुशासन छैन । सिक्दै सिक्दैन । त्यसले सिक्यो भने धेरै माथी पुग्नसक्छ ।’ उनको संकेत अरुण थापातर्फ थियो । उनको छेउमै अर्का गायक रुपनारायण श्रेष्ठ थिए । रुपनारायणतर्फ इशारा गर्दै दिव्य खालीङले भने, ‘यो रुपनारायण धेरै मेहनत गरेर सँगीतको अभ्यास गरिरहेको छ । यसको भविश्य राम्रो छ । तर त्यो अरुण सिक्दै सिक्दैन, के गाउला र ?’ कालान्तरमा अरुण थापा चर्चित भए, रुप नारायण हराए ।
मैले एक दिन अरुण थापालाई सोधें, ‘तपाईको एकल साँगीतीक कार्यक्रम गरौं ।’ उनले ‘खै चल्दैन होला’ भने । हामीले कर गरेपछि राजी भए । २०४१ सालमा त्रिचन्द्र कलेजका साथीहरु मिलेर ‘अरुण थापा टिसी नाइट’को आयोजना गरियो । त्यो नै अरुणको सोलो कन्सर्ट थियो, जसको उद्घोषण हरिशरण लामीछानेले गरेका थिए । अरुणले ‘करोडौं मुटुहरुको’ बोलको गीतबाट कार्यक्रम सुरु गरेका थिए । कार्यक्रम निकै सफल भयो । जसबाट त्यस्तै पाँच–छ हजार रुपैयाँ उठ्यो । कार्यक्रम सकिनासाथ अरुणले पैसा मागे, जम्मा १ सय ५० रुपैयाँ । पैसा पाउनासाथ उनी टाप ठोकीहाले, साथीभाईको जमघटका लागि ।
अन्तीम भेट भने कारुणीक छ । एक दिन अरुणकी पत्नी मुनाले आएर भनिन्, ‘दाई विरामी हुनुहुन्छ । तपाईहरुलाई सम्झनुभएको छ ।’ हामी अरुणलाई भेट्न गयौं । उनी निकै विरामी भइसकेका थिए । बिडम्बना, हामीलाई अरुणसँग भेट गराएको पर्सीपल्ट मुना अरुणलाई छाडेर अर्कैसँग घरजम गर्न थालिन् । त्यसपछि अरुण लगातार नशामा डुब्न थाले ।
२०५६ साल साउन ४ गतेको प्रसँग हो । उनी शंकरदेव क्याम्पस अगाडीकै यात्री गेस्ट हाउसमा थिए । यात्री गेस्ट हाउसमै उनका जिवनका अन्तीम क्षण बितेका थिए । साउन ४ गते मैले भेटदा अरुणले भने, ‘नमस्ते स्टुडियोमा मेरो एउटा गीत रेकर्ड हुदैछ । मलाई भगवानले ४ दिन समय दिए भने गाउन सक्थें ।’ त्यतिबेलै उनलाई आफनो मृत्युको अभास भइसकेको रहेछ । त्यस दिन उनी राम्रै गेट अपमा थिए । सेतो पाईन्ट र आकर्षक टिर्सट लगाएका थिए । ‘सुनिता गुरुङसँग डोयट गीत गर्न लागेको । टाईम नै छैन यार’, अरुणले भने । उनले मसँग ३० रुपैयाँ मागे । मैले दिएँ । छुट्टीने बेलामा पनि उनी भन्दै थिए, ‘भगवानले ४ दिन दिए हुन्थ्यो । टाइम नै छैन यार ।’
भोली पल्ट अर्थात् साउन ५ गते उनको निधन भयो । खबर सुनेर म स्तब्ध भएँ । -

No comments:
Post a Comment