CK lal
मुलुकमा
अहिले अमनचैन छ।
सामाजिक सद्भाव पुनर्स्थापित भएको
छ। प्रधानमन्त्री स्वास्थ्योपचारका
लागि अमेरिकामा छन्।
कार्यवाहक कार्यकारी प्रमुखलाई दलीय
एवं गुटगत राजनीतिको
चटारोले छोपेको छ। मनसुनै
ढिला सुरु भएकाले
बाढीपहिरोको प्रकोप व्यापक भएको
छैन। औसतमा चार
लास र चालीस
घाइते मुलुकमा फिर्ता
आउने भए पनि
खासै होहल्ला हुँदैन।
आखिर दैनिक सय
करोडभन्दा बढी विप्रेषण
पनि त भित्रिन्छ।
अरू बेलाजस्तो भ्रष्टाचारको पनि उति साह्रो चर्चा भएको छैन। मन्त्रीगण दूधले धोइएका र गंगाजलले पवित्र पारिएका छन्। उसै पनि तिनको भूमिका समारोहिक प्रकृतिको छ। देश त स्थायी सत्ताले चलाइरहेको छ। स्वचालित संयन्त्रले गर्ने शासनमा यन्त्र नै नबिग्रिएसम्म केही बिगार हुन सत्तै्कन। सानोतिनो 'नट बोल्ट' बेलाबेलामा कस्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग छ। अदालतहरू छन् निगरानीका लागि। कसैले चिन्ता लिनुपर्ने कुनै कारण छैन।
अरू बेलाजस्तो भ्रष्टाचारको पनि उति साह्रो चर्चा भएको छैन। मन्त्रीगण दूधले धोइएका र गंगाजलले पवित्र पारिएका छन्। उसै पनि तिनको भूमिका समारोहिक प्रकृतिको छ। देश त स्थायी सत्ताले चलाइरहेको छ। स्वचालित संयन्त्रले गर्ने शासनमा यन्त्र नै नबिग्रिएसम्म केही बिगार हुन सत्तै्कन। सानोतिनो 'नट बोल्ट' बेलाबेलामा कस्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग छ। अदालतहरू छन् निगरानीका लागि। कसैले चिन्ता लिनुपर्ने कुनै कारण छैन।
राजनीतिक चुनौतीहरू पनि प्रायः निरस्त भइसकेका छन्। हेग अदालतको सम्भावित त्रासले पुष्पकमल दाहाल तौलेर बोल्न थालेका छन्। स्थायी सत्ताले विस्तृत शान्ति सम्झौताको कुनै पनि प्रमुख प्रतिबद्धता पूरा नगर्दै बाहिरिया दबाबमा आफ्ना लडाकुलाई निःशस्त्र तुल्याएका माओवादी अध्यक्ष सैद्धान्तिकरूपले त यसै पनि निर्वस्त्र भइसकेक थिए। दल विभाजन एवं चुनावी पराजयपछि उनका व्यावहारिक राजनीतिका कमजोरी पनि खुलस्त भएका छन्। एकथरी राजनीतिक वृत्तका लागि सन् १९९० तिरको स्वर्णीम काल पुनः फर्किएको छ।
माओवादीजस्तै मधेसी राजनीतिको पनि हावा फुस्केको छ। केही मधेसी अन्तर्जालमा पहुँच भएका कारण फुक्का भएको भ्रममा थिए। वारातिरका राजु साहले थाहा पाए परिवार पहाडी पार्टीको सदस्य हुँदैमा उनी आफ्ना अन्य सहकर्मीजसरी बेलगाम भाषा प्रयोग गर्न स्वच्छन्द छैनन्। आर्थिक क्षमताले अभिव्यक्ति स्वतन्त्रता सुनिश्चित गर्छ भन्ने भ्रान्ति सायद सप्तरी अब्दुल रहमानको अन्तस्करणमा पनि कतै थियो। साह र रहमानजस्ता युवाले के बिर्सिए भने शिष्टताका मापदण्ड शासक र शासित समुदायका लागि फरक हुन्छन्। स्थायी सत्तासँग सम्बद्ध दलमा संलग्न परिवारका सरकारी अधिकृत सदस्य तथा स्वतन्त्र व्यवसाय सञ्चालन गरिरहेका अपेक्षाकृत शिक्षित एवं स्वाभिमानी युवालाई 'उदाहरण' बनाएपछि प्रतिरोधको स्वर मुखरित गर्ने हिम्मत शोषित, तिस्कृत बहिष्कृतले झन् के गर्लान्? स्यायी सत्ताका लागि सन् १९८० ताकाको शान्ति कालको पुनरागमन भएको छ।
डोल्पामा प्रदर्शित प्रहरी दमनको अर्थराजनीति ठम्याउन भने सन् १९७० तिरको शासकीय रणनीतिको पुनरावलोकन गर्नुपर्ने हुन्छ। स्याथी सत्ता एवं विभिन्नथरीका ठेकेदारहरूबीचको साहचर्यको इतिहास कम्तीमा चन्द्र शम्शेरको शासनकालदेखि नै सुरु भएको भए पनि राजा वीरेन्द्रका दरबारियाले 'विकासका लागि राजनीति' सञ्चालन गर्न सम्पूर्ण राज्य संयन्त्रलाई अञ्चलाधीशमार्फत् सम्बन्धित क्षेत्रका ठालुहरूको सेवामा समर्पित गरिदिएका थिए। सबै प्राकृतिक स्रोत राज्यको भएपछि वर्चस्वशाली समुदायको सहयोगी भूमिकाभन्दा बढी माग खोज्नेहरू शान्ति भंग गर्नेमा दरिन्छन्। तिनको दमन राज्य संयन्त्रले आफ्नो कर्तव्य ठान्छ। शान्ति सुव्यवस्था जो कायम राख्नु छ।
मधेसीहरूको अवस्था सन् १९८० र जनजातिको हालत सन् १९७० तिरको जस्तो भए पनि तिनका लागि आवाज उठाइदिने सानो जमात तयार भइसकेको छ। दलितहरूको हविगत भने सन् १९६० भन्दा धेरै सुधि्रन सकेको छैन। शिक्षा र अवसरबीच तालमेल नभएपछि निराशा जन्मिन्छ। र यथास्थितिमै आफ्नो ठाउँ खोज्ने मनोवृत्ति मजबुत हुनथाल्छ। राजा महेन्द्रले दलित बाध्यताको यही मनःस्थितिलाई ठम्याएर सामाजिक—सांस्कृतिक मुक्तिको कार्यसूचीलाई छुवाछुत विरोधी सामान्य कार्यक्रममा सीमित गरिदिएका थिए। त्यही रणनिित फेरि दोहोरिँदै छ।
प्रभुत्वशाली समुदायको राजनीतिक, सामाजिक, सांस्कृतिक एवं आर्थिक वर्चस्वलाई हाँक दिनसक्ने सबैथरी शक्ति सुस्त भएपछि सामाजिक न्याय एवं उत्पीडनबाट मुक्तिको साटो आर्थिक समृद्धिका नारा आकर्षक लाग्न थाल्छन्। ' पाएको राख, दिएको थाप र बकबक नगरी ठाउँमा बस' जस्तो सत्ताधारी सनदले निर्वाचनको वैधानिकतासमेत प्राप्त गरिसकेपछि 'अन्तर्राष्ट्रिय समुदाय'ले पनि केही गर्न सत्तै्कन। पहिचान, अधिकार र सम्मानजस्ता विषयको सान्दर्भिकता समाप्त भएको घोषणा गरिएको छ। अबको कार्यसूची आर्थिक पूर्वाधार एवं समृद्धि हो भन्नेमा कसैलाई कुनै दुबिधा नरहेजस्तो देखिएको छ। समृद्धिकी देवीले कुनरूपमा दर्शन दिने हुन् त्यो भने हेर्न बाँकी छ।
एउटा फ्रान्सेली उखान छ जस्को मोटामोटी अर्थ हुन्छ — परिस्थिति जति धेरै बदलिन्छ त्यो उति नै यथास्थितिमा रहिरहन्छ। राजा छैनन्। त्यसबाहेक धेरथोर नेपालको अवस्था सन् १९६० देखि १९९० को सम्मिलित स्वरूपमा यथावत् छ। यस्तो परिस्थितिमा आर्थिक उन्नतिका कार्यक्रमहरूले सबैभन्दा बढी कुन समूहलाई फाइदा पुर्याउँछ भन्ने नेपालका दाता र साहुहरूलाई राम्ररी थाहा छ। तर, ती प्रशन्न छन्। स्थायित्वले शान्ति सुनिश्चित गर्छ। र, त्यसलाई कायम राख्न गतिको साटो जडता रोज्नु परे पनि फरक पर्दैन अन्तर्राष्ट्रिय समुदायलाई। यसपटक काठमाडौंमा प्रभावशाली अन्तर्राष्ट्रिय कूटनीतिज्ञहरूले ढुक्कसँग वर्षे बिदा मनाउने भएका छन्। र, अन्तर्राष्ट्रिय समुदायको अनुपस्थितिमा नेपालमा खासै केही हुँदैन पनि।
समृद्धिको हाँडी
फ्रान्सेली लेखक आन्द्रे गिदेको एउटा प्रख्यात टिप्पणी छ। भन्नैपर्ने कुरा सबै भनिसकिएका छन्। तर, कसैले सुनिरहेको थिएन। त्यसैले त्यस्तो कुरा फेरि भनिनुपर्छ। भनिराख्नु पर्छ। नीतिकथाहरूको कालजयी सान्दर्भिकता त्यसैले कायम रहेको हो। तिनलाई प्रत्येक पुस्ताले आफ्नो परिस्थितिअनुरूप पुनर्वाचन गर्छ। सिक्न भने केही सित्तै्कन। अनि, कथा दोहोर्याइराख्ने अवस्था यथावत् रहिरहन्छ।
पञ्चतन्त्रमा संकलित भए पनि ब्राह्मण 'स्वभावकृपण' एवं उनको सातुको कथा सायद विष्णु शर्मा नामक संकलकभन्दा धेरै पुरानो हुनुपर्छ। ब्राह्मणले जीवनयापनका लागि दान वा भीक्षाटनबाहेक अरू पेसा व्यवसाय अंगीकार गर्न नपाउने चलन तिनको स्वायत्तता सुनिश्चित् गर्नका लागि भएको थियो। तर, लोभ र मोहबाट मुक्ति विद्याले मात्र दिँदैन। ज्ञान सबैले र सहजै पाउने वस्तु होइन।
ब्राह्मण स्वभावकृपण र उनको दिवास्वप्नको कथामा उनी जेठ असारको गर्मीमा कुनै दिन आफ्नो छाप्रामा निदाइरहेका हुन्छन्। उनको ओछ्यानमाथि झुन्ड्याइएको हाँडीमा जोगाएको सातु राखिएको हुन्छ। अलिकतिमात्र भए पनि बचत भएपछि व्यक्तिको कल्पनाशक्तिमा प्वाँख पलाउँछ। स्वभावकृणका सपना पनि उँड्न थाले। अलिकति अरू बचत भएपछि हाँडी भरिनेछ। दुर्भीक्ष भयो भने एक हाँडी सातुको मोल राम्रै पाइएला। त्यसलाई बेचेर एउटा बाख्री किन्नेछु। त्यसबाट बाख्राको बथान तयार हुनेछ। त्यही कमाइबाट पहिले गाई अनि भैँसी र त्यसपछि जग्गाजमिन एवं धनसम्पत्ति सिर्जना हुनेछ। अत्यन्त सुन्दरी ब्राह्मणी घर आउनेछिन्। चंचल छोरो हुर्किरहेको हुनेछ। उसलाई हल्ला नगर्न भन्दै म यसरी छडीले हिर्काउने छु। सिरानको लट्ठीमा हात पुग्छ। लाठो बज्रेपछि हाँडी फुटेर सातु भुइँमा छरपस्ट पोखिन्छ। कथा सकिन्छ।
नेपालका योजनाविद्हरू विप्रेषणबाट जोगाइएको सातुका भरमा त्यस्तै उडन्ते योजना बनाउँछन्। पूर्व—पश्चिम रेलमार्ग। निर्यातका लागि जलविद्युत् उत्पादन। चीन र भारतबीचको सेतु। सूचना र सञ्चार प्रविधिमा उत्कृष्टता। जनता भने केही हजार रुपियाँका लागि अक्सिजनसमेत कम भएका ठाउँमा हिउँ कीरा खोज्छन्। गुजाराका लागि धान खेतमा मुसा र सिमसारमा घोँघीको सिकार गर्छन्। र राजधानीमै टुकी बालेर रंगको रित्तो भाँडामा टोलको इनारबाट खाने पानी ओसार्छन्।
विकासको काल्पनिकता र वास्तविकताबीचको या बेमेल नदेखेको त कसैले नहोला तर राजनीति विचारधाराबाट मुक्त भएपछि सपना बाँड्नुबाहेक प्रतिस्पर्धाका लागि कुनै आधार नै बाँकी रहँदैन। यातायात, सञ्चार एवं सूचना सञ्जालको विस्तारले गर्दा प्रत्येक व्यक्ति पश्चिमा मुलुकका उपभोक्ताजस्तै हुन चाहन्छ। प्रतिव्यक्ति स्रोतको न्यून उपलब्धता, भएका साधनको असमान वितरण र यथास्थितिलाई निरन्तरता दिने अर्थराजनीतिक व्यवस्था कायम रहेसम्म स्वभावतः भौतिक पूर्वाधार एवं आर्थिक विकासको प्रतिफल शक्ति संरचना सञ्चालन गर्नेहरूमा सीमित हुनपुग्नेछ। त्यसपछिको अवस्था भने स्वच्छन्द पुँजीवादको हो। त्यस्तो व्यवस्था कायम राख्न स्थायी सत्ता निरंकुश नभई सुखै हुन्न। अनि प्रजातन्त्र फगत कर्मकाण्ड बन्नपुग्छ।
वाम विकल्प
ब्राह्मण स्वभावकृपणको नीतिकथाबाट नग्न पुँजीवादका सूत्रहरू ठम्याउन सकिन्छ। पुँजीवादका पितामह मानिने आदम स्मिथले भनेझैँ उत्पादनभन्दा विनिमय महत्वपूर्ण हुन्छ। त्यसैले सातुको हाँडीदेखि धन सम्पत्तिसम्मको काल्पनिक उडान अतिशयोक्तिपूर्ण लाग्दैन। काल्पनिकीको अन्तर्निहित मान्यता के हो भने एउटा व्यक्तिको त्यस्तो तीव्र उन्नतिले चरन क्षेत्र, पानी, फोहोर व्यवस्थापनजस्ता सार्वजनिक स्रोत एवं सामाजिक सम्बन्धमा कुनै प्रभाव पार्नेछैन।
बालक, बृद्ध, रोगी वा अशक्तजस्ता कमजोर समुदायप्रति खासै वास्ता नराख्ने प्रवृत्ति स्वभावकृपण ब्राह्मणले आफ्ना छोरा सोम शर्मालाई लाठाले हिर्काउने प्रतिक्रियामा दर्शाउँछन्। आत्मकेन्द्रित सोचमा समुदाय त के परिवार पनि फगत उपयोगी औजारका रूपमा सीमित हुन पुग्छ। दाजुभाइमा एक हात जग्गाका लागि माराकाट हुने र पाँच गाउँका लागि महाभारत युद्ध भएको दृष्टान्त अपवाद नभएर नियम हुन् पुँजीवादी सम्बन्धका।
दुर्भाग्यवश, तथाकथित वाम काल्पनिकी पनि शक्ति र सम्पत्तिको दम्भबाट मुक्त छैन। जोसेफ स्टालिनका सपना जारशाही अभिपे्ररित थिए। माओका परिकल्पना चिनियाँ सम्राट्का भन्दा तात्विकरूपमा फरक थिएनन्। सायद, त्यसैले होला ती पुँजीवादी प्रचारतन्त्रका सामु टिक्न सकेनन्। बराबरी गर्ने उद्देश्यले दौडिएको व्यक्ति वा राष्ट्रले अगाडि रहेकालाई सजिलै उछिन्न सत्तै्कन। त्यसका लागि या त प्राकृतिक विपत्ति नभए युद्ध हुनुपर्छ। नीतिकथाका ब्राह्मण भाउ बढ्ने आशामा उनको आफ्नै हालत के हुने हो भन्नेसमेत बिर्सेर दुर्भीक्षको कामना गर्छन्। नेपालमा सबैभन्दा कम समयमा सबैभन्दा धेरै अर्बपति करोडपति सायद माओवादी सशस्त्र द्वन्द्वकै क्रममा जन्मिएको हुनुपर्छ।
स्रोत कब्जा गर्न जस्तोसुकै युद्ध लड्ने अमेरिकाको निर्क्योल वा प्रभाव क्षेत्र विस्तार गर्ने चीनको अठोट पुँजीवादको निरन्तर वृद्धिको मान्यतामा आधारित छ। त्यो रोकिए प्रलय हुन्छ वा सातुको हाँडी फुट्छ। त्यसैले जलविद्युत् योजनाको डुबान क्षेत्रका विस्थापित वा खदान क्षेत्रबाट लखेटिएका आदिवासी जरा उखेलिएका आप्रवासी बन्नुपर्ने हुन्छ। चौडा सडकमा गुड्ने गाडी एवं अधिकांश स्थानीय बासिन्दाबीचको सम्बन्ध वैमनस्यपूर्ण बन्न पुग्छ। त्यसको विकल्प छैन भन्ने तर्क सन् १९९० को दशकको धङधङी हो। त्यसले गर्दा रचनात्मकता कुंठित भएको छ।
दक्षिणपन्थले समृद्धिको सपना बेच्छ भने वामपन्थी राजनीतिले सम्बन्धहरूलाई केन्द्रमा राख्न सक्नुपर्छ। विचारधाराको अन्त्यको साटो सैद्धान्तिक विविधताले मात्र छनोटका लागि विभिन्न विकल्प जन्माउन जन्माउन सक्छ। नेपाली वामपन्थको सबैभन्दा ठूलो समस्या नै के हो भने त्यसले स्टालिन—माओका सूत्रलाई नेपालको धरातलीय यथार्थसँग आबद्ध गर्न सकेको छैन। खेतबारी बन्धक राखेर कतारमा निर्माण श्रमिक बन्न जाने समाजमा भूमिसुधार र केही हजारको लोभमा एम्बुलेन्स ड्राइभरले सिकिस्त बिरामीलाई रोगका व्यापारीलाई सुम्पने संस्कारमा वर्गसंघर्षका कुरा त्रू्कर ठट्टाजस्ता लाग्छन्।
राजनीति गर्ने कुनै सैद्धान्तिक आधार फेला नपरेपछि संविधान सभासद एवं वडा अध्यक्षको निर्वाचनमा कुनै भिन्नता रहँदैन। दुवैले विकासको आश्वासन बाँड्ने हो र पाँच लाख होस् वा पाँच करोड तजबिजी रकम राजस्वबाट माग्ने हो।
मुक्तिको सपना एवं सम्मान पुनर्स्थापना गर्ने कार्ययोजनाले गति नलिएसम्म स्थायित्व एवं समृद्धिजस्ता नाराको सान्दर्भिकता कायम रहनेछ। आखिर बालुवाकै जगमा ठड्याइएको भए पनि पञ्चायतको निरंकुशता तीन दशकसम्म निरन्तर चलेकै हो। वाम राजनीतिले अरू केही नगरे पनि उत्पीडितलाई उद्वेलित तुल्याउँछ। र जडताबाट मुक्तिका लागि अरू कुनै बाटो छैन। इतिहासलाई गति जहिले पनि आन्दोलनले नै दिने हो। समृद्धि त सामाजिक समसरता, सांस्कृतिक सहअस्तित्व र राजनीतिक स्वायत्तता स्थापित गर्ने क्रममा स्वतः सिर्जित हुँदै जाने विषय हो। योजनबद्ध विकास निर्माणले गर्ने सम्पन्नताले पछाडि परेकाहरूमा कुण्ठा, आक्रोश र असन्तोष जन्माउँछ। त्यसपछि हिंसा र प्रतिहिंसाको चक्र सुरु हुन्छ। र असमानता झन् बढ्छ।
सन् १९९० ताकाको अर्थराजनीति सायद त्यस बेलाका लागि उपयुक्त नै थियो। अहिले भने पुरानो सत्ता र मनःस्थितिको पुनर्स्थापनालाई चिन्ताका रूपमा लिनुपर्छ। अवसर भने सिर्जनात्मक विकल्पबारे बहसको हो। त्यसैबाट समयानुकूल परिकल्पनाहरू उमि्रन सक्नेछन्। र इतिहासले गति लिेनेछ।
No comments:
Post a Comment