तीन दशक
पहिलेको प्रसँग हो ।
झम्सीखेलस्थित
एउटा घरमा रक
गायक मुकुन्द के.
खडका (माइक) र
केही साथीको जमघट
थियो । वर्षा
याम । झम
झम पानी परीरहेको थियो
। एक्कासी एउटा
मानिस ढुनमुनीदै र
बेस्सरी ढोका बजाउँदै घरभित्र छि¥यो । ‘त्यो
मानिस हेर्दा मलाई
यो पनि गायक
हुन्छ र ? भन्ने
लागेको थियो’, रक
गायक मुकुन्द खडका
(माइक) सम्झन्छन्, ‘जब
उसले कहिले गितार
त कहिले हार्मोनियममा गाउन
थाल्यो, म चकित
परें । टन्न
मदिरा पिएको र
शरीर अनियन्त्रीत्र अवस्थामा रहेको
त्यो मानिसको गायकीमा भने
कुनै असन्तुलन थिएन
। पर्फेक्ट ।’
त्यो ढुनमुनीदै आउने मानिसले त्यसबेला नेपाली मात्र हैन, हिन्दी चलचित्र ‘देश परदेश’मा किशोर कुमारले गाएको ‘तु पी और जी’ पनि बडो मजाले गाएको माइक भुल्न सक्दैनन् । ‘गायक अरुण थापासँग त्यही नै मेरो पहिलो भेट थियो । त्यसपछि रातभरी हाम्रो महफील जम्यो । त्यो पहिलो भेटपछि हाम्रो संगत निरन्तर रहयो’, माइक भन्छन् ।
मौलीक स्वर
माइक त अरुणका जिग्री दोस्त नै बने । नेपालकै प्रथम रक गायक माइकको अनुभवमा अरुणको गायन कला अद्वीतिय थियो । ‘उनको स्वर पुराना कुनै पनि गायकसँग मिल्दैन । विलकुल मौलीक छ’, माइक भन्छन् । अरुणले गायनको आफनै शैली विकास गरे । भाइ किरण पनि सँगीतमा लागेका थिए । तर अरुणले अन्य धेरै विषयमा भाइसँग सल्लाह लिने गरेको भए पनि संगीतका बारेमा कुनै राय नलिएको माइक बताउँछन् । ‘उसले आफनै स्टाईललाई प्रधानता दियो’, माइक भन्छन् ।
माइकका अनुसार अरुण थापा बेजोड गायक त थिए, तर उनको जीवन भने अनुशासीत र व्यवस्थीत भएन । २००९ सालमा भारत, कलकत्तास्थित नेपाली महाबाणिज्य दुतावासमा जन्मीएका अरुण थापा ३ वर्षको उमेरमै सपरिवार नेपाल आएका हुन् । नेपालमै हुर्के बढे । केही समय दार्जीलिङमा पढे पनि २०२८ सालमा उनले ठमेलको जेपी हाइस्कुलबाट एसएलसी पास गरे । केही समय विराटनगरमा बैंकको जागिरे समेत भए । तर संगीतप्रतिको अगाध अनुरागका कारण उनी जागीर छाडेर २०३० सालतीर पोखरा बस्न थाले । पृथ्वीनारायण क्याम्पसमा पढन थाले । कलेजमा उनी प्रख्यात भइसकेका थिए । २०३७ सालमा पहिलो गीत ‘कतै टाढा तिमीबाट’ रेकर्ड भयो । सोही सालमा ‘भुलेको कथा’ बोलको गीतमा उनी रेडीयो नेपालको आधुनिक गीत प्रतियोगितामा प्रथम भए ।
उनको पहिलो हिट गीत ‘जती माया लाए पनि’ हो । उनका दुई सोलो एल्बम ‘अरुण’ र द ‘बेस्ट अफ अरुण’ छन् । ‘ऋतुहरुमा तिमी’, ‘भुलु भुलु लाग्यो मलाई सपनीमै’, ‘साँझको जुनसंगै’, ‘चोट के हो व्यथा के हो’, ‘जति माया लाए पनि’, ‘आँखाको नीद खोसी लाने’, ‘जिन्दगी के छ र आखिर’, ‘अरुसँग नजोख मलाई’, ‘दोष कसैलाई दिन चाहन्न’ लगायतका गीत सदाबहार छन् ।
‘बागीना’ पत्रिकाका सम्पादक नारायण गोपालसँग एक पटक पाठकले सोधे, ‘तपाईलाई मनपर्ने गायक को को हुन् ?’ नारायण गोपालको उत्तर थियो, ‘अहिले राम्रा गायक धेरै छन् । तिमध्ये चुनौती दिनसक्ने दुई जना छन् । उनीहरु हुन, अरुण थापा र दीप श्रेष्ठ ।’
अरुण थापाले गीतकार सुवाचन्द्र ढुंगेलका तीनवटा गीत गाए । ‘पारी गयौ किन अधुरो’, ‘अरुसँग नजोख’ र ‘चोट के हो ब्यथा के हो’ । २०४३ सालतीर रेडियो नेपालमा अप्रतियोगीका रुपमा अरुणले ‘चोट के हो ब्यथा के हो’ बोलको गीत गाएका थिए, जसलाई २०४५ सालमा म्युजिक नेपालले रेकर्ड गरेर बजारमा ल्यायो । ‘मेरो जिवनसँग मिल्ने भएकाले म चोट के हो नै गाउँछु भनेर अरुणले भनेका थिए’, गीतकार सुवासचन्द्र भन्छन्, ‘उनी गीत छानेर गाउँथे । उनको स्वर कसैसँग मिल्दैनथ्यो, मौलिक थियो ।’
निष्ठुरीले बाटो लाग्दा…
‘जती माया लाए पनि
जति कसम खाए पनि
निष्ठुरीले बाटो लाग्दा
मनमा पिर त पर्ने नै भयो’
अरुणले यो गीत त्यसै गाएका हैनन् । यसमा उनकै पीडा छ । त्यसबेला उनका पिता नेपाल बैंक लिमीटेडको पोखरास्थित क्षेत्रीय कार्यालयमा कार्यरत थिए । बैंकको आवासगृहकै छेउमा थियो, विमलाको घर । विमला अर्थात अरुणकी प्रथम प्रेमिका ।
पोखराको पिएन क्याम्पसमा पढ्दा अरुणले किशोर कुमारको ‘मेरा जीवन कोरा कागज’ गाएका थिए । त्यसबाट प्रभावित विमलाले नै अरुणलाई प्रेम प्रस्ताव राखेकी थिईन् । यो जोडीले परिवारको सहमती बिना २०३४ सालको माघमा गायक ओमविक्रम बिष्ट लगायतका केही साथीहरुलाई साक्षी बनाएर गुहेश्वरीमा विवाह गरेको थियो ।
माइती पक्षले उनीहरुको सम्बन्ध छुटाउने कोशीस ग¥यो । केटीका बाबुले अरुणलाई ‘तह लगाउन’ दार्जीलीङका चर्चित दादा ‘रकी’लाई काठमाडौं झिकाएको चर्चा पनि त्यसबेला खुबै चलेको थियो । विमलाका दाई विश्व भने अरुणका साथी थिए । बाबुले अरुणलाई तह लगाउन गुण्डा परिचालन गरेको थाहा पाएपछि विश्वले साथीलाई बचाउने कोशीस गरे । उनले अरुणलाई फकाएर ‘पछी फर्काउने’ शर्तमा विमलालाई माइतमै फर्काए । दार्जीलीङबाट आएका गुण्डा रकीलाई पनि उतै फर्काए । तर, बाबुले विमलालाई अर्कै केटासँग विवाह गरिदिए । प्रेम बियोग सहन नसकेपछि एउटा होनाहार गायक नशालु पदार्थको कुलतमा लाग्यो ।
झम्सीखेलका ति दिन
अहिले जसलाई ‘ठमेलको भाइ झमेल’ भनिन्छ, त्यही झम्सीखेलमा एउटा चर्चित घर थियो । नेपाल बैंक लिमीटेडका वरिष्ठ अधिकृत गन्जुबहादर थापाको त्यो घर त्यस भेगमा निकै चर्चित थियो । किनकी, त्यही घरमा मात्र कुनैबेला हुलाकको बाकस थियो । त्यही घरमा पहिलो पटक बिजुली बत्ती बलेको अनी टेलिफोन जडान भएको । हो, त्यही घरमा बितेका थिए, गायक अरुण थापाका सुखद साँगीतिक दिन ।
त्यही घरको सामुन्ने थियो, गणेश मन्दिर । त्यहाँ केही युवाहरु हातमा गितार लिएर हरेक रात साँगीतीक माहौल जमाउँथे । ‘अरुण थापा, उनका मीत ओम बिक्रम बिष्ट र हामी केही साथीको त्यहाँ नियमीत जमघट हुन्थ्यो’, अरुण थापाका जिग्री दोस्त मुकुन्द खड्का (माइक) सम्झन्छन् । त्यही साँगीतीक माहौलमा गायक दिवाकर खड्का र ‘मुटु मेरो चोरी लग्यो’का गीतकार सुध्दी नेपाली उदाए ।
माइकका अनुसार झम्सीखेलमा नेपालका एकर्डीयन बादक मदन परियार पनि पुग्ने गर्थे । अरुणको स्वर र कम्पोज सुनेर मदन छक्क पर्थे । त्यसैताक गणेश मन्दिरमा संगीतको माहौल जमाउने कलाकारको टोलीमाथि कुपन्डोलको ग्याङले ‘एट्याक’ ग¥यो । त्यो ग्याङ फाइटमा अरुण र ओमविक्रम बिष्ट कुपण्डोलका केटाहरुसँग जमेरै भिडे । रगतपिच्छे भएका यी दुई गायकले एक अर्काको शीरमा रगतको टिका लगाएर मित लाएका थिए ।
‘जव अरुणका बुबाको निधन भयो, त्यसपछि त्यो घरमा विग्रह आउन थाल्यो, अनी अरुणको जिन्दगी पनि व्यवस्थीत हुन सकेन’, माइक भन्छन् । अहिले त्यो घरमा ज्याबीन रेस्टुरेन्ट छ । त्यही चोकमा अरुण थापाको प्रतिमा पनि बनाइएको छ । तर त्यहाँ अब अरुणको परिवारको केही बाँकी छैन ।

वेटीङ फर गडोट
अर्को एउटा घटना निकै मार्मीक छ । अरुणले धेरै गीत गाए पनि उनको एकल एल्बम बजारमा आएको थिएन । त्यसैले मगर युवा संघले उनको एकल एल्बम निकाल्ने चाँजोपाँजो मिलायो । ‘अरुण’ नामक एल्बम तयार भयो । यो २०५४ सालतीरको प्रसँग हो । शंकरदेव क्याम्पस अगाडी लाफा भवनमा एल्बम विमोचनको कार्यक्रम थियो । प्रमुख अतिथि थिए, कवि बैरागी काईंला । साथमा केही मन्त्रीहरु, सँगीतकार प्रकाश गुरुङ, युधिर थापालगायत त्यसबेलाका सँगीत अनुरागी सबैको उपस्थिति थियो । सबै आए, तर गायक अरुण स्वयं आएनन् ।
एल्बम विमोचन समारोहका उदघोषक थिए प्रकाश सायमी । उनको धैर्यले पनि सीमा नाघ्यो । ‘२ बजेको कार्यक्रम थियो, साढे तिन बजीसक्दा पनि अरुण आएनन्’, प्रकाश सम्झन्छन्, ‘त्यसपछि उनी नआए पनि कार्यक्रम सुरु गरीयो । बेहुलो बिना नै बिबाह सुरु भयो ।’ एल्बम बिमोचनपछि कवि बैरागी काईंलाले भने, ‘यो त स्यामुल बेकेटको नाटक वेटीङ फर गडोटजस्तो भयो । भगवानले मोजा खोजीदेला भनेर भगवानको प्रतिक्षा गरेको, भगवान नै आएनन् ।’
प्रकाश सायमीलगायतका साथीहरुले एल्बम बिमोचनपछि घर फर्कदै गर्दा बागबजारमा पदमकन्या क्याम्पस अगाडी मानिसहरुको भिड देखे । के भयो ? के भयो ? सबैको जिज्ञासा । एउटाले भन्यो, ‘अहिले भर्खर यहाँ एउटा जडयाहा लडेको थियो । उसलाई प्रहरीले पक्राउ गरेर लग्यो ।’ प्रकाश सायमीका अनुसार भीडबाटै कसैले भन्यो, ‘त्यो पनि अरुण थापाजस्तै रहेछ ।’
नभन्दै, प्रहरीले पक्राउ गरेका मानिस अरुण थापा नै रहेछन् । भोली पल्ट पत्रिकामा अरुण थापाका बारेमा एकैदिन दुईवटा खबर छापिए । एकातिर शीर्षक थियो, ‘अरुण थापाको एकल एल्बम सार्वजनिक ।’ अनी अर्को शीर्षक थियो, ‘गायक अरुण थापा पक्राउ ।’ जुन दिन एल्बम विमोचनको कार्यक्रम थियो, त्यसै दिन अरुण आफ्नी प्रथम प्रेमीका बिमलालाई त्यो खबर सुनाउन र कार्यक्रममा निम्तो दिन बागबजारस्थित उनको घरमा गएका रहेछन, त्यो पनि मातेको तालमा । ‘सायद विमलाका परिवारले अरुणलाई उनको घरमा छिर्न दिएनन । उनको ताल देखेर छिमेकीले प्रहरी समक्ष बुझाए’, प्रकाश भन्छन् ।

कारुणीक अन्त्य
प्रेम बियोगपछि अरुणको जीवनमा चोटमाथि चोट थपियो । ललितपुरकी मुना केसीसँग विवाह गरे । तैपनि उनी कुलतबाट मुक्त हुन सकेनन् । २०३७ सालमा पिता र २०३९ सालमा आमाको निधन भयो । अरुणमा पारिवारिक जिम्मेवारी बढ्यो । उनले झम्सीखेलको घर बेचे । पत्नी मुनाको नाममा रहेको जग्गा २०४४ सालमा बेच्न बाध्य भएपछि उनको दाम्पत्य जीवन पनि सफल भएन । पत्नीसँग उनको सम्बन्ध विच्छेद भयो । त्यसपछि झन् उनको जीवन अव्यवस्थीत हुन पुग्यो ।
२०४५ सालमा लागू पदार्थ दुव्र्यसनीको आरोपमा उनी १५ महिना जेल पनि परे । तैपनि नशाले उनको जिवनलाई छाडेन । अत्याधिक लागू पदार्थ सेवनकै कारण उनलाई कलेजोको हेपाटाइटीस बिको संक्रमण भयो । घर छुटयो, परिवार छुटयो । उनको जीवन ‘देवदास’ झैं भयो । जीवनका अन्तिम क्षणमा अमृत गुरुङ, ईश्वर गुरुङ र बहिनी मिना थापाले हेर विचार गरे ।
‘म आफै पनि पव्लिक हेल्थको विद्यार्थी, मैले पनि अरुणलाई कुलतबाट मुक्त गर्ने कोशीस गरेकै थिएँ । तर उनी लाइनमा आउन सकेनन’, गीतकार सुवासचन्द्र ढुंगेल भन्छन् । बागबजारको यात्री गेस्ट हाउसमा २०५६ साल साउन ५ गते उनको कारुणीक निधन भयो । रेडियो नेपाल र अन्य एफएम प्रशारणमा बजिरह्यो
‘चोट के हो व्यथा के हो
मजस्तो घाइतेलाई सोध ।’

No comments:
Post a Comment